निर्मला हत्या प्रकरण : रावलसँगको बयान सकियो, डीएनए रिपोर्ट आज आउने
जानकारी केन्द्र
२०७५, मंसिर, २१
प्रहरीले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका छिमेकी प्रदीप रावलसँग बयान लिएको छ । रावलले हत्यामा संलग्न रहेको साविती बयान दिएको प्रहरी स्रोतको दाबी छ ।
प्रहरी स्रोतका अनुसार काठमाडौंबाट पक्राउ परेका रावलले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) सँग हत्या स्वीकार गरेका हुन्। गएराति नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालको उपस्थितिमा भएको बयानमा रावलले घटना स्वीकार गरेको सीआईबी स्रोतले बताएको छ।
सीआईबीले रावलसँग राति १० बजेदेखि बिहान २ बजेसम्म बयान लिएको थियो। सोही क्रममा रावलले घटनामा आफ्नो संलग्नता स्वीकार गरेका हुन्। घटना स्वीकार गरेपछि प्रहरीले रावलको डीएनए परीक्षणका लागि प्रहरी प्रयोगशालामा पठाएको छ। यसको रिपोर्ट भने आउने बताइएको छ।
[su_youtube url=”https://youtu.be/wCccRc3sPvs” width=”920″ height=”880″]
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
