• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०४ बैशाख २०८३, शुक्रबार
०४ बैशाख २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

मेटाको निर्णयः ८ हजार कर्मचारी कटौती गर्दै एआईतर्फ केन्द्रित हुने
  • ७ घण्टा 

२०८३ साल तपाईको लागि यस्तो रहेको छ, हेर्नुहोस् वार्षिक राशिफल
  • १३ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १३ घण्टा 

कस्तो छ आजको मौसम पूर्वानुमान ?
  • १३ घण्टा 

आईपीएमा गुजरातसँग कोलकाताको हार, आज दुई खेल हुँदै
  • १३ घण्टा 

प्रधानमन्त्री बालेन शाहको १२ वर्ष पुरानो र्याप भिडियो हटाउन साइबर ब्यूरोमा उजुरी
  • १ दिन 

२०८३ वैशाख ०५ गते शनिबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
  • १ दिन 

अबदेखि पासपोर्ट र लाइसेन्स नागरिककै घरदैलोमा
  • १ दिन 

लोकप्रिय समाचार

  • १. काठमाडौँमा नयाँ वर्षदेखि रात्रिकालीन बस सेवा सुरु

  • २. टिकटकद्वारा २०२५ चौथो त्रैमासिक कम्युनिटी गाइडलाइन्स कार्यान्वयन प्रतिवेदन सार्वजनिक

  • ३. आज सुनको मूल्यमा वृद्धि,कतिमा हुदैछ कारोबार

  • ४. सीजी ब्रान्डद्वारा नयाँ वर्ष २०८३ लक्षित आकर्षक योजना “एक्सपेरियन्स लाइफ विथ सीजी” सार्वजनिक

  • ५. ४९९ रुपैयाँमै महिनाभर अनलिमिटेड डाटा दिने नेपाल टेलिकमको धमाकेदार नयाँ वर्ष अफर

  • ६. TikTok has releases 2025 Community Guidelines Enforcement Report

  • ७. आजदेखि देशव्यापी दोस्रो आर्थिक गणना सुरु

  • ८. २०८२ चैत २९ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ९. एलआरआर मोटर्सद्वारा “जिली इएक्स ५ सुपर सेल्स एण्ड एक्सचेन्ज कार्निभल” को आयोजना हुने

  • १०. घट्यो सुनचाँदीको मुल्य,कतिमा हुँदैछ कारोबार ?

अनुगमनमा मन्त्रीको मनपरीः जन्मदिनमा सरकारी खर्च !

admin २०७५, कार्तिक, १७

काठमाडौं । अनुगमनको बहानामा मन्त्रीहरूले चार महिनामा ४० लाख रुपैयाँ व्यक्तिगत घुमघाममै सकेका छन् । मन्त्रीले सरकारी खर्च लिएर साथीको छोरीको जन्मदिनसमेत मनाउने गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोेतको दाबी छ ।

‘कतिपय मन्त्रीले जिल्ला अनुगमनको नाममा रकम लिएर साथीको छोरीको जन्मदिन मनाउन जिल्ला गएकोसमेत भेटिएको छ,’ कार्यालयका एक उच्च अधिकारी भन्छन् । स्रोतका अनुसार अधिकांश मन्त्रीको अनुगमन प्रतिवेदनसमेत विश्वासयोग्य छैन ।

कतिपय मन्त्रीले घरायसी, व्यक्तिगत र पार्टीको काममा खर्च गरेको रकमसमेत सरकारी अनुगमनमा गएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भुक्तानीका लागि निवेदन दिएका छन् ।

प्रधानमन्त्रीसहित हाल २५ मन्त्री छन् । उनीहरूले असारदेखि असोज मसान्तसम्ममा जिल्ला भ्रमण र अनुगमनका नाममा ४० लाख ४० हजार ८३७ रुपैयाँ बुझिसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको रेकर्डमा उल्लेख छ । प्रधानमन्त्री कार्यालयमा अझै दर्जन बढी मन्त्रीको भ्रमण भुक्तानीको निवेदन दर्ता छ ।पछिल्लो समयमा मन्त्रीहरूले जिल्ला भ्रमणको क्रमलाई तीव्रता दिएको पाइएको छ । प्रधानमन्त्री कार्यालयका अनुसार यो अवधिमा मन्त्रीको इन्धनमा मात्रै ४१ लाख ८ हजार ३७३ रुपैयाँ सकिएको छ ।

यस्तै, मन्त्रीको तलबमा १ करोड ७१ लाख ४७ हजार १ रुपैयाँ र सञ्चार महसुलमा २ लाख ३१ हजार ४८२ रुपैयाँ सकिएको छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार सबैभन्दा बढी जिल्ला भ्रमणमा जाने र बढी खर्च गर्नेमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ छन् ।

उनले जिल्ला भ्रमण र अनुगमनको नाममा चार महिनामा ४ लाख ५७ हजार ३१० रुपैयाँ सरकारी कोषबाट खर्च गरेका छन् ।

जिल्ला घुमघाम गर्नेमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी पनि अग्रस्थानमा छन् । उनले जिल्ला भ्रमणमा २ लाख ९६ हजार ९७० रुपैयाँ सकेका छन् ।

मन्त्रीहरूले जिल्ला भ्रमण सकेर फर्केपछि अनुगमनको उपलब्धिसहितको प्रतिवेदन अनिवार्य रूपमा प्रधानमन्त्री कार्यालयमा बुझाउनुपर्ने प्रावधान छ । तर, अधिकांश मन्त्रीको प्रतिवेदन झारा टार्ने खालको रहेको कार्यालय स्रोतले जनाएको छ । -राजधानी दैनिकबाट

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव : केही स्थानमा वर्षा र हिमपातको सम्भावना
आज मातातीर्थ औंशी : आमाप्रति सम्मान र स्मरणको विशेष दिन

ताजा

मेटाको निर्णयः ८ हजार कर्मचारी कटौती गर्दै एआईतर्फ केन्द्रित हुने

२०८३ साल तपाईको लागि यस्तो रहेको छ, हेर्नुहोस् वार्षिक राशिफल

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

कस्तो छ आजको मौसम पूर्वानुमान ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.