कञ्चनपुरका सन्नी खुना लाइ सीधै छातीमा गोली ठोक्यो’: राखी बाँध्ने सपना अधुरै
जानकारी केन्द्र
२०७५, भाद्र, १४
कञ्चनपुर । शुक्रबार दिउँसो ३ बजे भीमदत्त नगरपालिका १८ भगतपुर शुभकामना टोलका साथी उमेश खुनाका साथी सन्नी खुना काम गरेबापतको आफूले पाउनुपर्ने पैसा माग्न भनी निस्किए । उनीहरु बाटोभरि रक्षाबन्धनमा दिदीहरुसँग राखी बाँधी माग्ने र उनीहरुलाई मिठा परिकार खुवाउने कुरा गर्दै ठेकेदारकहाँ पुगे उमेश र सन्नी घरमा मार्बल बिछ्याउने मिस्त्रीको हेल्परका रुपमा काम गर्थे ।
ठेकेदारको घरमा उनलाई नभेटेपछि बजार हुँदै घर फर्कँदै गर्दा ट्राफिक चोक नजिकै घरको छतमा बसेका ८/१० जना प्रहरीले उनीहरुलाई गाली गर्दै भाग्न भने । आजको नागरिकको पृष्ठ ४ मा यो समाचार छापिएको छ । ‘भाग्दै गर्दा प्रहरीले गोली हान्यो ।’ सन्नीसँगै रहेका उमेशले भने, ‘सन्नीले अंकल हामी आन्दोलनकारी होइनौं, हामीलाई केही नगर्नुस् भन्दै थियो ।’ अनुनय गर्दागर्दै दुइजना बन्दुकधारी प्रहरीमध्ये एउटाले गोली चलाएको उनले बताए ।
सन्नी ढलेपछि आफू भने डरले भागेको उनले बताए ।
उमेशले भने, ‘प्रहरीले गाली गर्दै तैं होस् ढुंगा हान्ने भनेर सीधैं छातीमा गोली ठोक्यो ।’ सन्नी र उमेश मिल्ने साथी हुन् । सन्नी रक्षाबन्धनमा दिदीबहिनीका लागि मिठोमसिनो खुवाउन भन्दै ठेकेदारसँग काम गरेबापतको पैसा माग्न जान्छु भनेर घरबाट निस्किएको बुवा वीरबहादुर बताए । उनले भने, ‘श्रम गरेको पैसा माग्न गएको छोराको बेलुकी लास देख्नुपर्यो ।’
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट

