इन्जिनियरहरुको न्यूनतम पारिश्रमिक तोक्ने तयारी भैरहेको छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले देश निर्माणमा इन्जिनियरहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन् । नेपाल इन्जिनियर्स एशोसिएसनको अधिवेशनबाट विजयी भएकाहरुलाई बालुवाटारमा आज बधाइ दिंदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले सरकारले इन्जिनियरहरुको न्यूनतम पारिश्रमिक तोक्ने तयारी गरेको पनि जानकारी दिए । उनले भने, देश निर्माणका हरेक क्षेत्रमा महत्वपूर्ण भूमिका भएका इन्जिनियरहरुको न्यूनतम पारिश्रमिक तोक्न सरकार सकारात्मक छ, कोही बेरोजगार छ भन्दैमा उसलाई न्यून वेतनमा काम लगाउन पाइदैन । यो अवस्थाको अन्त्य गर्छौं ।”
उनले प्रगतिशिल इन्जिनियरस् एशोसिएसनले अध्यक्ष सहित बहुमत स्थानमा विजयी हासिल गरेकोमा बधाइ दिंदै यो विजयलाई देश निर्माणको डिजाइनमा उपयोग गर्नुपर्ने बताए ।
सरकारले ठिक ढंगले काम गरिरहेको पनि उनको दाबी छ । ओलीले थपे,“हामी समयलाई गाल्ने पक्षमा छैनौ, पाँच बर्षमा यसरी काम गर्छौं कि अर्को पटक दुई तिहाइ जनताले हामीलाई मत दिनेछन् ।”
कार्यक्रममा नेकपाका महासचिव विष्णु पौडेल, नेतृ पम्फा भुषाल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलगायतको उपस्थिति रहेको थियो ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
