फेरी गगन थापाले भन्नु सम्म भने अर्थमन्त्रीलाइ !खास के भने ?पढ्नुहोस
काठमाडौं, २० जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा सांसद गगन कुमार थापाले बजेट संघीयताको भावना विपरित भएको आरोप लगाएका छन् । उनले बजेट आशा गरेभन्दा निकै कमजोर भएको गुनासो पोखे ।
आईतबार आर्थिक वर्ष २०७५ ०७६ को बजेटमाथिको छलफलमा भाग लिदैं थापाले भने, ‘बच्चा अनुत्तीर्ण हुन्छ भन्ने लाग्दै गर्दा पास भए पनि खुशी लाग्छ तर बोर्ड फस्ट हुन्छ भन्ने आशमा भए पास मात्रै भए पनि दुस्ख लाग्छ। अहिलेको बजेटले पनि नैराश्यता ल्याएको छ।‘
थापाले भने, ‘सरकारलाई २०१६ र २०४८ सालको जस्तो अनुकुल अवस्था थियो। तर बजेट मार्गदर्शन गर्न चुकेको छ। सरकारले पूर्वाधारको कुरा गरेको छ तर ठूला आयोजनामा लगानी छुट्याउन सकेको छैन। कर प्रशासनलाई चुस्त बनाउने योजना ल्याउन सकेको छैन।‘
अर्थमन्त्रीले संसद विकास कोषको नाम परिवर्तन गरेको भएप्नि संघियताको मर्म विपरितको उक्त कार्यक्रम हटाउने साहस नगरेको सांसद थापाले आरोप लगाए ।
करको दर बढाएर राजस्व बढाउँनु ठूलो विषय नभएको उनको भनाई थियो । सांसद थापाले करमा दर बढाउन धेरै पढेको अर्थमन्त्री नै नचाहिने धारणा राखेका थिए ।
सांसद थापाले भने,‘करमा दायरा बढाउन धेरै सृजनात्मक कार्यक्रम राख्न सकिन्थ्यो तर बजेटमा त्यस्ता कार्यक्रम आउन सकेका छैनन्।
सम्बन्धित समाचार
नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ: एनसीसी अध्यक्ष अग्रवाल
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
नोआ लाइल्स बने विश्वको सबैभन्दा छिटो दौडने खेलाडी
बाढीपहिरोका कारण यी राजमार्ग अवरुद्ध
देशभर मनसुनी वायुको प्रभाव कायमै : यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
ट्रेन्डिङ
२०८३ साउन १० गते आईतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ

