• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०४ बैशाख २०८३, शुक्रबार
०४ बैशाख २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

मेटाको निर्णयः ८ हजार कर्मचारी कटौती गर्दै एआईतर्फ केन्द्रित हुने
  • ७ घण्टा 

२०८३ साल तपाईको लागि यस्तो रहेको छ, हेर्नुहोस् वार्षिक राशिफल
  • १३ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १३ घण्टा 

कस्तो छ आजको मौसम पूर्वानुमान ?
  • १३ घण्टा 

आईपीएमा गुजरातसँग कोलकाताको हार, आज दुई खेल हुँदै
  • १४ घण्टा 

प्रधानमन्त्री बालेन शाहको १२ वर्ष पुरानो र्याप भिडियो हटाउन साइबर ब्यूरोमा उजुरी
  • १ दिन 

२०८३ वैशाख ०५ गते शनिबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
  • १ दिन 

अबदेखि पासपोर्ट र लाइसेन्स नागरिककै घरदैलोमा
  • १ दिन 

लोकप्रिय समाचार

  • १. विद्यालयलाई छात्रवृत्ति विवरण सार्वजनिक गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • २. २०८३ वैशाख ०५ गते शनिबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. आर्टुडियो पाटन विंगमा “टेक्सटाइल स्क्रिप्ट्स”: समकालीन लिथुआनियन टेक्सटाइल कला प्रदर्शनी

  • ४. ब्ल्याक प्लस डेकरद्वारा नयाँ वर्ष २०८३ को उपलक्ष्यमा “ओन द फ्युचर,ओन द ब्ल्याक प्लस डेकर” योजना सार्वजनिक

  • ५. २०८३ वैशाख ०४ गते शुक्रबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८३ वैशाख १ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ७. प्रधानमन्त्री बालेन शाहको १२ वर्ष पुरानो र्याप भिडियो हटाउन साइबर ब्यूरोमा उजुरी

  • ८. नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक

  • ९. शरिरमा प्रोटिनको कमी भएको यसरी थाहा पाउन सकिन्छ

  • १०. आज मातातीर्थ औंशी : आमाप्रति सम्मान र स्मरणको विशेष दिन

यस कारण असफल भए निर्मला पन्तका बलात्कारी र हत्यारा खोज्न : बल्ल खुल्यो रहस्या

admin २०७५, कार्तिक, १७

नेपाल प्रहरीले भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षिया निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्तिको खोजी गर्न सक्ने सम्भावना प्रतिदिन क्षीण हुँदै गइरहेको छ ।

बलात्कारी र हत्यारा खोज्न असफल हुने देखिएपछि प्रहरीको उच्च नेतृत्वले घटनाका बेला जिम्मेवारीमा रहेका प्रहरी अधिकारी र अनुसन्धानमा संलग्न प्रहरीमाथि भने कडा कारबाही गर्ने तयारी गरेको छ । नेपाल प्रहरीको उच्च नेतृत्वले निर्मला हत्याकाण्डमा संलग्न अपराधीको खोजी गर्न औपचारिक र अनौपचारिक टोलीहरु खटाए पनि ती टोलीले घटनाको भेउसमेत पाउन नसकेका प्रहरी स्रोतको कथन छ । औपचारिक रुपमा अनुसन्धान गरिरहेको कञ्चनपुर प्रहरी र प्रहरी प्रधान कार्यालयबाट घोषित अघोषित रुपमा खटाइएका अन्य टोली सबै रनभुल्लमा परेको अवस्था आएको सो स्रोतको ठम्याई छ । औपचारिक अनुसन्धानका लागि तोकिएका अनुसन्धान अधिकृत डिएसपी कृष्ण ओझाले सञ्चारमाध्यमलाई अनुसन्धान चलिरहेको जवाफ दिने गरेका भए पनि उनले घटना सम्बन्धमा कुनै नयाँ तथ्य फेला पार्न सकिरहेका छैनन् ।

प्रधान कार्यालयले खटाएकी एसपी दुर्गा सिंह चन्दले पनि हत्यारासम्म पुग्ने सूत्र नपाएको जानकारी प्राप्त भएको छ । वास्तविक बलात्कारी र हत्यारा पत्ता लगाउन चाहिने कुनै प्रमाण बाँकी नरहेका कारण प्रहरीले जनमतलाई आफ्नो पक्षमा पार्न बलात्कारी–हत्यारा पत्ता लगाउने भन्दा अनुसन्धानमा संलग्न प्रहरीलाई कारबाही गर्नेतर्फ आफ्नो ध्यान केन्द्रीत गरेको छ । निर्मलाको भजाइनल स्वाबमा बलात्कारीको डिएनए नै नपाइएको पनि संकेत प्राप्त भएको छ । बलात्कारीको डिएनए पाइए– नपाइएको बारेमा मानसखण्डले सोधेको प्रश्नमा अतिरिक्त महानिरीक्षक धिरु बस्न्यातले उत्तर दिन मानेनन् । यो प्रश्नको उत्तरले अनुसन्धानमा कुनै असर नपार्ने भए पनि एआइजी बस्न्यातले मुख खोलेनन् । बलात्कारीको डिएनए सुरक्षित नभएकै कारण प्रहरीले संदिग्घहरुको डिएनए परीक्षण गर्ने क्रम रोकेको बुझिएको छ । यसअघि प्रहरीले एसपी डिल्लीराज विष्ट समेत पाँचजनाको डिएनए परीक्षण गरेको थियो ।

त्यो जनआक्रोश शान्त पार्न प्रहरीले मञ्चन गरेको नाटक मात्रै भएको आशंका गरिएको छ । निर्मलाको स्वाबमा बलात्कारीको डिएनए भेटिएको भए प्रहरीले अन्य संदिग्घलाई पनि डिएनए परीक्षणको घेरामा तान्ने थियो । तर, अहिले प्रहरीका उच्च अधिकृतहरु स्वाब र त्यसमा पाइएको डिएनए बारे ठोस रुपमा बोल्न चाहदैनन । यसबाट केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको स्वाबमा बलात्कारीको डिएनए नपाइएको संकेत प्राप्त भएको हो । नयाँ तथ्य फेला पार्न नसकेका प्रहरी अनुसन्धानकर्ताहरु शव पाइएको स्थल उखुबारीमैं निर्मलाको बलात्कार र हत्या भएको निष्कर्षमा पुग्न थालेका देखिएको छ । शव पाइएको अघिल्लो दिन अर्थात् साउन १० मा घटनास्थल नजिकै दिउँसो करिब चार बजे निर्मलाको साइकल देखिएको भन्दै उनीहरु त्यस्तो निष्कर्ष दिन थालेको बताइएको छ । तर, उनीहरुले नभिजेका निर्मलाका कापीकिताब र पोष्टमार्टम रिपोर्टअनुसार निर्मलाको फोक्सोमा माटो र पानी नभेटिएको तथ्यतर्फ भने ध्यान दिइरहेको छैनन् । निर्मलाको बलात्कार र हत्या उखुबारीमैं भएको सावित गर्न केही अनलाइनमार्फत् समाचार प्रकाशन पनि गरिएका छन् ।

प्रहरीको गुटबन्दीमा सामेल पत्रकारहरुले आफू आवद्ध अनलाइनमा त्यस आशयका समाचार पनि लेखिरहेका छन् । निर्मला हत्याकाण्डको प्रारम्भिक अनुसन्धानमैं त्रुटी गरेको आरोपमा निलम्बित एसपी डिल्लीराज विष्ट र वडा प्रहरी कार्यालयका तत्कालिन इन्चार्ज जगदिश भट्टलाई प्रहरी प्रधान कार्यालयले वर्खास्त गर्न सिफारिस गरिसकेको छ । उनीहरुलाई गृहसचिवले केही दिनभित्रै वखाृस्त गर्ने सम्भावना छ ।विष्ट र भट्टबाहेकका निलम्बित प्रहरीलाई पनि वर्खास्त गर्न एआइजी धिरु बस्न्यातको छानविन समितिले सिफारिस गरेको जानकारी प्राप्त भएको छ । सिफारिस अनुसार अन्य प्रहरी पनि वर्खास्त हुने सम्भावना देखिएको छ ।

लालीगुरास बाट

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव : केही स्थानमा वर्षा र हिमपातको सम्भावना
आज मातातीर्थ औंशी : आमाप्रति सम्मान र स्मरणको विशेष दिन

ताजा

मेटाको निर्णयः ८ हजार कर्मचारी कटौती गर्दै एआईतर्फ केन्द्रित हुने

२०८३ साल तपाईको लागि यस्तो रहेको छ, हेर्नुहोस् वार्षिक राशिफल

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

कस्तो छ आजको मौसम पूर्वानुमान ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.