‘मालिका’ को ‘हल्का माया’ गीतमा रेखाको ठुम्का (भिडियो सहित )
अभिनेत्री रेखा थापाद्वारा अभिनीत, निर्मित तथा निर्देशित फिल्म ‘मालिका’ को पहिलो गीत सार्वजनिक भएको छ । लोकलयको ‘हल्का माया के माया…’ बोलको गीतको छायांकन जाजरकोट दरबार परिसरमा गरिएको छ । अभिनेत्री रेखा थापा फिचर्ड गीतको भिडियोमा सय बढी कोरसले नृत्य गरेका छन् । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा धनगडीमा रेल आउने कुरादेखि कर्णालीको फूलको बयान गरिएको छ । गीतमा अञ्जु पन्तको सोलो स्वर छ ।
नर कार्कीको शब्द रहेको गीतमा सुरेश अधिकारीले संगीत भरेका छन् । मंगलवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतमा देश जोड्ने कुरा गरिएको अभिनेत्री थापाले बताइन् । गीतको अडियो अनुसार भिडियो बन्न सकेको छैन । रामजी लामिछानेको कोरियोग्राफी कमजोर देखिन्छ । अभिनेत्री रेखाको नृत्य पनि खुल्न सकेको छैन । उनले निकै कठिनका साथ कम्मर मर्काएकी छन् ।
रामशरण उप्रेतीको छायांकन रहेको यो फिल्म यस वर्षको लक्ष्मीपूजामा रिलिज हुँदैछ । ‘मालिका’ मा रेखा थापा र जाजरकोटकी कमला वलीको मुख्य भूमिका रहेको छ । शिवम अधिकारीको लेखन पटकथा रहेको फिल्ममा रेखा र नर कार्कीको कथा तथा कन्सेप्ट छ । नर कार्की फिल्मका कार्यकारी निर्माता समेत हुन् भने निर्मातको रुपमा रेखाकी आमा सरस्वती थापा छिन् ।
गीत हेर्नुहोस् :-
[su_youtube url=”https://youtu.be/ahMs-S2sFxU” width=”920″ height=”880″]
सम्बन्धित समाचार
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
देशभर मनसुनी वायुको प्रभाव : केही स्थानमा भारी वर्षाको सम्भावना
देशभर मनसुनी वायुको प्रभाव कायमै : केही स्थानमा भारी वर्षाको सम्भावना
ट्रेन्डिङ
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस
नेप्से परिसूचकमा सामान्य अंकको गिरावट, ४ अर्ब ५४ करोडभन्दा बढीको कारोबार
मिड-भ्यालीको ‘बिल्ड नेपाल ह्याकाथन २०२६’मा बाँदर आतंकको समाधान खोज्ने ‘इनोभिजन समूह’ विजेता

