प्रेमको चक्करमा परेका तीन किशोरीद्वारा विद्यालय भित्रै एकैसाथ विष सेवन
जानकारी केन्द्र
२०७५, कार्तिक, १७
गुल्मी। गुल्मीको एक विद्यालयका तीन वटी छात्राले आज दिउँसो एकै साथ विष सेवन गरेका छन । रेसुङ्गा नगरपालिका ११ को सिमिचौर स्थित भगवती माध्यामिक विद्यालय कक्षा १० मा अध्यानरत छात्राहरु्रले विष सेवन गरेर बेहोस भएका ह्ुन ।
रमिता नाम परिर्वनले माया प्रेमको चक्करमा पानीको बोत्तलमा विष राखेर पिएको र उनले पिएर राखेको सोही बोत्तलको पानी उनका साथीहरु सपना थापा र पार्वती बिसीले झुक्कीएर पिउँदा उनिहरु अर्धचेतन भई उपचार्थ पाल्पा पठाईएको प्रहरीले जनाएको छ । उनिहरु तीनै जनाको उमेर १६ बर्ष भएको छ ।विद्यालय बन्द भए पनि एक जना शिक्षकले म्याथ विषय पढाउँदै थिए । सोही क्रममा उनिहरु पिसाव फेर्न जान्छौ भन्दै निस्कीएको बेला उक्त घटना घटेको जिल्ला प्रहरी प्रमुख एसपी दिपककुमार बस्नेतले बताए ।
घटनाका सम्वन्धमा गम्भीर अनुसन्धान हुनु पर्ने स्थानियको भनाई छ । को संग प्रेम सम्वन्ध थियो भन्नेबारे खुलेको छैन । माया प्रेम कै चक्करमा सोही गाउँकी एक किशोरीले गत वर्ष झुण्डिएर आत्माच हत्या गरेकी थिईन ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट

