• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, असार २९, २०८२
आइतबार, असार २९, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रलाई नसमेटेको नाइमाको गुनासो

नयाँ फिल्म ‘मुनामदनको ब्रेकअप’ को घोषणा

तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकद्वारा ५० अर्ब रुपैयाँ उठाउने

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

कपिलवस्तुमा बस दुर्घटना : २९ जना घाइते, ३ को अवस्था गम्भीर

यो हो भोजपुरीको सबैभन्दा महंगो फिल्म, कमाएको थियो दोब्बर

रूसले फेला पार्याे अन्टार्कटिका मुनी बिशाल तेलकाे भण्डार, साउदीको भन्दा दोब्बर

बर्षायाममा छालालाई चमक र रोगमुक्त बनाउने घरेलु उपाय जान्नुहोस

आज आदिकवि भानुभक्तको २१२औँ जन्मजयन्ती

लोकप्रिय समाचार

  • १. २०८२ साल असार २७ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • २. २०८२ साल असार २६ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल असार २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

  • ४. साउनमा भगवान शिवलाई किन जल चढाइन्छ, जान्नुहोस् 

  • ५. २०८२ साल असार २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ६. नेपालले बंगलादेशसँग मैत्रीपुर्ण फुटबल खेल्ने

  • ७. अन्तरिक्षमा १६६ जनाको मानव अस्तु लिएर गएको क्याप्सुल दुर्घटनाग्रस्त

  • ८. २०८२ साल असार २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ९. २०८२ असार २८ गतेदेखि साउन ०२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • १०. आजको मौसमः देशैभरी पानी पर्ने, सतर्कता अपनाउन अनुराेध

तरकारीमा हाइटेक प्रविधिले तेब्बर बढी आम्दानी

पर्वत। पर्वतको जलजला गाउँपालिका–८ का राजन सापकोटाले छ वर्षअघिसम्म खुला आकाशमुनि तरकारी लगाउनुहुन्थ्यो ।

वर्षभरि दुःख गर्दा पनि श्रमअनुसारको आम्दानी लिन नसक्दा निराश हुनुभएका उहाँ जिल्ला कृषि विकास कार्यालयले आयोजना गरेको एक हप्ते उन्नत तरकारी खेती तालीमपछि नयाँ उत्साह जागृत भयो । लगानी थपेर प्लास्टिकका दुई अस्थायी टनेल बनाउनुभयो । एउटा तालीम लिँदाकै बेला पाएको प्लास्टिक थियो, अर्को आफैंले किनेर लैजानुभयो ।

तालीममा सिकेको ज्ञानअनुसा र उहाँले दुईवटा टनेलमा सिर्जना जातको गोलभेंडा लगाउनुभयो । त्यसबाट एकै मौसममा रु दुई लाख ५० हजार आम्दानी गर्न सफल भएपछि उहाँमा तरकारी खेतीतर्फ आकर्षण बढ्यो ।

विसं २०५४ देखि व्यावसायिक तरकारी खेतीमा लाग्नुभएका उहाँ एक समय यो पेशा छाड्ने सोचमा पुग्नुभएको थियो । ‘‘लगानी उठाउनै नसकेपछि विदेश जान कस्सिएको थिएँ,’’ उहाँले भन्नुभयो, “एक हप्ताको तालीमले मेरो सोचमा परिवर्तन ल्याइदियो ।”

सापकोटाले पहिलो पटकको गोलभेंडाको कमाइले अरू दुईवटा प्रकृतिका टनेल थप्नुभयो । फलामका डण्डी गाडेर बनाइएका ती टनेल स्थायी खालको छ । उहाँका अनुसार यसखालको टनेलमा एउटा प्लास्टिक १० वर्षसम्म टिकाउ हुन्छ ।

टनेलको चारैतर्फ हरियो अर्धपारदर्शी प्लास्टिकले बारिने हुँदा बाहिरी कीरा टनेलभित्र पस्न पाउँदैनन् । भित्रको तापक्रम सन्तुलित रहन्छ । गर्मीमा हरियो प्लास्टिक निकाल्नुपर्छ । जाडो मौसममा ढाक्नुपर्छ । अहिले सापकोटाको बारीमा चारवटा उच्च प्रविधिका टनेल छन् ।

उहाँ मात्रै नभएर वरपरका किसानले पनि उच्च प्रविधिका टनेलभित्र तरकारी लगाउने क्रम बढेको छ । स्थानीय फर्सेमा करीब सय परिवार व्यावसायिक कृषिमा आश्रित छन् । गएको तीन दशकदेखि व्यावसायिक तरकारी लगाउँदै आएको भए पनि यो प्रविधि सिकेको छ वर्ष भयो । गाउँमा पहिलोपटक राजनले शुरु गरेको हाइटेक टनेल अहिले रामु सुवेदी, बाबुराम सुवेदी र शर्मिला क्षत्रीलगायत थुप्रै किसानको बारीमा देख्न सकिन्छ ।

केही किसान एउटैले १२ वटासम्म हाइटेक टनेल बनाएका छन् । यो टनेलभित्र लगाएको तरकारी बाहिरको भन्दा बढी फल्ने अनुभव किसानसँग छ । ‘‘हामीले साउनको भेल र झरीका बेला पनि रायोको साग फलाएर बेच्यौं,’’ रामु सुवेदीले भन्नुभयो, “एक मौसममा १० रुपैयाँमा बिक्री नहुने साग साउनमा प्रतिमुठा डेढ सयमा बेच्यौं ।’ उच्च प्रविधिका टनेलभित्र विशेषगरी अचार खाने खुर्सानी, मुला, गाजर, रायो, बोडी, काँक्रा, करेला, लौका र घिरौंलालगायत तरकारी फलाउन सकिन्छ ।

हाइटेक टनेलमा तरकारी लगाउदा रोप्ने र गोड्ने समयमा ध्यान दिनुपर्ने किसान बताउछन् । ‘‘खुला खेतमा जस्तो जथाभावी रोप्नु हुँदैन,’’ सापकोटाले भन्नुभयो, “फराकिलो ड्याङ बनाएर निश्चित दूरीमा तरकारी रोप्नुपर्छ ।’ खुला आकाशमुनि लाग्ने रोगकीराको प्रकोप यस्तो टनेलमा ९० प्रतिशतभन्दा कम हुने भएकाले मल र सिँचाइमा ध्यान दिए पुग्ने उहाँले बताउनुभयो ।

अहिले यहाँका किसानले उच्च प्रविधिका टनेलभित्र गोलभेंडा, साग र अचार खाने खुर्सानी लगाएका छन् । टनेलभित्र वर्षमा तीनदेखि चार सिजनसम्म तरकारी लगाउन सकिने किसानले बताएका छन् ।

कृषि प्राविधिकका अनुसार पछिल्लो समय उच्च प्रविधिका टनेलमा तरकारी लगाउने किसानको सङ्ख्या बढ्दो छ । निर्वाहमुखी प्रविधिबाट व्यावसायिक आकार लिँदै गरेको पर्वतमा हाइटेक प्रविधिमा खेती गर्न थालेपछि बाहिरबाट आउने तरकारी विस्थापन भएको कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख वासुदेव रेग्मीले जानकारी दिनुभयो ।

हामीले पाँच वर्षयता गरेको अध्ययनमा वर्षेनी तरकारी आयात घटिरहेको छ,’ उहाँले भन्नुभयो, “पछिल्ला वर्ष केही किसानले बेमौसमी तरकारी जिल्लाबाहिर बेच्दै आएका छन् ।” जिल्लाभर करीब दुई हजार किसानले टनेलभित्र तरकारी खेती गर्दै आएको उहाँले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    महाकाली नदीको तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    भरतपुरमा आज तीन घन्टा विद्युत सेवा अबरूद्द हुने
    मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

    लोकप्रिय

    २०८२ साल असार २७ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार २६ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

    साउनमा भगवान शिवलाई किन जल चढाइन्छ, जान्नुहोस् 

    २०८२ साल असार २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    ताजा

    मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रलाई नसमेटेको नाइमाको गुनासो

    नयाँ फिल्म ‘मुनामदनको ब्रेकअप’ को घोषणा

    तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकद्वारा ५० अर्ब रुपैयाँ उठाउने

    बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रलाई नसमेटेको नाइमाको गुनासो
    • नयाँ फिल्म ‘मुनामदनको ब्रेकअप’ को घोषणा
    • तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकद्वारा ५० अर्ब रुपैयाँ उठाउने
    • बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
    • कपिलवस्तुमा बस दुर्घटना : २९ जना घाइते, ३ को अवस्था गम्भीर

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.