सुस्ताबाट मान्छे बेपत्ता
नवलपरासी, साउन ४ ।
सुस्ताका ६० वर्षे बलमान गुरुङ अाज सक्रवार बिहान ८ बजेदेखि हराईरहेका छन् ।
बिहान अाफ्नै गाेठमा भैंसीहरुकाे सुसारमा व्यस्त देखिएका गुरुङका परिवारका सदस्य खाना लिएर गाेठमा पुग्दा उनी त्यहा नरहेकाे तथा भैंसी दुहुन समेत बाकी रहेकाे थाह पाएपछि उनी हराएकाे अाशंका गरिएकाे हाे ।
सुस्ता गाउपालिका वडा नं ४ नरसहि गाउकाे सडकमा नया कालाेपत्रे गरिएकाले भैंसी गाउमा लैजान नमिलेपछि गाउँ बाहिर गाेठ बनाई भैंसी स्याहार्दै अाएका गुरुङ नारायणी नदिमा डुबेकाे हुनसक्ने अनुमान गरिएकाे स्थानीय देवान गुरुङले बताएका छन् ।
दाउरा झिक्न वा नुहाउन वा अन्य कुनै कामका लागि नारायणी नदी तटमा गएकाे अवस्था नदीमा चिप्लिएर लडेकाे हुनसक्ने अनुमान प्रबल छ ।
प्रहरी तथा गाउलेकाे सहयाेगमा बलमानकाे खाेजी कार्य भैरहेकाे छ । कुनै कारणवस बलमान अन्त्यै क्षेत्रमा गएकाे हुनसक्ने तथा अन्य क्षेत्रमा भए उनकाे खाेजी गरिदिन सञ्चारमाध्यम, प्रहरी, समाजसेवी सबैलाई परिवारले अनुराेध गरेकाे छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट

