कस्तो अचम्म श्रीमानको मृत्युमा नारोएपछी ५ वर्ष जेल जानु पर्यो
जानकारी केन्द्र
२०७५, कार्तिक, १७
श्रीमानको मृत्युमा नरोएको भन्दै एक महिला विगत ५ वर्षदेखि जेल सजाय भोगिरहेकी छन् ।भारतको असममा ती महिलालाई श्रीमानको मृत्युमा नरोएको भन्दै आफैले हत्या गरेको आरोपमा जेल सजाय भएको हो ।
उनलाई स्थानीय अदालतले आफ्नो पतिको हत्या गरेको दोषी ठहर ग-यो । गुहाइटीको उच्च अदालतले पनि स्थानीय अदालतले गरेको फैसलालाई सदर गर्दै उनलाई जेल सजाय सुनायो ।
श्रीमानको हत्यामा आफ्नो संलग्नता नभएको भन्दै ती महिलाले सर्वोच्च अदालतमा मुद्दा हालिन् । गत बुधबार सर्वोच्च अदालतले उच्च अदालतले गरेको फैसलालाई उल्टाउँदै ती महिलालाई रिहा गर्न आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश द्वय आरएफ नरीमन र जस्टिस नवीन सिन्हा ले महिलाको पक्षमा फैसला गर्दै ‘मौकामा भेटिएका तमाम सबुत र प्रमाणले श्रीमानको हत्यामा उनको संलग्नता छ भन्न सकिने आधार छैन् । र जहाँसम्म श्रीमानको मृत्युमा नरोएको कुरालाई हत्याको मुख्य आधार वा प्रमाण भनिएको छ, त्यो अप्राकृतिक व्यवहार हो । यसलाई हत्याको प्रमाण मान्न सकिन्न ।’एजेन्सी
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट

