Jankari Kendra
१९ भाद्र २०८३, शुक्रबार
Worldlink

घाटमा शव लगेर दाहसंस्कार गरेको मानिस दाङमा जब घर फर्केपछि

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७५, असार, २७
घाटमा शव लगेर दाहसंस्कार गरेको मानिस दाङमा जब घर फर्केपछि

काठमाडौं । दाङका एउटा घटनाले सबैलाई चकित र आश्चर्य बनाएको छ । दाङको राप्ती गाउँपालिका ४ मौरीघाटका ४५ वर्षिय महेन्द्रप्रसाद चौधरीको मृत्यु भयो ।

गएको असार २१ गते कालिका सामुदायिक वनमा भेटिएको महेन्द्रप्रसादको शव प्रहरीसँग बुझेर परिवारले दाहसंस्कार गरेका थिए ।
तर, दाहसंस्कार गरिएका महेन्द्र एकदिन अचानक भेटिएपछि मानिसहरु छक्क परेका छन् । शोकाकुल परिवारमा उनी घर फर्केपछि खुसियाली छाएको छ ।

नचिन्ने अवस्थामा रहेको शव महेन्द्रकै रहेको भन्दै परिवारले बुझेर दाहसंस्कार गरेका थिए । उनलाई अविरमाला लगाएर घरमा भित्र्याइएको थियो ।

 

Top Changing Nepal

युट्युब सट्स