मलेसिया, दुबई, साउदी र कतारका ६५ कम्पनीमा कामदार पठाउन रोक
जानकारी केन्द्र
२०७५, मंसिर, २७
काठमाडौं । वैदेशिक रोजगार विभागले सम्झौताअनुसारको सेवा सुविधा उपलब्ध नगराउने विभिन्न देशका ६५ रोजगारदाता कम्पनीमा नेपाली कामदार पठाउन रोक लगाएको छ ।
मलेसियाका ५२, संयुक्त अरब इमिरेट्सको पाँच, साउदी अरेबियाको पाँच र कतारका तीन कम्पनीमा नेपाली कामदार पठाउन रोक लगाइएको विभागले जनाएको छ ।
कामदारलाई समयमै सेवा सुविधा नदिइएको, काम दिन नसक्दा श्रमिक अलपत्र भएको, कतिपय कम्पनीनै समस्याग्रस्त अवस्थामा रहेकाले ती कम्पनीमा कामदार पठाउन रोक लगाएको विभागका कम्युटर अधिकृत राजु श्रेष्ठले जानकारी दिनुभयो ।
कामदार पठाउन रोक लगाएसँगै अब ती कम्पनीबाट आउने मागपत्र सम्बन्धित देशका नियोगले प्रमाणीकरण गर्ने छैनन् भने विभागले पनि ती कम्पनीका लागि श्रम स्वीकृति जारी गर्ने छैन ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
