• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०१ साउन २०८३, शुक्रबार
०१ साउन २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
  • २१ घण्टा 

२०८३ साउन २ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २२ घण्टा 

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो
  • २ दिन 

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन
  • २ दिन 

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार
  • २ दिन 

नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन
  • २ दिन 

साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
  • २ दिन 

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन
  • २ दिन 

देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना
  • २ दिन 

लोकप्रिय समाचार

  • १. २०८३ असार ३२ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • २. सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए

  • ३. टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

  • ४. ग्यास आपूर्तिमा सुधार, भोलिदेखि १४.२ केजीको फुल सिलिन्डर बिक्री सुरु

  • ५. स्विटजरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा, अब इंग्ल्याण्डसँग भिडने

  • ६. देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना

  • ७. देशभर मनसुनी वायूको प्रभाव : यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ८. फ्रान्सलाई स्तब्ध पार्दै फिफा विश्वकपको फाइनलमा स्पेन

  • ९. अमेरिकी डलर, युरो र पाउन्डको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमय दर कति ?

  • १०. यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल

कतारलाई आधा दर्जन देशले पनि झुकाउन सकेनन्, नाकाबन्दीपछी अर्थतन्त्र झनै सुदृढ

admin २०७५, मंसिर, २३

कपहिलो कुरा कतारलाई शक्तिशाली र प्रतिद्वंद्वी छिमेकी साऊदी अरबकोद्वीप बनाइदिने धम्कि, पुरा आर्थिक नाकाबन्दी र आफ्नो हवाई क्षेत्रमा पनि पुरै नाकाबन्दीकोबावजूद कतार कमजोर किन भएन ? दोश्रो कुरा यतिसम्म कि साऊदीको कुनै पनि रणनीतिले कतारलाई किन झुकाउनसकेन ? 

नाकाबन्दीको दौरानमा कतार अझै सुद्रिढ मात्र बनेन उसले मानव अधिकारको आफ्नो रेकर्ड समेत सुधार गरेको छ । २५ लाखको जनसंख्या भएको सानो देशले तेल निर्यातक देशहरुको समूह ओपेकबाट बाहिर निस्कने घोषणा गरेर साउदीलाई नै काउन्टर दियो ।

अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार कतारको अर्थ व्यवस्था २.६ प्रतिशतको वृद्धिदरले अगाडि बढिरहेको छ, जबकी सन् २०१७ मा यो वृद्धिदर २.१ प्रतिशत मात्रै थियो । यति मात्रै होइन, सन् २०१६ को तुलनामा देशको राजश्व घाटामा कमी आएको छ । फोब्र्सका अनुसार कतारको विदेशी मुद्रासञ्चिती २.९ अरब डलरबाट १७ अरब डलरसम्म पुगेको छ ।

कतारविरुद्ध साउदी अरबको नेतृत्वमा आधा दर्जन देश लागिपरेका छन् तर, उनीहरु कतारलाई झुकाउन असफल भए । विश्वको मानचित्रमा धेरै सानो देश कतारको क्षेत्रफल मात्रै ११ हजार ४३७ वर्ग किलोमिटर छ । यहाँको जनसंख्यामा ९० प्रतिशत आप्रवासी छन् ।

कतारमाथि साउदी अरबको नेतृत्वमा उसका सहयोगी देशहरु बहराइन, संयुक्त अरब इमिरेट्स र इजिप्टले आर्थिक र राजनीतिक प्रतिबन्ध लगाएका छन् । १८ महिनादेखि जारी नाकाबन्दी अन्त्यको कुनै सम्भावना देखिएको पनि छैन ।

सोमबार मात्रै उसले ओपेकबाट अलग हुने घोषणा गर्‍यो । अब गल्फ कर्पोरेशन काउन्सिल -जीसीसी) अर्थात खाडी सहयोग परिषद्बाट अलग हुने सम्भावना छ । 

आउँदो आइतबार अर्थात ९ डिसेम्बरबाट रियादमा जीसीसीको बैठक हुँदैछ छ । 

खाडी देशहरुबारे जानकारका अनुसार कतारले यदि यस्तो कदम उठाएमा उसलाई सबैतिरबाट एक्ल्याउने कोसिसमा जुटेको साउदी अरबलाई झनै गाह्रो हुन्छ । जीसीसीमा कतारमाथि आर्थिक प्रतिबन्ध लगाउने दुई देश साउदी अरब र युएई ठूला खेलाडी हुन् । जीसीसी अहिलेसम्म कतारमाथि लागेको आर्थिक नाकाबन्दीलाई सुल्झाउन असफल रहेको छ । त्यसैले जीसीसीको सीमाहरुको अनुमान लगाउन सकिन्छ ।

कतारका पूर्व प्रशासक शेख अब्दुल्ला बिन कासिम अल थानीले ओपेकको प्रयोग कतारको राष्ट्रिय हितलाई नोक्सान पुर्याउनको लागि गरिएको भन्दै टि्वट गरेका छन् । 

जिसिसी देशमा कतारलाई आर्थिक प्रतिबन्ध लगाउने ठुलो खेल साउदी र युएईले खेलेका हुन् ।  

जीसीसी, कतार र साऊदी अरब

यदि कतार यसबाट अलग भयो भने दोहाले अरब देशहरुको एकजुटतालाई खोक्रो बनाइरहेको साउदी अरब र युएईको दाबीलाई बल मिल्नेछ । कतार यदि जिसीसीमा रहिरहृयो भने साउदी अरब र युएईलाई आर्थिक नाकाबन्दी अन्त्य गर्न दबाव बढ्छ ।

हुन सक्छ, साउदी अरब र युएई कुनै न कुनै तरिका लगाएर कतारलाई जिसीसीबाट बाहिर निकाल्न चाहन्छन् । तर, यसको लागि उनीहरुले कुवेत, ओमान र बहराइनलाई मनाउन पर्छ । यी देशहरुमा बहराइनले त साउदी अरबलाई धेरैपटक साथ दिँदै आइरहेको छ तर, कुवेत र ओमान अहिलेसम्म साउदी अरबको आर्थिक नाकाबन्दीमा दृढतापूर्वक तटस्थ छन् । कुवेतले त लामो समयदेखि चलिआएको खाडी देशको यो संकटलाई आउँदो साता हुने जीसीसीको बैठकमा सुल्झाउने कोशिस गर्नेसम्म बताएको छ ।

यति मात्रै होइन यदि जिसीसीबाट कतारलाई अलग गर्ने कोशिश भएमा अमेरिकाले पनि यसलाई मन पराउँदैन । ईरानसँग चिसिएको सम्बन्धका कारण अमेरिका अन्य अरब देशहरुमा एकता कायम होस् भन्ने चाहन्छ । ट्रम्प प्रशासन कतारसँग साउदी अरबको सम्बन्ध सुध्रिएको हेर्न चाहन्छ । अर्कोतिर जीसीसीमा कतार रहिरहनाले साउदी अरबको टाउको दुखिरहन्छ । त्यसैले कतार यो परिषदमा रहिरहन यति नै काफी छ ।

साउदीसँग किन टाढियो कतार

जानकारहरुले २०१७ जुनमा साउदी अरबसमेत ६ देशहरु इजिप्ट, बहराइन, यमन, लिबिया र युएईसँग कतारको राजनीतिक सम्बन्ध टुट्नुमा क्षेत्रीय र ऐतिहासिक कारणलाई जिम्मेवार मानेका छन् ।

वास्तवमा कतार ५५ वर्ष बेलायतको संरक्षणमा रहृयो र सन् १९७१ मा उसले छुट्टै देशको रुपमा अस्तित्वमा आउनु अगाडि युएईको एक हिस्सा बन्नबाट अस्विकार गर्‍यो । यसपछि विभिन्न समयमा कतारलाई आतंकवादी समूहहरुलाई समर्थन गरेको आरोप लागिरहृयो जसलाई उसले अस्विकार गर्दै आएको छ ।

यहाँ १९ औं शताब्दीको मध्येदेखि नै अल थानी परिवारको शासन छ । सन् २०१३ मा आफ्नो पिता शेख हमत बिन खालीफा अल थानीले गद्दी छोडेपछि अमिर शेख तमीम बिन थानीले सत्ता सम्हालेका थिए ।

र अन्य खाडी देशहरुको बीच तनावको सुरुवात त्यतिखेर भयो जब इजिप्टका राष्ट्रपति मोहम्मद मोर्सीलाई सेनाले सन् २०१३ मा पदबाट हटाइदिएको थियो । साउदी सरकार सञ्चालित मिडियामा कैयौंपटक इजिप्टका मुस्लिम ब्रदरहुडको लागि कतारको कथित समर्थनलाई लिएर असन्तोषको खबर आइरहृयो ।

मोहम्मद मोर्सी हिजबुल्लाको सदस्य थिए जसलाई कैयौं अरब देशहरुले आतंकवादी संगठन मान्छन् । सन् २०१४ मा साउदी अरब, बहराइन र संयुक्त अरब इमिरेट्सले कतारमाथि उनीहरुको आन्तरिक मामिलामा हस्तक्षेप गरेको आरोप लगाउँदै आफ्नो राजदूत फिर्ता बोलाए । इजिप्टले यसभन्दा पहिले नै अल जजिरामाथि आतंकवाद भड्काएको र झुटो खबर बनाएको आरोप लगाएको थियो ।

कतारसँग छ तेल र ग्यासको तागत

ईरान र रुसपछि कतार विश्वको तेस्रो सबैभन्दा ठूलो प्राकृतिक ग्यास भण्डार भएको देश हो । कतारसँग पेट्रोलियमको पनि विशाल भण्डार छ ।

साउदी अरबले कतारमाथि नाकाबन्दी लगाए पनि कतारको तागत अरु अरब देशहरु भन्दा धेरै छ । तेल र ग्यास बिक्रिबाट प्राप्त हुने ठूलो धनराशी कतारले विश्वका अन्य देशमा समेत लगानी गरेको छ ।

न्यूयोर्कको इम्पायर स्टेट बिल्डिङ, लण्डनको सबैभन्दा अग्लो टावर ‘द शार्ड’ र अन्य विभिन्न कम्पनीहरुमा कतारका सुल्तानको ठूलो सेयर छ । यस बाहेक विश्वका कैयौं ठूला कम्पनीहरुमा कतारको सेयर छ ।

राजनीतिक शक्ति

अन्तराष्ट्रिय राजनीतिक मोर्चामा कतारको तागतको कुरा गर्ने हो भने सुडानको डार्फरमा शान्ति प्रयासमा उसले मध्यस्थताको भूमिका निभाइसकेको छ । प्यालेस्टिनी गुटहरुमा पनि उसले आफ्नो भूमिका देखाएको छ ।

अफगान र तालिबानबीच शान्तिवार्तामा पनि कतार मध्यस्थकर्ताको भूमिकामा थियो । अल जजिरा कतारी टेलिभिजिन नेटवर्क हो जसले अरब दुनियामा समाचार प्रस्तुत गर्ने तरिकामा क्रान्तिकारी परिवर्तन ल्यायो । यसैको कारणले उसले विश्वभरमा आफ्नो बेग्लै स्थान बनाएको छ ।

कतार एयरवेजलाई विश्वकै उत्कृष्ट एयरलाइन्स मानिन्छ । सन् २०२२ को फुटबल विश्वकप पनि यहाँ आयोजना हुँदैछ । कतार अरब दुनियाँको पहिलो देश हो, जसले विश्वकप फुटबलको आयोजना गर्दैछ । हुन त रंगशाला निर्माण कार्यमा विदेशी कामदारको शोषणको खबर पनि लगातार आइरहेको छ ।

साउदीले नाकाबन्दी गरेको एक महिनापछि कतारका अर्थमन्त्री अली शरीफ अलईमादीले उनको देशमा असीमित धनदौलत भएको कारण छिमेकीहरुले रिस गरेको बताएका थिए ।

विश्वमा सबैभन्दा धेरै प्रतिव्यक्ति आय कतारी नागरिकहरुको छ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको नजरमा कतार प्रतिव्यक्ति जिडिपीको मामिलामा पहिलो नम्बरमा छ । धेरै मानिसहरुको भनाइ छ कि कतार यो नाकाबन्दीको कारण अझै मजबुत भएको छ किनकी उसले पुरै ध्यान अन्तराष्ट्रिय लगानीमा लगाएको छ ।

साउदी अरबलाई अमेरिकाको साथ

इस्तानबुलस्थित साउदी दूतावासमा २ अक्टोबरमा पत्रकार जमाल खसोग्गीको हत्यापछि साउदी अरबको अन्तराष्ट्रिय स्तरमा आलोचना भइरहेको छ । उसलाई हरेक मोर्चामा साथ दिइरहेको अमेरिकाको ट्रम्प प्रशासनमाथि पनि धेरै दबाव बढिरहेको छ । तर, यो सबैको बाबजुद पनि ट्रम्पले ईरानविरुद्ध अमेरिकी लडाईंमा साउदी अरबलाई महत्वपूर्ण सहयोगी मानेका छन् ।

साउदी अरबमा विश्वको कुल तेल भण्डारको १८ प्रतिशत पेट्रोलियम रहेकाले ट्रम्पले साउदीलाई साथ दिइरहेका हुन् । त्यस्तै साउदीले अमेरिकामा ठूलो लगानी गरेको छ र अमेरिकी हतियार खरिद गर्ने सम्झौता पनि गरेको छ ।

विश्वभरमा हतियारहरुको सबैभन्दा ठूलो बिक्रेता अमेरिका हो । अमेरिकाले आफूले बेच्ने मध्येको आधा हतियार मध्यपूर्वमा मात्रै बेच्छ । साउदी अरबले अमेरिकी हतियारहरु मध्यपूर्वको अरु देशले भन्दा धेरै किन्ने गर्छ । विश्वभरमा बेचिने हतियारको १० प्रतिशत उसले किन्छ ।

खसोग्गीको हत्यापछि पछिल्लो केही दिनमा अमेरिकी राष्ट्रपति ट्रम्पलाई साउदी राजकुमार सलमानसँग दुरी बनाउने दबाव बढे पनि साउदी अरबप्रतिको उनको प्रेम करोडौं डलरको लगानीको कारणले डग्मगाएको छैन । साउदी अरब जसरी ट्रम्पसँग पाइलामा पाइला मिलाउँदै हिँडिरहेको छ त्यसले कतै कतार-साउदी संघर्ष कतार-अमेरिका संघर्षमा त बदलिने होइन भन्ने आशंका पनि उब्जाएको छ । यदि यस्तो भएमा कतारमा अमेरिकाको १० हजार नौसैनिक सहितको सैन्य बेस के होला ? जुन सैन्य बेसलाई अमेरिकाले सन् २००३ मा इराक हमलाको लागि प्रयोग गरेको थियो ।

बिबिसी हिन्दीबाट

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना

ताजा

देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ साउन २ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.