• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०९ असार २०८३, मङ्गलबार
०९ असार २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • ९ घण्टा 

बैंक कर्मचारीको बिदा व्यवस्थामा राष्ट्र बैंकको नयाँ प्रस्ताव, अनिवार्य बिदा सञ्चित गर्न नपाइने
  • १० घण्टा 

१६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ
  • १० घण्टा 

११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात
  • १२ घण्टा 

नक्कली गहनाले भाँडियो विवाह, बेहुलीबिनै जन्ती फर्कियो
  • १२ घण्टा 

तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो, सतर्कता अपनाउन आग्रह
  • १३ घण्टा 

बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने
  • १३ घण्टा 

अब विश्वकपका इरानी खेलाडी दुई दिन अघि नै अमेरिका जान पाउने
  • १३ घण्टा 

वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?
  • १४ घण्टा 

लोकप्रिय समाचार

  • १. अकबरे खुर्सानीले फेरिएको भोजपुर : रित्तिँदै गएका गाउँमा फर्किएको जीवन

  • २. जोरपाटीमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, विश्वस्तरीय डिजाइन अब नजिकै

  • ३. ट्रिलियनियर बने लगत्तै मस्कले किने ६० बिलियनको कोडिङ कम्पनी

  • ४. यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी

  • ५. विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

  • ६. एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

  • ७. सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

  • ८. आज देखी चिया उधोग र बगान अनिश्चितकालका लागि बन्द

  • ९. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • १०. २०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

भदौ २३ गतेभित्र माग पूरा नभए ४० हजार राहत शिक्षक सडकमा उत्रिने चेतावनी

admin २०७५, भाद्र, १४

। पूर्व शिक्षामन्त्री एवम् उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगका सदस्य धनीराम पौडेलले राहत शिक्षकका मागहरु पूरा गर्नको लागि आफु प्रयत्नशील रहेको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालमा राहत शिक्षक केन्द्रीय समितिले आयोजना गरेको राहत शिक्षकको पेशागत हतहित एवम् नीतिगत व्यवस्थापन विषयक सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

उनले भने,‘राज्यबाट शिक्षकले आफू अनुकुलको सेवा सुविधा पाउँदै गर्दा राज्यको दायित्व र विद्यार्थीको भविष्यलाई ध्यानमा राख्नुपर्छ, योग्य र दक्ष शिक्षकलेमात्रै दक्ष शिक्षा हाँसिल हुनुसक्छ, म राहत शिक्षकले सूरु गरेको आन्दोलनको मोर्चामै छु, तपाईहरुले उठाएका मागहरु जायज छन्, मुलुकलाई शिक्षकको दरबन्दी आवश्यक छ, आन्दोलन सहमति, सहकार्य र कार्यान्वयनलाई मध्येनजर गर्दै आन्दोलनमा होमिनपनि आग्रह गर्दछु ।’

नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा शिक्षक दरबन्दी पुनःवितरण कार्यदलका संयोजक एवम् पूर्व शिक्षा सचिव महाश्रम शर्माले राहत शिक्षकहरुको आन्दोलनले नीतिगत आकार लिनुपर्ने बताए ।

उनले भने,‘शिक्षकहरुको वर्गीकरणको अन्त्य हुनु आजको आवश्यकत्ता हो, पछिल्लो समयमा यसको अन्त्य हुने क्रम जारी छ, सबै शिक्षक मिलेर विद्यार्थीहरुको भविष्य सुन्दर बनाउन तर्फ लाग्नुपर्छ।’

नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले राहत शिक्षकले उठाएका मागहरुका बारेमा महासंघ सकारात्मक रहेको बताउँदै जिम्मेवार ढंगले अघि बढ्ने बताए ।

राहत शिक्षक र अस्थायी शिक्षकको पनि शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान रहेको बताउँदै उनले भने,शिक्षाको क्षेत्रमा राहत शिक्षकले आफ्नो ऊर्जाशील समय बिताएकाले राहत शिक्षको उचित व्यवस्थापन हुनुपर्छ ।’

नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले राहत शिक्षकहरुले उठाएका मागहरु पूरा नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिए ।

उनले भने,‘हामीले यही भदौ २३ गतेसम्म सरकारलाई हाम्रो अवस्था र मागहरुका बारेमा जानकारी गराएका छौं, यदि सरकारले भदौ २३ गतेभित्र हाम्रा मागहरु पूरा गरेन भने आन्दोलनले बिशाल रुप लिन्छ ।’

उनले अघि थपे,‘सरकार मुलुकलाई समृद्ध भएको हेर्न चाहन्छ, मुलुक विकसित हुनुपर्छ भनिरहेको छ, मुखले भनेरमात्रै समृद्धि आउँदैन, मुलुक विकसित हुँदैन, समृद्ध नागरिकबिना समृद्धि सम्भव छैन्, समृद्ध नागरिक जन्माउने शिक्षक हो, जुन शिक्षकका सामान्य माग, न्यूनतम आवश्यकत्ता र सुविधाको ग्योरेण्टी गर्न सक्दैन भने सरकारले भनेको समृद्धि कसरी सम्भव हुन्छ ?’

उनले अघि थपे,‘प्रधानमन्त्रीले आईसिटी कार्यक्रम ल्याउनुभयो, त्योपनि हामीजस्ता राहत शिक्षकले पढाईरहेका छौं,४० हजार संख्यामा रहेका राहत शिक्षकहरुले गणित, विज्ञान, अंग्रेजी र कम्प्युटरलगायतका महत्वपूर्ण विषयहरु मल्टी मिडियाद्धारा पढाईरहेका छौं ।’

कार्यक्रममा उच्चस्तरीय शिक्षा आयोगका सदस्य डा. बाबुराम अधिकारी, लक्ष्मण शर्मा, नेपाल शिक्षक संघका अध्यक्ष राजेन्द्रराज पौडेल, एकिकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीलगायतले राहत शिक्षकले उठाएका माग र आन्दोलनमा ऐक्यवद्धता जनाउँदै आफ्ना धारणाहरु राखेका थिए ।

नेपाल राहत शिक्षक केन्द्रीय समितिका महासचिव कर्णबहादुर मगरले कार्यक्रम सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
१६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ
नक्कली गहनाले भाँडियो विवाह, बेहुलीबिनै जन्ती फर्कियो
तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो, सतर्कता अपनाउन आग्रह

ताजा

२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

बैंक कर्मचारीको बिदा व्यवस्थामा राष्ट्र बैंकको नयाँ प्रस्ताव, अनिवार्य बिदा सञ्चित गर्न नपाइने

१६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.