बंगलादेशमा मेडिकल पढ्ने नेपाली छात्राहरुले शरीर बेच्नुपर्छ भनेपछि तामाङको मन्त्री पद धरापमा
साउन ६, काठमाण्डौ । कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङले बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्न जाने नेपाली छात्राहरुबारे दिएको अभिव्यक्ति विवादित भएको छ ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा कानुनमन्त्री तामाङले नेपाली चेलीले आफूलाई नसुम्पी बंगलादेशमा डाक्टरको सर्टिफिकेट नपाउने ठोकुवा गरेका थिए ।
काठमाडौंमा एसईई उत्तिर्ण विद्यार्थीहरुको सम्मानमा आयोजित एक कार्यक्रममा कानुनमन्त्री तामाङले भनेका थिए, “आज म कथा खोल्छु । बंगलादेशमा हाम्रा कोही चेलीहरु, हाम्रा छोरीहरु डाक्टर पढ्न जानुहुन्छ भने मैले सुनेको छु, सर्टिफिकेट लिनका लागि उसले कहिँ न कहिँ आफूलाई बेच्नैपर्छ ।”
तामाङको उक्त अभिव्यक्तिको सर्वत्र विरोध भइरहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले विज्ञप्ति नै जारी गरेर तामाङकोभ नाईको विरोध गरेको छ ।
राप्रपा प्रचार विभाग प्रमुख तथा सहप्रवक्ता मोहन श्रेष्ठले विज्ञप्ति जारी गरी मन्त्री तामाङले अभद्र, अशिष्ट र आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै उनलाई बर्खास्त गर्न माग गरेका छन् । विज्ञप्तिमा भनिएको छ “मन्त्री तामाङको गैरजिम्मेवार अभिव्यक्तिलाई ध्यान दिई अबिलम्ब मन्त्री पदबाट बर्खास्त गर्न प्रधानमन्त्री केपी ओलीसमक्ष राप्रपा माग गर्दछ ।”
त्यस्तै केही समयअघि झापाको बीएण्डसी अस्पताल सञ्चालक दुर्गा प्रसाईंले बंगलादेश पढ्न जाने नेपाली छात्राहरुलाई प्राध्यापकहरुले यौन शोषण गरेर राखेको अभिव्यक्ति दिएका थिए । राप्रपाले उनलाई पनि कानुनी कारबाही गर्न माग गरेको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट

