• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२९ बैशाख २०८३, मङ्गलबार
२९ बैशाख २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श
  • ९ घण्टा 

नेपाली बजारमा एमजी एस६ ईभी सार्वजनिक, कतिपर्छ मुल्य ?
  • ९ घण्टा 

जेएसडब्लुएमजी मोटर इन्डिया र गोल्छा अर्गनाइजेशनसँग साझेदारी विस्तार
  • ११ घण्टा 

मे इन्डल्जेन्स : रमादाबाई विन्धाम इटहरीद्वारा यस सिजनका उत्कृष्ट अफरहरू सार्वजनिक
  • १२ घण्टा 

२०८३ वैशाख ३० गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १३ घण्टा 

फोटोन नेपालको ‘कस्टमर मिट एण्ड ग्रिट’ : आफ्टर सेल्स सर्भिस र ईभीप्रतिको विश्वास बढाउने प्रयास
  • १३ घण्टा 

यती एअरलाईन्सको आईपीओ निष्काशनमा एनआइएमबि एस क्यापिटल नियुक्त
  • १४ घण्टा 

एसईई नतिजामा सुधार, कुन प्रदेशबाट कति विद्यार्थी उत्तीर्ण ?
  • १६ घण्टा 

कजारियाको नयाँ शोरुम अब हापुरे, दाङमा : प्रिमियम टायल कलेक्सनको शुभारम्भ
  • १७ घण्टा 

लोकप्रिय समाचार

  • १. अब कम्पनी दर्ता एक दिनमै, खारेजी पाँच दिनभित्र

  • २. २०८३ वैशाख २९ गते मंगलबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. डोंगफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन केन्द्रको स्थापना

  • ४. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ५. २०८३ वैशाख ३० गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ६. ट्रेकिङ अनुमति अब अनलाइनबाटै, सार्वजनिक बिदामा पनि सेवा

  • ७. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ८. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ९. शक्तिशाली प्रदर्शन र आकर्षक डिजाइनसहित रेडमी ए–सेवेन–प्रो सार्वजनिक

  • १०. एसईई २०८३ को नतिजाका लागि स्प्यारो एसएमएसको सेवा निरन्तर, ३५००१ बाट नतिजा हेर्न सकिने

स्वरोजगार कोष र राष्ट्रिय सतर्कता केन्द्रबीच आरोप–प्रत्यारोप

admin २०७५, कार्तिक, १७

युवा तथा साना व्यवसायी स्वरोजगार कोष र राष्ट्रिय सतर्कता केन्द्रबीच आरोप–प्रत्यारोप लगाइएको छ। कोषले २०७५ असोजसम्म लगानी गरेको ८ अर्ब रकममा ठूलो अनियमितता भएको केन्द्रको निष्कर्ष छ। केन्द्रले चार महिना लगाएर तयार गरेको प्रतिवेदनमा कोषको लगानी ‘बलुवा पानी’ भएको उल्लेख छ।

कोषले भने केन्द्रबाट खटिएका टोलीले स्थलगत अध्ययन नगरी सहकारी संस्थाले लगानी गरेको कर्जाग्राहीको विवरण उतारेर प्रतिवेदन बनाइएको आरोप लगाएको छ। कतिपय जिल्लामा केन्द्रको टोली स्थानीय सहकारी संस्थासम्म पनि नपुगी आफू बसेको होटलमै सहकारीका पदाधिकारीलाई बोलाएर व्यवसायीको विवरण बनाएको पाइएको कोषको दाबी छ।

केन्द्रले तयार पारेको प्रतिवेदनले व्यवसायीको यथार्थ अवस्था चित्रण गर्न नसकेको कोषका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद गौतमको भनाइ छ। लगानी कोषको उद्देश्य र निर्र्देशिकाअनुसार काम भइरहेको उनको दाबी छ। कोषले स्वरोजगारका नाममा खर्चेको ठूलो रकम अनियमितता भएको केन्द्रका सहायक प्रवक्ता डालनाथ अर्यालले अन्नपूर्णलाई बताए।केन्द्रको अनुसन्धानमा कोषबाट स्वरोजगार बनेको भनिएका व्यक्ति त्यसअघि व्यवसायमा आबद्ध रहेको पाइएको थियो। कोषले झूटो दाबी गरेकाले उसले खर्चेको अर्बौं रुपैयाँको खोजी आवश्यक रहेको अर्यालको भनाइ छ। कोषमा भएको अनियमिततासहितको विवरण प्रतिवदेन अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाएको छ।

कोषले उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्स र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)मार्फत सञ्चालन गरेका तालिम प्रभावकारी हुन नसकेपछि बन्द गरेको थियो। अहिले अभिमुखीकरण र अनुशिक्षण सञ्चालन गरिँदै आएको छ। तालिममा करोडौं खर्चिए पनि उपलब्धि शून्य भएको केन्द्रको प्रतिवेदनमा उल्लेख छ।‘करोडाैं रुपैयाँ खर्च भई उपलब्धि शून्य देखिएकाले तालिमको औचित्य पुष्टि हुन सकेन’, प्रतिवेदनमा भनिएको छ। कोषबाट तालिम सञ्चालन गर्न आव २०६५/६६ देखि २०६७/०६८ सम्म उद्योग वाणिज्य महासंघले १० करोड ८९ लाख ९८ हजार, नेपाल चेम्बर अफ कमर्सले ३८ लाख गरी ११ करोड २७ लाख ९८ हजार पेस्की लिएका थिए। पेस्कीमध्ये महासंघ र चेम्बर अफ कमर्सले ९ करोड ६८ लाख २६ हजार फस्र्योट गरिसकेको डा. कार्यकारी निर्देशक गौतमले बताए।

कोषले ७ अर्ब ७३ करोड ४ लाख २५ हजार लगानी गरेको छ। त्यसमध्ये हालसम्म ३ अर्ब ५९ करोड ३१ लख ३३ हजार असुली भएको छ। ४ अर्ब २२ करोड ७ लाख ४१ हजार लगानी भएको छ। यसमध्ये भाका नाघेको २७ करोड ५ लाख ६४ हजार असुल गर्न बाँकी छ। भाका नाघेको कर्जा असुल्ने काम भइरहेको कोषका सूचना अधिकारी सम्झना वाग्लेले बताइन्।
अन्नपूर्णपोष्टबाट

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मे इन्डल्जेन्स : रमादाबाई विन्धाम इटहरीद्वारा यस सिजनका उत्कृष्ट अफरहरू सार्वजनिक
माध्यमिक शिक्षा परीक्षाको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण
स्मार्ट होम एप्लायन्सेस विस्तार गर्दै सीजी मेरिडियाले सार्वजनिक गर्यो प्रिमियम ड्रिप कफी मेकर

ताजा

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

नेपाली बजारमा एमजी एस६ ईभी सार्वजनिक, कतिपर्छ मुल्य ?

जेएसडब्लुएमजी मोटर इन्डिया र गोल्छा अर्गनाइजेशनसँग साझेदारी विस्तार

मे इन्डल्जेन्स : रमादाबाई विन्धाम इटहरीद्वारा यस सिजनका उत्कृष्ट अफरहरू सार्वजनिक

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.