रहेनन “घाँस काट्ने खुर्केर…पिँढीमा बसेर .. लगायायत” चर्चित गित गाउने गायक बुद्धिकृष्ण लामिछाने
जानकारी केन्द्र
२०७५, पुष, १३
काठमाडौं– लोक गायक बुद्धिकृष्ण लामिछानेको निधन भएको छ । लामिछानेको शुक्रबार भक्तपुरस्थित चाँगुनारायण नगरपालिका ७ वागेश्वरीको आफ्नै निवासमा ६३ वर्षको उमेरमा निधन भएको हो ।
उनी लामो समयदेखि विभिन्न रोगबाट पीडित थिए । उनको उपचारमा सहयोग गरिरहेको विनयजंग बस्नेतले लामिछानेको शुक्रबार निधन भएको पुष्टि गरे ।
सहयोगी बस्नेतका अनुसार गायक लामिछाने प्यारालाइसिस, मृगौलालगायतका रोगबाट पीडित थिए । लामिछानेको शव श्रद्धाञ्जलीका लागि ४ घण्टा घरमा राखेर आजै अन्तयेष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ ।
लामिछानेका २ छोरा रहेका छन् । उनले वि.सं २०३६ सालदेखि रेडियो नेपालमा गीत गाउन थालेका थिए ।स्व.लमिछानेका घाँसै काट्ने खुर्केर, पिँढीमा बसेर मेरै बाटो हेरेर लगायतका लोकगीतहरु चर्चित छन् ।
स्रोतरातो पाटि
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
