• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, पुष १२, २०८२
शनिबार, पुष १२, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण

१२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक

भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक

शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

नेपाल कम्युनिभर्सिटी र काठमाडौं विश्वविद्यालयको सहकार्यमा समुदायकेन्द्रित स्नातकोत्तर कार्यक्रम संचालन हुँदै

प्रसारण लाइनमुनिको जग्गा कित्ताकाट गर्न पाइने, नयाँ व्यवस्था लागू

सुन-चाँदीको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार?

२०८२ साल पौष ११ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

  • ७. शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

  • ८. ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ शुक्रबारबाट सुरु

  • ९. आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

  • १०. पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

स्वरोजगार कोष र राष्ट्रिय सतर्कता केन्द्रबीच आरोप–प्रत्यारोप

युवा तथा साना व्यवसायी स्वरोजगार कोष र राष्ट्रिय सतर्कता केन्द्रबीच आरोप–प्रत्यारोप लगाइएको छ। कोषले २०७५ असोजसम्म लगानी गरेको ८ अर्ब रकममा ठूलो अनियमितता भएको केन्द्रको निष्कर्ष छ। केन्द्रले चार महिना लगाएर तयार गरेको प्रतिवेदनमा कोषको लगानी ‘बलुवा पानी’ भएको उल्लेख छ।

कोषले भने केन्द्रबाट खटिएका टोलीले स्थलगत अध्ययन नगरी सहकारी संस्थाले लगानी गरेको कर्जाग्राहीको विवरण उतारेर प्रतिवेदन बनाइएको आरोप लगाएको छ। कतिपय जिल्लामा केन्द्रको टोली स्थानीय सहकारी संस्थासम्म पनि नपुगी आफू बसेको होटलमै सहकारीका पदाधिकारीलाई बोलाएर व्यवसायीको विवरण बनाएको पाइएको कोषको दाबी छ।

केन्द्रले तयार पारेको प्रतिवेदनले व्यवसायीको यथार्थ अवस्था चित्रण गर्न नसकेको कोषका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद गौतमको भनाइ छ। लगानी कोषको उद्देश्य र निर्र्देशिकाअनुसार काम भइरहेको उनको दाबी छ। कोषले स्वरोजगारका नाममा खर्चेको ठूलो रकम अनियमितता भएको केन्द्रका सहायक प्रवक्ता डालनाथ अर्यालले अन्नपूर्णलाई बताए।केन्द्रको अनुसन्धानमा कोषबाट स्वरोजगार बनेको भनिएका व्यक्ति त्यसअघि व्यवसायमा आबद्ध रहेको पाइएको थियो। कोषले झूटो दाबी गरेकाले उसले खर्चेको अर्बौं रुपैयाँको खोजी आवश्यक रहेको अर्यालको भनाइ छ। कोषमा भएको अनियमिततासहितको विवरण प्रतिवदेन अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाएको छ।

कोषले उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्स र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)मार्फत सञ्चालन गरेका तालिम प्रभावकारी हुन नसकेपछि बन्द गरेको थियो। अहिले अभिमुखीकरण र अनुशिक्षण सञ्चालन गरिँदै आएको छ। तालिममा करोडौं खर्चिए पनि उपलब्धि शून्य भएको केन्द्रको प्रतिवेदनमा उल्लेख छ।‘करोडाैं रुपैयाँ खर्च भई उपलब्धि शून्य देखिएकाले तालिमको औचित्य पुष्टि हुन सकेन’, प्रतिवेदनमा भनिएको छ। कोषबाट तालिम सञ्चालन गर्न आव २०६५/६६ देखि २०६७/०६८ सम्म उद्योग वाणिज्य महासंघले १० करोड ८९ लाख ९८ हजार, नेपाल चेम्बर अफ कमर्सले ३८ लाख गरी ११ करोड २७ लाख ९८ हजार पेस्की लिएका थिए। पेस्कीमध्ये महासंघ र चेम्बर अफ कमर्सले ९ करोड ६८ लाख २६ हजार फस्र्योट गरिसकेको डा. कार्यकारी निर्देशक गौतमले बताए।

कोषले ७ अर्ब ७३ करोड ४ लाख २५ हजार लगानी गरेको छ। त्यसमध्ये हालसम्म ३ अर्ब ५९ करोड ३१ लख ३३ हजार असुली भएको छ। ४ अर्ब २२ करोड ७ लाख ४१ हजार लगानी भएको छ। यसमध्ये भाका नाघेको २७ करोड ५ लाख ६४ हजार असुल गर्न बाँकी छ। भाका नाघेको कर्जा असुल्ने काम भइरहेको कोषका सूचना अधिकारी सम्झना वाग्लेले बताइन्।
अन्नपूर्णपोष्टबाट

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत
    नेपाल कम्युनिभर्सिटी र काठमाडौं विश्वविद्यालयको सहकार्यमा समुदायकेन्द्रित स्नातकोत्तर कार्यक्रम संचालन हुँदै
    प्रसारण लाइनमुनिको जग्गा कित्ताकाट गर्न पाइने, नयाँ व्यवस्था लागू

    लोकप्रिय

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण

    १२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक

    भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण
    • १२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक
    • भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक
    • शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.