११ जना बेचिए, १७ सय पीडित
जानकारी केन्द्र
२०७५, मंसिर, १२
काठमाण्डौ । पछिल्लो एक वर्षमा मात्र एक हजार ७ सय ४१ जना महिला हिंसाबाट पीडित भएको तथ्य सार्वजनिक भएको छ । त्यस्तै ११ चेली बेचिए भने हिंसा सहन नसकेर १० जनाले आत्महत्या गरेको पाइएको छ । यस्ता घटना न्यूनिकरणका लागि सरकारले प्रभावकारी उपस्थिती देखाउन सकेको छैन ।
महिला पुनस्थापना केन्द्रले गत जूनदेखि हालसम्म गरेको अध्ययन अनुसार सबैभन्दा बढी ११ सय ४० जनामाथि घरेलु हिंसा भएको छ भने १३० जनामाथि बलात्कार भएको छ । त्यस्तै ११ चेली बेचिए भने हिंसा सहन नसकेर १० जनाले आत्महत्या गरेको पाइएको छ ।आरेकले पछिल्लो एक वर्षका महिला हिंसाका घटनालाई समेटेर अन्वेषी नाम पुस्तक प्रकाशन गरेको छ । हिंसाबाट पीडित मध्ये पुस्तक अनुसार सबैभन्दा बढी हिंसा प्रदेश १ मा भएको छ ।
प्रदेश एकमा ५,९५ जना हिंसाबाट पीडित भएका छन् । प्रदेश २ मा ४,६२, ३ मा १,०५, ५ मा ४,१४, ७ मा १२७, र ६ मा २५ र ४ मा १३ वटा हिंसा भएको अनुसन्धानले देखाएको छ । आरेकले घरेलु, सामाजिक, औनिक हिंसा, बलात्कार, बेचविखन र ओसारपसार, हत्या, आत्महत्या र अन्य हिंसाको अध्ययन गरि प्रकाशन गरेको तथ्यांकलाई देशको पूर्ण विवरण मान्न त सकिँदैन तर, यसले समाजको चरित्रलाई यर्थाथ चित्रण गरेको छ ।
हिंसाको तथ्याङक एकमुस्ट रुपमा सार्वजनिक गर्ने सरकारको आधिकारिक निकाय नहुँदा वास्तविक तथ्य वाहिर आउन गाह्रो परिरहेको छ । यो वर्ष मात्र १३० जनामाथि बलात्कार भएको छ भने ३७ जनालाई बलात्कारको प्रयास गरिएको ओरेकको तथ्यांक देखाउँछ । प्रहरीको तथ्यांकअनुसार गत वर्ष १४ सय ८० जना महिला तथा बालिका बलात्कृत भएका थिए । चालु आर्थिक वर्ष सबैभन्दा बढी १६ वर्षभन्दा मुनिका ६३ प्रतिशत बालिका बलात्कृत भएका छन् भने ३६ वर्षभन्दा माथि उमेरका महिला ४ प्रतिशत रहेको छन् । पछिल्लो समय जनचेतना र संचारमाध्यमको पहुँच बढेकाले यस्ता घटना सार्वजनिक हुने क्रम बढेको नेपाल प्रहरी बताउँछ ।
महिला पुनस्थापना केन्द्रको तथ्यांकले भने ४६ प्रतिशत वलत्कारको घटना छिमेकीबाट हुने गरेको देखाउँछ । १६ प्रतिशत बलात्कार परिवारकै सदस्यबाट भएको छ । परिचितबाट ५ प्रतिशत बलात्कारका घटना भएका छन् ।उक्त तथ्यांकले ८८ प्रतशित त साक्षर महिला नै यौन शोषणमा परेको तथ्याङकले देखाएको छ । स्नातक तहभन्दामाथि अध्ययन गर्ने नै ८ प्रतिशत बलात्कृत भएका छन् ।
माध्यामिक तहमा अध्ययन गर्ने ४०१, स्नातक तह पढ्दै गरेका ५९ र स्नातकोत्तर तथा प्राविधि शिक्षा अध्ययन गरेका २१ जना महिलामाथि हिंसा भएको तथ्यांक छ । तथ्यांकअनुसार २९ प्रतिशत बलत्कारका घटना दिउँसो, २३ प्रतिशत राति र २१ प्रतिशत बिहान भएका छन् । सबैभन्दा बढी ६१ प्रतिशत बलात्कार विद्यार्थीमाथि भएको छ भने २२ प्रतिशत घरायसी काम गर्नेमाथि भएको छ । बलात्कृत हुने ४२ प्रतिशतलाई मानसिक र २१ प्रतिशतलाई शारिरिक असर परेको ओरेकको अध्ययनले देखाउँछ । शिक्षितमाथि नै हिंसा ७९ प्रतिशत हिंशा साक्षर महिलामाथि भएको अनुसन्धानले देखाएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
