अमेरिकामा नेपाली मूलका भारत्तोलक बाबुछोरालाई स्वर्ण तथा कास्य पदक
विजय थापा | अमेरिका | अमेरिकाको डिसी महानगर क्षेत्र बसोबास गर्दै आएका प्रसिद्ध भारत्तोलक रुप कार्कीलाई स्वर्ण पदक प्राप्त भएको छ भने उनका छोरालाई पनि भारत्तोलन प्रतियोगितामा कास्य पदक प्राप्त भएको छ । स्वर्ण पदक बिजेता रुप कार्कीले एक स्वर्ण पदक र अर्को कास्य पदक प्राप्त गरेका छन् भने रुप कार्कीका छोरा रुपेश कार्कीलाई कास्य पदक मात्र हासिल गरेका छन् ।
अमेरिकाको भर्जिनिया राज्यको मनासस शहरमा गत डिसेम्बर १५ मा सम्पन्न प्रतियोगितामा बुवा छोरा संगैले पदक घर ल्याएका छन् । पावर लिफ्टिंग युएसएपीएल नामक प्रतियोगितामा रुप कार्कीलेले आफ्नो वजन समूहमा प्रथम स्थान तथा खुला वर्ग प्रतियोगितामा कास्य पदकमा चित्त बुझाएका छन् । छोरा रुपेश कार्कीले कास्य पदक जित्न सफल भएकोमा निकै हर्षित भएका छन् । नले आफ्नो उमेर समूहमा पदक जितेका हुन् । भैरहवा स्थायी घर भएका रुप कार्की अमेरिका आएदेखि नै भारत्तोलनको नियमित प्रशिक्षणमा व्यस्त छन् ।
अमेरिकाको अति व्यस्त दैनिकीबाट समय निकालेर उनी विभिन्न प्रतियोगिताहरुमा सहभागी हुने गरेका छन । कार्की अन्तर्राष्ट्रिय ख्याती प्राप्त भारत्तोलक हुन् । छोरा रुपेश बाबुलाई पछ्याई रहेका छन् ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट

