• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०६ साउन २०८३, बुधबार
०६ साउन २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते हुने, गोल्छा ग्रुपसँग सम्झौता नवीकरण
  • १३ घण्टा 

मनसुनमा लुगा सुकाउने झन्झट अन्त्य गर्दै सिजी मेरिडियाले ल्यायो अत्याधुनिक ‘वाशर ड्रायर’
  • १३ घण्टा 

नबिल बैंक युरोमनी अवार्डस् फर एक्सिलेन्स २०२६ मा नेपाल्स बेस्ट बैंक सहित तीन प्रतिष्ठित अवार्डबाट सम्मानित
  • १४ घण्टा 

सांग्रिला डेभलपमेन्ट बैंकको नाफामा ४७ प्रतिशत वृद्धि, ८९ करोड पुग्यो खुद नाफा
  • १५ घण्टा 

आकार फाउन्डेसनद्वारा समावेशी जीविकोपार्जनका लागि अटिजम भएका युवाहरूको पहिलो ब्लक प्रिन्टिङ तालिम सम्पन्न
  • १६ घण्टा 

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
  • १६ घण्टा 

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
  • १९ घण्टा 

विद्युत् व्यापारमा नेपालको कीर्तिमान, निर्यातबाट २९ अर्ब आम्दानी र १८.७६ अर्ब खुद बचत
  • १९ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १९ घण्टा 

लोकप्रिय समाचार

  • १. प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग सकारात्मक सहमति

  • २. अर्जेन्टिनाका लागि ‘अनलक्की रेफ्री’ ले खेलाउँदै छन् विश्वकप फाइनल

  • ३. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • ४. दक्षिण कोरियामा रोजगारीका लागि भाषा परीक्षाको आवेदन खुल्यो, ७ हजार २ सय जनाको माग

  • ५. २०८३ साउन १ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ६. राष्ट्र बैंकले बजारबाट १ खर्ब रुपैयाँ तरलता तान्दै, ८३ दिनका लागि निक्षेप सङ्कलन गर्ने

  • ७. फाइनल अघि मेस्सीको सन्देश, ‘अर्जेन्टिनाले यस्तो कथा लेखिसकेको छ, जुन कहिल्यै बिर्सन सकिदैन्’

  • ८. आकार फाउन्डेसनद्वारा समावेशी जीविकोपार्जनका लागि अटिजम भएका युवाहरूको पहिलो ब्लक प्रिन्टिङ तालिम सम्पन्न

  • ९. चीनमा ‘डेलिभरी ब्वाई’ ले पाए सबैभन्दा ठूलो साहित्यिक सम्मान

  • १०. देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना

गाउँपालिकाले खोले तरकारी बिक्री केन्द्र

admin २०७५, मंसिर, २४

पोखरा। स्याङ्जाको फेदीखोला र आँधिखोला गाउँपालिकाका किसानले उत्पादन गरेको कृषि उपज अब सिधै पोखरेली बजारमा जाने भएको छ ।

गाउँपालिकाले कृषि उपज बिक्रि वितरणको लागि व्यवस्था मिलाउन पोखराको बिरौटामा तरकारी संकलन तथा बिक्री केन्द्र सोमबारदेखि सञ्चालनमा ल्याए पश्चात उक्त गाउँपालिकामा उत्पादित कृषि उपज सिधै पोखरको बजारमा जाने भएको हो।

‘गाउँका अर्गा्निक तरकारी सिधैं पोखरा ल्याएर संकलन तथा बिक्रीको व्यवस्था गाउँपालिकाले जिम्मा लिएको छ,’ आँधिखोला गाउँपालिका अध्यक्ष सुधीर पौडेलले भने, ‘अब किसानले तरकारी नबिक्ने कुनै चिन्ता हुने छैन, मूल्यका हिसाबले पनि किसानले बढी मूल्य प्राप्त गर्नेछन् ।’

अहिले गाउँपालिकाले सहकारीमार्फत गाउँका तरकारी संकलन गरी पोखरा ल्याउने र त्यसको बिक्रीको व्यवस्था गर्ने काम गरेको छ ।

गाउँपालिकाले गाडी अहिले भाडा लिएर तरकारी पोखरा र्पुयाउने व्यवस्था मिलाएको फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए । ‘हाम्रा गाउँपालिका तरकारी पोखरासम्म ल्याउने र यहाँबाट अन्य ठाउँमा पनि र्पुयाउने व्यवस्था मिलाएका छौं,’ अध्यक्ष सुवेदीले भने, ‘यसले किसानलाई उत्साह बढाएको छ भने तरकारी नबिक्ने चिन्ता हटाएको छ ।’

फेदीखोलाको सर्केटारी र आँधिखोलाको सेती दोभानमा तरकारी संकलन गरी पोखरा ल्याउने व्यवस्था मिलाइएको छ । यी दुई गाउँपालिकाको मुख्य व्यापारिक बजार नै पोखरा हो ।

दुई गाउँपालिकाले पोखरा बिरौटामा सटर भाडामा लिएर तरकारी संकलन तथा बिक्री थालेको हो । सटरबाट उपभोक्ताले सिधै बारीबाट ल्याइएको ताजा तरकारी खान पाउने छन् । फेदीखोलाको २ र ४ अनि आँधिखोलाको ४ र २ नम्बर वडा तरकारी उत्पादनका हिसाबले अब्बल छन् ।

अब गाउँका तरकारीमात्रै नभएर सुन्तला, अदुवा, कफी पनि एकै ठाउँबाट बिक्री हुने भएपछि किसान उत्साहीत छन् ।

किसानलाई प्रोत्साहन र अनुदान दिँदै गाउँपालिका :

यी दुई गाउँपालिकाले तरकारी बिक्रीको व्यवस्थामात्रै मिलाएको छैन । किसानलाई प्रोत्साहनका कार्यक्रम पनि ल्याएको छ । कृषिलाई समृद्धिको आधार मान्ने हो भने किसान प्रोत्साहनका कार्यक्रम ल्याउनै पर्ने योजनाअनुसार अघि बढेको आँधिखोला गाउँपालिका अध्यक्ष सुधीर पौडेलले बताए ।

‘हामीले किसानलाई व्यावसायिक खेतीमा अनुदान प्रदान गर्नेदेखि बिऊ, प्राविधिक सहयोग र प्राविधिक उपकरण उपलब्ध गराउनेसम्मका काम गरिरहेका छौं,’ पौडेलले भने, ‘उत्कृष्ठ किसानलाई हामी सम्मान पनि गर्छाैं ।’

फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले जमिन बाँझो राख्नेलाई निरुत्साहित गर्दै जमिनको व्यावसायिक उपयोग गर्नेलाई सहयोग साथ दिने नीति लिइएको बताए । ‘किसानलाई प्रोत्साहनका विभिन्न कार्यक्रम त छँदै छन्, त्यो सँगै कुन ठाउँमा के खेती हुन्छ त्यसको पहिचान गरेर जोन निर्माण गर्ने प्रयत्नमा हामी छौं,’ सुवेदीले भने ।

प्रत्येक वडामा संकलन केन्द्रः कृषिमन्त्री थापा

गण्डकी प्रदेशका कृषिमन्त्री लेखबहादुर थापाले समृद्धिको प्रमुख आधारमा कृषिलाई राखेर सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याएको बताए । मन्त्री थापाले एक वडा एक कृषि उपज संकलन केन्द्र निर्माण गर्न प्रदेश सरकारले योजना अगाडि बढाइरहेको बताए ।

‘गण्डकी प्रदेशका सबै स्थानीय तहका प्रत्येक वडामा कृषि उपज संकलन केन्द्र निर्माण गरी बजारीकरणमा थप प्रोत्साहन गर्ने नीति सरकारले लिएको छ,’ मन्त्री थापाले भने, ‘स्थानीय तहको सहकार्यमा यो कार्यक्रम कार्यान्वयनको चरणमा छ ।’

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
देशभर मनसुनी वायूको प्रभाव कायमै : आज यी प्रदेशमा भारी बर्षाको पूर्वानुमान
रामादा बाई विन्धाम इटहरीद्वारा बोलबम यात्राका भक्तजनलाई विशेष सहयोगको घोषणा

ताजा

२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते हुने, गोल्छा ग्रुपसँग सम्झौता नवीकरण

मनसुनमा लुगा सुकाउने झन्झट अन्त्य गर्दै सिजी मेरिडियाले ल्यायो अत्याधुनिक ‘वाशर ड्रायर’

नबिल बैंक युरोमनी अवार्डस् फर एक्सिलेन्स २०२६ मा नेपाल्स बेस्ट बैंक सहित तीन प्रतिष्ठित अवार्डबाट सम्मानित

सांग्रिला डेभलपमेन्ट बैंकको नाफामा ४७ प्रतिशत वृद्धि, ८९ करोड पुग्यो खुद नाफा

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.