• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१२ जेठ २०८३, मङ्गलबार
१२ जेठ २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

एलजी इलेक्ट्रोनिक्सद्वारा नयाँ ‘डुअलकुल एयर कन्डिसनर सार्वजनिक’
  • १३ घण्टा 

सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ पोको सर्भिस सेन्टर सञ्चालनमा
  • १६ घण्टा 

फिन इलेक्ट्रो–टेक २०२६ : विद्युत, प्रविधि र नवप्रवर्तनको अन्तर्राष्ट्रिय महोत्सव सुरु हुँदै
  • १८ घण्टा 

काठमाडाैं महानगरकाे छात्रवृत्तिका लागि २६ हजार ८ सय ८८ विद्यार्थीकाे आवेदन
  • १९ घण्टा 

प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक
  • १९ घण्टा 

समस्याग्रस्त चार सहकारीका ऋणीको नाम सार्वजनिक, ऋण नतिरे कारबाही हुने चेतावनी
  • २० घण्टा 

सुनको मूल्य प्रतितोला तीन हजार तीन सयले घट्यो : कतिमा हुँदैछ कारोबार ?
  • २२ घण्टा 

जापानको सहयोगमा बिपी राजमार्गको पिप्ले-बर्खेखोला सडकखण्ड पुन : निर्माण सुरु
  • २२ घण्टा 

आइपीएल : क्वालिफायर खेलमा आज आरसीबी र गुजरात भिड्दै
  • २३ घण्टा 

लोकप्रिय समाचार

  • १. ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया

  • २. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ३. डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत

  • ४. आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव

  • ५. सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ पोको सर्भिस सेन्टर सञ्चालनमा

  • ६. मिस नेपाल २०२६ का लागि आवेदन खुला

  • ७. कालंगा हाइड्रोको आईपीओमा २ अर्बभन्दा बढी आवेदन

  • ८. देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना

  • ९. यस्तो छ आजको मौसम पुर्वानुमान

  • १०. किसानलाई राहत : सरकारले धानको न्यूनतम समर्थन मूल्य बढायो

मौरिससले गर्यो बर्षमा २० हजार भन्दा बढी नेपाली कामदार लैजाने प्रस्ताव, तलब कति !

admin २०७५, असार, २५

असार ,काठमाडौँ |

अफ्रिकी मुलुक मोरिससले श्रम तथा रोजगार मन्त्रालयसँग नेपालीका लागि उपयुक्त रोजगारी दिन सकिने भन्दै द्विपक्षीय समझदारी (एमओयू) गर्न प्रस्ताव गरेको छ । मोरिससले नेपालबाट औपचारिक रुपमै कामदार लिन सरकारसँग प्रस्ताव गरेको हो । अहिलेपनि नेपाली कामदारहरु व्यक्तिगत प्रयासमा मोरिससमा जाने गरेका छन् ।मोरिससले नेपालबाट बार्षिक २० हजारभन्दा बढी कामदार लैजाने संकेत गरेको बताइएको छ । उसको प्रस्तावलाई श्रम मन्त्रालयले रोजगारदाता देशको श्रम कानुन, हावापानी र न्यनतम् पारिश्रमिक लगायत बिषयलाई अध्ययन गरि टुंगो लगाउने जनाएको छ ।यस देशको एभरेज तलब तल चार्टमा देखाइएको छ । तर काम अनुसार तलब हुन्छ । यहाँका ९२.९४ प्रतिशत जनता रोजगारमा छन् । तर २०१७ को आंकडा अनुसार कर कटौती गरे यहाँको एभरेज तलब नेपाली रुपयाँ अनुसार ६५,७५८ छ । मौरिससले नेपाली कामदारले कति न्युनतम तलब पाउने बारेमा भने खुलाएको छैन ।

मोरिसस अफ्रीकी महाद्वीपको तटको दक्षिणपूर्वमा लगभग ९०० किलोमीटर टाढा पर्ने हिन्द महासागर र मेडागास्करको पूर्वमा स्थित एक टापु देश हो । मोरीससको संस्कृति, मिश्रित संस्कृति छ, जसको कारण पहिले यो फ्रांसको अधीनमा थियो भने पछी ब्रिटिशको अधिनमा आएको थियो । मोरीससले १९६८ मा स्वतन्त्रता प्राप्त गर्दै, सन् १९९२ देखि गणतन्त्र पाएको थियो । मोरीससमा स्थिर लोकतन्त्र छ, जसको कारण नियमित रूपमा स्वतंत्र चुनाव हुन्छ र मानवाधिकारीको दृष्टिले यो देशको छवि निकै राम्रो छ । साथै यो देश अफ्रीकाकै सबैभन्दा धेरै प्रति व्यक्ति आय भएको देश मध्ये एक हो ।

अर्थव्यवस्था कस्तो छ ?

बैदेशिक रोजगारीको लागि महत्वपूर्ण कुरा त्यस देशको अर्थ व्यवस्था नै हो ।

सन् १९६८ मा स्वतन्त्र भएको यो देश, एक निम्न आय भएको, कृषि उत्पादनमा आधारित अर्थव्यवस्थाबाट विकसित हुँदै एक विविधतापूर्ण मध्यम आय भएको अर्थव्यवस्थामा परिवर्तित भईसकेको अवस्थामा छ । जसको तीब्र रुपमा बढेको औद्योगिक, वित्तीय र पर्यटन क्षेत्र आर्थिक समृद्धिका आधार हुन् । यसको अधिकांश अवधिको वार्षिक वृद्धिदर, ५ % देखि ६% को बीचमा रहँदै आएको छ । यसको अर्थव्यवस्था मुख्यतः पर्यटन, कपडा उद्घ्योग, सेवा क्षेत्रमा निर्भर छ, तर अन्य क्षेत्रहरुमा पनि यो देशले तीब्र विकास गर्दैछ । मोरीसस, लीबिया र सेशल्स मात्र तीन यस्ता अफ्रीकी देश हुन्, जसको दर्जा “मानव विकास सूचकांक” को हिसाबमा ‘उच्च’ छ ।

यहाँ उखु मात्र ९०% कृषि योग्य भूमिमा लगाइन्छ । जसले कुल निर्यात आयको २५% प्राप्त गर्नमा सहयोग गर्छ । यस देशको बेरोजगारी दर पनि निकै न्यून मात्र छ । यहाँ अत्याधिक मात्रामा दुबई र सिंगापुरबाट पर्यटक जाने गरेका छन् ।

भाषा तथा धर्म

मोरीशसको आधिकारिक भाषा अंग्रेजी नै हो, यसैले सरकारको सबै प्रशासनिक कामकाज अंग्रेजीमै हुन्छ । शिक्षा प्रणालीमा अंग्रेजीको साथै फ्रान्सीसीको पनि प्रयोग हुन्छ । फ्रांसीसी भाषा मीडियाको मुख्य भाषा हो । यहाँ सबैभन्दा व्यापक रूपमा मोरीशियन क्रेयोल भाषा बोलिन्छ । हिन्दी पनि यहाँ कतिपयले बोल्न तथा बुझ्न सक्छन । केहि बर्ष अघिको आँकडालाई आधार मान्ने हो भने यहाँ हिन्दू धर्म (५२%) छन्, ईसाई धर्म मान्नेहरु (२७%) र इस्लाम (१४.४ %) छन् ।

 

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
एलजी इलेक्ट्रोनिक्सद्वारा नयाँ ‘डुअलकुल एयर कन्डिसनर सार्वजनिक’
काठमाडाैं महानगरकाे छात्रवृत्तिका लागि २६ हजार ८ सय ८८ विद्यार्थीकाे आवेदन
हुरीले घर भत्किँदा एक महिलाको मृत्यु

ताजा

एलजी इलेक्ट्रोनिक्सद्वारा नयाँ ‘डुअलकुल एयर कन्डिसनर सार्वजनिक’

सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ पोको सर्भिस सेन्टर सञ्चालनमा

फिन इलेक्ट्रो–टेक २०२६ : विद्युत, प्रविधि र नवप्रवर्तनको अन्तर्राष्ट्रिय महोत्सव सुरु हुँदै

काठमाडाैं महानगरकाे छात्रवृत्तिका लागि २६ हजार ८ सय ८८ विद्यार्थीकाे आवेदन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.