• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बुधबार, कार्तिक २७, २०८२
बुधबार, कार्तिक २७, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल कार्तिक २७ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

सोनापुर मिनरल एण्ड आयलले ८६ लाख बुझायो, जोडियो लाइन

पुँजी बजार दोहोरो अंकले घट्यो

गरिमा विकास बैंकको १९औं वार्षिकोत्सवको अवसरमा ‘गरिमा रोड रेस–२०८२’ आयोजना

एक्सपेङको फ्लाइङ कार ‘ल्यान्ड एअर क्राफ्ट क्यारीअर’ : मध्यपूर्वमा ६०० अर्डर सहित नयाँ विश्व कीर्तिमान

महालक्ष्मी विकास बैंक र दराज नेपालबीच ११.११ अभियानको लागि सहकार्य

नयाँ मतदाता दुई लाख नाघे, मंगलबार मात्रै २३ हजार थप

सुनको मूल्य प्रतितोला दुई हजार एक सय रुपैयाँले घट्यो,कतिमा हुँदैछ कारोबार ?

कुमारी बैंकले ल्यायो ग्रिन सेभिङ्गस डिपोजिट अकाउन्ट

लोकप्रिय समाचार

  • १. २०८२ साल कार्तिक २१ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल कार्तिक २६ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. कृषकका लागि सहज ऋण : कृषि विकास बैंकले ल्यायो ६.४९% ब्याजदरमा नयाँ योजना

  • ४. एनसेलका डेटा प्याक प्रयोगकर्ताहरुलाई मेटलाइफको बीमा सुरक्षा

  • ५. २०८२ साल कार्तिक २२ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ६. नोभेम्बर महिनामा कस्तो होला त तपाईको भाग्य ? हेर्नुहोस् राशिफल

  • ७. रवि र छविको मुद्दामा जिल्लाको फाईल झिकाउन आदेश

  • ८. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ९. जिली इएक्स ५ को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो : सुरक्षा र डिजाइनमा अन्तर्राष्ट्रिय पुरस्कार बटुल्दै

  • १०. बोस्च पावर टुल्स द्वारा दराजमा ११.११ अफर सार्वजनिक : १५% सम्म छुट, जर्मन इन्जिनियरिङ्ग मात्र रु ११ मा

गाउँपालिकाले खोले तरकारी बिक्री केन्द्र

पोखरा। स्याङ्जाको फेदीखोला र आँधिखोला गाउँपालिकाका किसानले उत्पादन गरेको कृषि उपज अब सिधै पोखरेली बजारमा जाने भएको छ ।

गाउँपालिकाले कृषि उपज बिक्रि वितरणको लागि व्यवस्था मिलाउन पोखराको बिरौटामा तरकारी संकलन तथा बिक्री केन्द्र सोमबारदेखि सञ्चालनमा ल्याए पश्चात उक्त गाउँपालिकामा उत्पादित कृषि उपज सिधै पोखरको बजारमा जाने भएको हो।

‘गाउँका अर्गा्निक तरकारी सिधैं पोखरा ल्याएर संकलन तथा बिक्रीको व्यवस्था गाउँपालिकाले जिम्मा लिएको छ,’ आँधिखोला गाउँपालिका अध्यक्ष सुधीर पौडेलले भने, ‘अब किसानले तरकारी नबिक्ने कुनै चिन्ता हुने छैन, मूल्यका हिसाबले पनि किसानले बढी मूल्य प्राप्त गर्नेछन् ।’

अहिले गाउँपालिकाले सहकारीमार्फत गाउँका तरकारी संकलन गरी पोखरा ल्याउने र त्यसको बिक्रीको व्यवस्था गर्ने काम गरेको छ ।

गाउँपालिकाले गाडी अहिले भाडा लिएर तरकारी पोखरा र्पुयाउने व्यवस्था मिलाएको फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए । ‘हाम्रा गाउँपालिका तरकारी पोखरासम्म ल्याउने र यहाँबाट अन्य ठाउँमा पनि र्पुयाउने व्यवस्था मिलाएका छौं,’ अध्यक्ष सुवेदीले भने, ‘यसले किसानलाई उत्साह बढाएको छ भने तरकारी नबिक्ने चिन्ता हटाएको छ ।’

फेदीखोलाको सर्केटारी र आँधिखोलाको सेती दोभानमा तरकारी संकलन गरी पोखरा ल्याउने व्यवस्था मिलाइएको छ । यी दुई गाउँपालिकाको मुख्य व्यापारिक बजार नै पोखरा हो ।

दुई गाउँपालिकाले पोखरा बिरौटामा सटर भाडामा लिएर तरकारी संकलन तथा बिक्री थालेको हो । सटरबाट उपभोक्ताले सिधै बारीबाट ल्याइएको ताजा तरकारी खान पाउने छन् । फेदीखोलाको २ र ४ अनि आँधिखोलाको ४ र २ नम्बर वडा तरकारी उत्पादनका हिसाबले अब्बल छन् ।

अब गाउँका तरकारीमात्रै नभएर सुन्तला, अदुवा, कफी पनि एकै ठाउँबाट बिक्री हुने भएपछि किसान उत्साहीत छन् ।

किसानलाई प्रोत्साहन र अनुदान दिँदै गाउँपालिका :

यी दुई गाउँपालिकाले तरकारी बिक्रीको व्यवस्थामात्रै मिलाएको छैन । किसानलाई प्रोत्साहनका कार्यक्रम पनि ल्याएको छ । कृषिलाई समृद्धिको आधार मान्ने हो भने किसान प्रोत्साहनका कार्यक्रम ल्याउनै पर्ने योजनाअनुसार अघि बढेको आँधिखोला गाउँपालिका अध्यक्ष सुधीर पौडेलले बताए ।

‘हामीले किसानलाई व्यावसायिक खेतीमा अनुदान प्रदान गर्नेदेखि बिऊ, प्राविधिक सहयोग र प्राविधिक उपकरण उपलब्ध गराउनेसम्मका काम गरिरहेका छौं,’ पौडेलले भने, ‘उत्कृष्ठ किसानलाई हामी सम्मान पनि गर्छाैं ।’

फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले जमिन बाँझो राख्नेलाई निरुत्साहित गर्दै जमिनको व्यावसायिक उपयोग गर्नेलाई सहयोग साथ दिने नीति लिइएको बताए । ‘किसानलाई प्रोत्साहनका विभिन्न कार्यक्रम त छँदै छन्, त्यो सँगै कुन ठाउँमा के खेती हुन्छ त्यसको पहिचान गरेर जोन निर्माण गर्ने प्रयत्नमा हामी छौं,’ सुवेदीले भने ।

प्रत्येक वडामा संकलन केन्द्रः कृषिमन्त्री थापा

गण्डकी प्रदेशका कृषिमन्त्री लेखबहादुर थापाले समृद्धिको प्रमुख आधारमा कृषिलाई राखेर सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याएको बताए । मन्त्री थापाले एक वडा एक कृषि उपज संकलन केन्द्र निर्माण गर्न प्रदेश सरकारले योजना अगाडि बढाइरहेको बताए ।

‘गण्डकी प्रदेशका सबै स्थानीय तहका प्रत्येक वडामा कृषि उपज संकलन केन्द्र निर्माण गरी बजारीकरणमा थप प्रोत्साहन गर्ने नीति सरकारले लिएको छ,’ मन्त्री थापाले भने, ‘स्थानीय तहको सहकार्यमा यो कार्यक्रम कार्यान्वयनको चरणमा छ ।’

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    महालक्ष्मी विकास बैंक र दराज नेपालबीच ११.११ अभियानको लागि सहकार्य
    नयाँ मतदाता दुई लाख नाघे, मंगलबार मात्रै २३ हजार थप
    यस्तो छ आजको मौसम पुर्वानुमान

    लोकप्रिय

    २०८२ साल कार्तिक २१ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक २६ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    कृषकका लागि सहज ऋण : कृषि विकास बैंकले ल्यायो ६.४९% ब्याजदरमा नयाँ योजना

    एनसेलका डेटा प्याक प्रयोगकर्ताहरुलाई मेटलाइफको बीमा सुरक्षा

    २०८२ साल कार्तिक २२ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    ताजा

    २०८२ साल कार्तिक २७ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    सोनापुर मिनरल एण्ड आयलले ८६ लाख बुझायो, जोडियो लाइन

    पुँजी बजार दोहोरो अंकले घट्यो

    गरिमा विकास बैंकको १९औं वार्षिकोत्सवको अवसरमा ‘गरिमा रोड रेस–२०८२’ आयोजना

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साल कार्तिक २७ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • सोनापुर मिनरल एण्ड आयलले ८६ लाख बुझायो, जोडियो लाइन
    • पुँजी बजार दोहोरो अंकले घट्यो
    • गरिमा विकास बैंकको १९औं वार्षिकोत्सवको अवसरमा ‘गरिमा रोड रेस–२०८२’ आयोजना
    • एक्सपेङको फ्लाइङ कार ‘ल्यान्ड एअर क्राफ्ट क्यारीअर’ : मध्यपूर्वमा ६०० अर्डर सहित नयाँ विश्व कीर्तिमान

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.