सुन्तला किन्न बगानमै व्यापारी आएपछि तेह्रथुमका किसान दंग
तेह्रथुम : उत्पादन गरेको सामग्री बिक्री गर्न तेह्रथुममा बजारको समस्या छैन। गाउँगाउँसम्म सडक पुगेका छन्। सडक पुगेसँगै तराईका व्यापारीहरू गाउँबस्ती पुग्ने गरेका छन्। स्थानीय तथा जिल्ला बाहिरका व्यापारीहरू सुन्तला किन्नको लागि यतिबेला फेदाप गाउँपालिका ३, जलजलेमा पुगेका छन्। यस क्षेत्रमा उत्पादित सुन्तला रसिलो हुनुका साथै स्वादिलो भएको कारण बोटमै किन्न तराईका विभिन्न ठाउँबाट व्यापारीहरु आउने गरेका हुन्।
सुन्तला उत्पादनको लागि उर्बर रहेको जलजलेमा उत्पादित सुन्तला यस वर्ष बगैंचाबाटै बिक्री भएको जलजलेका सुन्तला उत्पादक कृषक दयाराम भट्टराईले बताए। पहिलेपहिले सुन्तला किन्ने ग्राहक खोज्नु प¥थ्यो तर आजकाल सुन्तलाको मौसममा व्यापारी आफैं सुन्तला खोज्दै बगैंचासम्म आउने गरेको उनको भनाइ छ। आफूले यस वर्ष करिब तीन लाख बराबरको सुन्तला बिक्री गरेको भट्टराईको भनाइ छ। विगत वर्षमा भन्दा यस वर्ष सुन्तलाको मूल्यमा बृद्धि भएको पाइएको छ। गत वर्षको तुलनामा उत्पादनमा गिरावट आएपछि सुन्तलाको भाउ बढेको हो। पहिलेका वर्षहरुमा मनग्गे उत्पादन दिएका बगानमै पनि यसपाली भने पातलो मात्रामा साना तथा मझौला आकारका मात्रै सुन्तला फलेको किसानले बताएका छन्। यो वर्ष ५० देखि ५५ रुपैयाँ थोक मूल्यमा कारोबार भइरहेको छ भने स्थानीय बजारमा प्रति केजी रु १ सय बीस रुपैयाँमा खुद्रा बिक्री भइरहेको छ। जिल्लाका सबै स्थानीय तहमा सुन्तला खेती हुने भए पनि फेदाप गाउँपालिकाको जलजले, आठराई गाउँपालिकाको छातेढुंगा, इवा, म्याङलुङ्ग नगरपालिकाको साव्ला, पिप्ले तथा छथर गाउँपालिकाको फाक्चामारालगायतका स्थानमा गुणस्तरीय सुन्तला उत्पादन हुने गरेको छ।
उन्नत जातको बेर्नाको अभाव, सिंचाइको कमी, माटोमा संक्रमण आदिका कारण बोट मर्न थालेपछि उत्पादन घटेको भन्दै माटो परीक्षण गरी भूगोल सुहाउँदो जातको सुन्तला रोप्ने साथै पानीको व्यवस्थापन गरिए उत्पादनमा बृद्धि गर्न सकिने अगुवा कृषकहरुको ठम्याइ छ। जिल्लाको १ हजार १३ हेक्टर जमिनमा सुन्तला खेती भइरहेको तथ्यांक छ। यहाँ उत्पादित सुन्तला जिल्लाका स्थानीय बजारमा केही खपत हुने र बाँकी पूर्वका धरान, इटहरी, विराटनगर, विर्तामोडलगायतका बजार हुँदै भारतसम्म निर्यात हुने गरेको छ। रोगको संक्रमणका कारण सुन्तलाको बोट सुक्ने र एँेजेरुको समस्या बढी देखिएको छ। सुन्तला खेतिलगाएका जिल्लाका अधिकांश क्षेत्रका किसानको भनाइ अनुसार यो वर्ष गत वर्षभन्दा कम मात्रामा सुन्तला फलेको छ। उत्पादन घटेपछि मूल्य भने बढेको आठराईका कृषक लक्ष्मी बाँस्कोटाले बताए।रु बताउँछन्।
थाहा खबर बाट
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
