Jankari Kendra
७ कार्तिक २०८३, शुक्रबार

लमजुङे गायक रोशन को तिज को गित बजार मा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७५, श्रावण, १६
लमजुङे गायक रोशन को तिज को गित बजार मा

काठमाडौँ । लमजुङे गायक रोशन कुताल क्षेत्रीको तीज गीतले दर्शकहरुको मन जित्न सफल भएको छ ।

सामाजिक सञ्जाल युट्युवमा एक लाख भन्दा बढी यो गीत दर्शकहरुले हेरिसकेका छन् । दर्शकहरुबाट राम्रै प्रतिक्रिया मिलेको छ । आफ्नो सिर्जना दर्शकहरुले मन पराइदिँदा खुसी लागेको छ । उत्साहित हुँदै रोशनले दैनिक नेपालसँग भने ।

“दिदी र बहिनी तीजैमा भेला।।।” बोलको यो गीत रोशन आफैले लेखेका हुन् । जसमा लमजुङे गायिका शान्ति सुनारले पनि स्वर दिएकी छिन् ।

दर्जन बढी गीत गाइसकेका रोशनले यो गीतको भिडियोमा पनि चर्चित मोडलहरुलाई अभिनय गराएका छन् । अहिलेकी निकै चल्तीकी मोडल दिपासा बिसीदेखि प्राप्ति पौडेल, संचिता शाही, रबिना भण्डारी, सुष्मा सिंह र चर्चित हास्य कलाकार केशब सापकोटा ूभैसीको कसमूलाई यो भिडियोको मुख्य भूमिकामा हेर्न सकिन्छ ।

शिव बिकको निर्देशन र रबिन बिकको छायांकन रहेको यस भिडियोलाई क्यामरामा कैद शम्भु चालिसेले गरेका हुन् ।

यस्तो छ भिडियोः

https://youtu.be/dAB786lkEyI

Top Changing Nepal

युट्युब सट्स