प्रतापपुर गाउपालिकामा कर्मचारीको अभाव ।
जानकारी केन्द्र
२०७५, भाद्र, २७
रबिन्द्र यादव / नवलपरासी
स्थानीय तहको चुनाव भएको एक वर्ष पुगी सक्दा पनि सरकारले कर्मचारी खटाउन नसक्दा नवलपरासी पश्चिम जिल्लाका विभिन्न स्थानीय तहको काममा समस्या भएको छ । कर्मचारी नहुँदा जिल्लाका ४ गाउँपालिका र ३ नगरपालिकामा समस्या भएको हो ।
प्रतापपुर गाउँपालिकामा वडा सचिव देखि महिला तथा बालबालिका , शिक्षा लगाएतका प्राविधिकहरुको अभाव हुँदा सेवाग्राहीमा सेवा पुग्न सकेको छैन । वडा कार्यालयमा वडा सचिव र प्राविधिक नहुँदा सेवा लिन समस्या हुने गरेको स्थानीयवासीन्दा युवराज मौर्याले गुनासो गर्नु भयो । वडा सचिवको दरबन्दी पूरा हुन नसकेपछि एउटै सचिवले दुई वटा वडाको काम गर्नुपर्ने बाध्यता रहेको प्रमुख राजकुमार शर्माले बताए । गाउँपालिकाबाट पारित योजनाहरुलाई कार्यान्वयनको लागि जनशक्ति अभावले समस्या भएको उनले बताए ।
सरकारले समायोजन र कार्यक्षेत्रमा रहेका कर्मचारी नपठाएकोले समस्या झन बढ्दै गएको प्रमुख प्रशासकीय अधिकृत बोधराज बस्यालले बताए । लेखापाल, प्राविधिक, कार्यालय सहयोगी र अन्य शाखामा कर्मचारीको समस्या छ । अन्य गाउँपालिकामा समेत कर्मचारीको अभाव रहेको जिल्ला समन्वय समिति प्रमुख शिवशंकर प्रसाद रायले बताए । रायले सरकारले असोज महिना भित्र सबै गाउँपालिकामा कर्मचारी पुग्ने अाशा समेत गरे ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट

