डा. केसीकाे माग पूरा नभए देशमा आगो बल्छ : पूर्वप्रधान्यायाधीश कार्की
काठमाडौं,
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले डाक्टर गोविन्द केसीको माग पुरा नभए देशमा आगो बल्ने बताएकी छन् । डा. गोविन्द केसीका समर्थकद्वारा आयोजित प्रदर्शनको कोणसभालाई सम्बोधन गर्दै पूर्वप्रधानन्यायाधीश कार्कीले यस्तो कुरा बताएकी हुन् ।
कार्कीले आम जनताको हितमा माग उठाएका केसीलाई वेवास्ता गरिए देशमा आगो बल्ने चेतावनी दिएकी हुन् । ‘एक दुई धनी व्यापारीको हित नहेरी आम जनताको हितमा काम गर्न म सरकारलाई अनुरोध गर्न चाहन्छु’, उनले भनिन,‘सरकारले गोविन्द केसीको माग पुरा गरोस, माग पुरा नगर्ने हो भने देशमा आगो बल्छ ।’
उनले डा. केसीले जनताका लागि अनसन बसेको जिकिर गरिन । उनले भनिन्,‘डा.केसीलाई बचाउनु सरकारको धर्म हो, उहाँ हाम्रो निम्ति माग राखेका छन’। उनीकुनै दलको कार्यकर्ता होइनन्। जनताको आवाज बोलेका हुन्।’
केसी समर्थकहरुले आइतबार बिहान १० बजेदेखि ५ बजेसम्म बसन्तपुर क्षेत्रमा सामुहिक अनसन बस्ने घोषणा गरेका छन् ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
