देश जोगाउन सुस्ताका किसान भारत संग यसरि लड्दैछन
जानकारी केन्द्र
२०७५, असार, २०
रबिन्द्र यादव / नवलपरासी पश्चिम
नवलपरासी, असार
नवलपरासीको सुस्ता गाउँपालिका वार्ड न २ गुदरियाका बासिन्दाहरुले भारतीय गण्डक पश्चिमी नहरको डिल गैराती पुनः भत्काएका छ्न । आईतवार देखि लगातार परेको अविरल बर्षाले सुस्ता गाउँपालिका वार्ड न २ को लगभग २०० सय बिगाहा खेतीयोग्य जमिन डुबानमा परेपछि पानीको कुनै निकास देखिएको कारणले स्थानीय किसान र बासिन्दाहरुले भारतीय गण्डक पश्चिमी नहर भत्काएको स्थानीय किसान दिपेन्द्र कुर्मीले बताए ।
पानीको निकासको लागि पटकपटक सिचाइ डिभिजन कार्यलय सेमरी लाई अाग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको र अहिले धान रोपाइँ गरेको सयौं बिगाहा जग्गा डुबानमा परि धानबाली नै नष्ट भएपछि बाध फुटाउनु पर्ने बाध्यता अाइपरेको उहाँले बताउनु भयो । गत वर्ष पनि करिब तिनसय बिगाहा मा लगाईएको धानबाली डुबेर नस्ट भएको र अहिले सम्म क्षेतिपुर्ति नपाएको किसानको अारोप छ। सुस्ता गाउँपालिका वडा नं २ का अध्यक्ष कृष्णलाल मुखिया ले गाउपालिकाको तर्फबाट पनि क्षेतिपुर्तिको लागि माग गरिएको भएपनि अहिले सम्म केही प्राप्त नभएको बताए ।
भारतले अाफ्नो सम्झौता अनुसार साईफनहरु सफा नगरेपछि हरेक बर्ष डुबानको समस्या भोग्नुपरेको देखिन्छ । गत बर्ष पनि बाढी पिडित किसानले भारतीय गण्डक पश्चिमी मुल नहर सुस्ताका स्थानीयले भत्काएका थिए । अहिले स्थानिय र भारतीय गण्डक पश्चिमी नहरका कर्मचारी बिच छलफल भइरहेको स्रोतले जनाएको छ । साइफन सफा गराउन नेपाल सरकारले भारतीय पक्षलाई दबाब नदिए सम्म यस्ता समस्या हरेक बर्ष सुस्ता बासीले भोग्नु पर्ने देखिएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने

