भारतका प्रख्यात गायक दुबईमा पक्राउ, ब्राजिलकी १७ वर्षकी किशोरीको यस्तो आरोप
जानकारी केन्द्र
२०७५, मंसिर, २१
काठमाडौँ (एजेन्सीको सहयोगमा) | बलिउडका चर्चित गायक मिका सिंहलाई दुबईको अबुधाबीमा प्रहरीले हिरासतमा लिएको छ । मिका सिंहलाई ब्राजिलकी एक १७ बर्षीय किशोरीले यौन शोषणको आरोप लगाएकी छिन् ।
ती युवतीले मिकालाई अश्लिल तस्बिरहरु पठाएको आरोप लगाएकी छिन् । साथै ति किशोरीले मीकालाई यौन शोषणको आरोप पनि लगाएकी छन् । आधिकारिक सूत्रले पताये अनुसार मिकालाई आइतवार अदालतमा पेस गरिनेछ । मीडिया रिपोर्टहरुको अनुसार मीकालाई दुबई पुलिसले हिरासत लिएको हो । उनलाई दुबईको मुरक्काबातको जेलमा राखिएको छ । मीका एक बलीवुड पर्फर्मेन्सको लागि दुबई गएका थिए ।
यो पनि स्मरण रहोस् कि मीकामाथि यस अघि पनि यस्तै आरोप लागेको थियो । २०१६ मा मुंबईकि एक मोडेलले मीकाबिरुद्ध यौन हिंशाको आरोप लगाएकि थिइन् । जवाफमा मीकाले ति युवतीलाई जबर्जस्ति अशुलीको आरोप लगाएका थिए । त्यस्तै दिल्लीमा एक कार्यक्रमको क्रममा एक डाक्टरमाथि हातपात गरेको कारण मिका पक्राउ परेका थिए ।
त्यस अघि पनि मीकालाई मुंबई हवाईअड्डाबाट अनुमति भन्दा बढी भारतीय र विदेशी पैसा लागेको मुद्धामा गिरफ्तार ग त्यस्तै २००६ मा अभिनेत्री राखी सावंतले मीका माथि उनको जन्मदिनमा जबर्जस्ति किस गरेको आरोप लगाएकी थिइन् । रिएको थियो ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
