चलचित्र विकास बोर्ड अध्यक्ष निकिताको पद खोसियो
काठमाडौं, २५ असार
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा नेतृत्वको सरकारको पालामा चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएकी निकिता पौडेलको पद सरकारले खारेज गरेको छ ।बुधवार बसेको मन्त्रीपरिषद्को बैठकले भदौ १४ देखि फागुन २ सम्म देउवाको सरकारबाट भएका सबै राजनीतिक नियुक्तिहरु बदर गर्ने निर्णय गरेको थियो ।
जस अन्तर्गत आइतवार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विभिन्न निकायका अध्यक्ष र पदाधिकारीसहित १५ जनालाई नियुक्ति बदरको पत्र थमाएको छ । नियुक्ति बदरको पत्र पाउनेमा बोर्ड अध्यक्ष निकितासँगै सदस्य विजय देउजा, सेन्सर बोर्डका सदस्य उमेश खड्का र देवीराम पराजुली छन् ।
निकिता १५ वर्ष लामो बोर्डको इतिहासमा पहिलो महिला अध्यक्ष हुन् । बोर्ड अध्यक्षमा उनी गएको वर्षको मंसिर २५ गते नियुक्त भएकी थिइन् । राजनीतिक नियुक्ति हुने बोर्ड अध्यक्षको कार्यकाल २ वर्षको हुन्छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने

