बर्खास्त गरिएका ईन्स्पेक्टर भट्ट अझै थुनामा
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यापछि बलात्कारको घट्नामा दोषी देखिएका तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रमुख उपरीक्षक एसपी डिल्लीराज विष्ट र ईन्स्पेक्टर जगदिश भट्टलाई बर्खास्त गरिएको छ ।
तर, प्रहरीले तत्कालीन ईन्स्पेक्टर भट्टलाई प्रहरी प्रधान कार्यालयमा रहेको एक नम्बर गणमा थुनेर राखेको खुलासा भएको छ । बर्खास्त गरिएका तत्कालिन् एसपी विष्ट भने रिहा भैसकेका छन् । तर, उक्त प्रकरणमा सँगै बर्खास्तमा परेका भट्टलाई भने अझै प्रहरीले थुनेर अनुशन्धान गरिरहेको छ ।
गृह मन्त्रालयले बिहीबार विष्ट र प्रहरी निरीक्षक जगदीशप्रसाद भट्टलाई बर्खास्त गरेको थियो । तर बर्खास्त गरिएको पत्रमा ‘भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट हटाइएको’ उल्लेख छ ।
योसंगै उनी कानुनी उपचारका लागि अदालतको ढोका ढक्ढक्याउन सक्नेछन् । विष्टले आवश्यक कानुनी उपचारका लागि अदालतको ढोका ढक्ढक्याउने बताइसकेका छन् । गृह मन्त्रालयले सेवाबाट निकालेको निर्णय सुन्नेवित्तिकै उनले सरकारको निर्णयबिरुद्ध कानुनी उपचारमा जाने चेतावनी दिएका छन् ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट

