मोबाइल ह्यांग हुन नदिइ फास्ट फास्ट बनाउन
एजेन्सी | तपाइले कहिल्यै याद गर्नुभएको छ? मोबाइल फोन नयाँ-नयाँमा एकदम छिटो र राम्रो संग चल्छ । तर किनेको केहि महिनामै फोन ढिलो चल्ने, ढिलो स्टार्ट हुने, फोन नै ह्यांग हुने र कहिले काहिँ फोन आफै रीस्टार्ट समेत हुने गर्दछ | मोबाइल ह्यांग कसरी गर्ने त ?
तरीका थाहा नभएकै कारण हामी ठगीरहेका हुन्छौ | अब ठगीबाट बच्नलाई तल दिएको टिप्सलाई अपनाउन सक्नु हुनेछ |यदि तपाइले निम्न लिखित टिप्स हरु लाई आफ्नो मोबाइलमा अपनाउनु हुन्छ भने तपाइको मोबाइल कहिल्यै ह्यांग हुदैन र साथ् साथै तपाइको मोबाइलको पर्फर्मेन्स पनि निकै गुणा बढेर जानेछ ।
फोनको यस्तो प्रकारको समस्यालाई हटाउनको लागि सबै भन्दा पहिला फोनको सेटिंगमा जानुहोस, त्यसपछि सबै भन्दा तल रहेको About Phone लेखिएको अप्सनमा क्लिक गर्नुहोस । त्यसपछि Build number लेखिएको अप्सनमा ६ देखि ७ पटक सम्म क्लिक गर्नुहोस ।
यसरी Build number लेखिएको अप्सनलाई ६ देखि ७ पटक सम्म क्लिक गर्नुभयो भने Developer Mode अन हुन्छ ।अब ब्याक जानुहोस र अघिको About Phone लेखिएको अप्सन भन्दा माथि Developer Mode भन्ने नयाँ अप्सन आइसकेको हुन्छ । त्यस Developer Mode अप्सनमा क्लिक गर्नुहोस ।
जब तपाइले Developer Mode मा क्लिक गर्नुहुन्छ । त्यसपछि धेरै अप्सनहरु भएको अर्को स्क्रिन देख्नुहुनेछ । अब त्यसमा Animator duration scale भन्ने अप्सन देख्नुहुन्छ । त्यस अप्सन(Animator duration scale) मा क्लिक गरि सबैभन्दा कम नम्बरमा क्लिक गर्नुहोस अथावा Animation is off. भन्ने अप्सनामा क्लिक गर्नुहोस ।
यस्तो गर्नाले तपाइको मोबाइल फोनको स्पिड बढ्नेछ । र मोबाइलको पर्फर्मेन्सम कुनै समस्या आउनेछैन र कहिल्यै ह्यांग पनि हुनेछैन ।
Developer Mode इनेबल गर्ने तरिकाहरु मोबाइलको कम्पनि अनुसार फरक फरक हुनसक्छ, जुन तल दिइएको छ
Stock Android: Settings > About phone > Build number
Samsung Galaxy S5: Settings > About device > Build number
LG G3: Settings > About phone > Software information > Build number
HTC One (M8): Settings > About > Software information > More > Build number
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा


