• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२७ बैशाख २०८३, आइतबार
२७ बैशाख २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ वैशाख २९ गते मंगलबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ६ घण्टा 

एसईईको नतिजा आजै सार्वजनिक हुने
  • ६ घण्टा 

रोयल टुलिप काठमाडौंले आईपीओ निष्काशन गर्ने, नबिल इन्भेष्टमेण्ट बैंकिङसँग सम्झौता
  • ६ घण्टा 

गर्मीमा राहत दिने क्रम्टन सिलिङ फ्यानको बढ्दो आकर्षण
  • ७ घण्टा 

दृष्टीविहीनका लागि कामना सेवा विकास बैंकको समावेशी बैंकिङ पहल
  • ९ घण्टा 

आजदेखि सरकारी कार्यालयमा ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सुरु
  • १० घण्टा 

सुनको मूल्यमा गिरावट,चाँदीको मूल्य भने वृद्धि : कतिमा हुँदैछ कारोबार ?
  • १२ घण्टा 

पोखरामा जेसीबीको पश्चिम बजार विस्तार, १२ युनिट हस्तान्तरण
  • १२ घण्टा 

टर्किस एयरलाइन्सको जहाजमा आगलागीपछि अवरुद्ध त्रिभुवन विमानस्थल डेढ घण्टापछि पुन : सञ्चालनमा
  • १३ घण्टा 

लोकप्रिय समाचार

  • १. विभिन्न स्थानमा पहिरो, कतै यातायात ठप्प त कतै एकतर्फी सञ्चालनमा

  • २. वैशाख २९ भित्रै एसइई नतिजा सार्वजनिक हुने, बोर्डको अन्तिम तयारी पुरा

  • ३. ३२ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ

  • ४. आजदेखि सुदन किराती श्रम संस्कृति पार्टीका वरिष्ठ नेता

  • ५. दृष्टीविहीनका लागि कामना सेवा विकास बैंकको समावेशी बैंकिङ पहल

  • ६. टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

  • ७. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ८. बढ्दो तापक्रमलाई लक्षित गर्दै माइडियाको आधुनिक फ्यान नेपाली बजारमा

  • ९. नेपालमा स्मार्ट जीवनशैलीको नयाँ आयाम : सिजी डिजिटलले बदल्दै किनमेल अनुभव

  • १०. देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गरिने

फेरि रवि लामिछाने लाई फसाउने प्रयास, श्रीमान, म जीउँदै छु…

admin २०७५, पुष, २०

पटक पटक पत्रकार रवि लामिछाने लाई विभिन्न आरोप लगाउदै गलत सावित गर्ने दुस्साहस गर्दै केही मिडियामा भ्रामक समाचार सम्प्रेषण हुदा उनले स्पष्टीकरण दिनु परेको थियो । सृखलाबद्द रुपमा उनलाइ एक पछि अर्को आरोप लगाइ रहदा राम्रो काम गर्ने हरुले टिक्न गाह्रो हुने विश्लेषण गर्न थालिएको छ । यस पटक पनि उनलेे फेसबुकमा स्पष्टीकरण नै दिनु पर्ने अवश्था भएको भन्दै यस्तो स्टाट्स लेखेका छ्न

श्रीमान, म जीउँदै छु…
नचाहदा नचाहदैपनि आफ्नो ब्यक्तीगत कुरा गर्नु पर्यो। मलाई पाईलै पिच्छे लडाउन,देश बाटै निकाला गर्ने लगायतका प्रयास बिफल भएपछि अब मेरो निजि जिवनमा प्रवेश गर्ने प्रयास हुदै रहेछ। लामो समय सम्म बैचारिक लडाइ लड्दै अलग अलग बसेको र पछी कानुनी रुपमा नै अलग भएको मेरो बैवाहिक सम्बन्धलाई लिएर ठुलै खोजी चालिरहेको थाहा पाएपछि बाध्य भएर आफ्नो नितान्त निजि जीवन बारे लेख्न बाध्य भएको छु। मेरी पुर्व पत्नीलाई प्रयोग गरि मेरो वास्तविक रुप अर्कै हो भन्ने प्रमाणीत गर्न दिन रात लाग्नु हुने साथीहरुलाई मैले पहिलापनि भनेकै थिए कि टाईम खर्च गर्नै पर्दैन, सिधै मलाई सोध्नुहोस, मै बताईदिन्छु सबै कुरा। मलाई खोक्रो आदर्श र झुठो जिन्दगी बाच्नु छैन र म त्यति आदर्शवान मानिसपनि होइन। मैले करिब २४ वर्ष अगाडि सानै उमेरमा बिवाह गरेको थिए र हालसालै मेरो सम्बन्ध बिच्छेदपनि भैसकेको छ। तर बर्षौ सम्म मतभेद, अलग बसाइ र बोलचाल समेत नभएपछि राजी खुशीले आफ्ना सबै अधिकार लिएर म सङ सम्बन्ध बिच्छेद गरेकी पुर्व पत्निले आफू म बाट अन्यायमा परेको र मेरो कर्तुत सर्वजनिक गर्नु पर्यो भनेर केही पत्रकारलाई सम्झिछ्न।लगभग २४ वर्ष अघि भएको बिवाहमा आएका अनेकौं घुम्तीलाई बजारमा लिलाम गर्ने उनको मनशाय आफ्नै मगजको उपज हो वा कसैबाट प्रयोजित हो त्यो म जन्दिन तर कसै कसैले “रबिको कर्तुत” वा “रबिको असलीरुप” जस्ता शीर्षक “रेडि टु पब्लिस” अवस्थामा राखेको थाहा पाएकोले उहाँहरु सबैको काम सजिलो पार्दै म आफै आफ्ना कर्तुतहरु कबुल गर्दैछु।
अमेरिका मै छदा म परिवार भन्दा अलग बस्ने गर्थे।सम्बन्ध सुधार गर्ने मेरो बारम्बारको प्रयास असफल भएपछि म एक बिदेशी प्रेमिका सङपनि बसेको थिए ।६/७ वर्ष पुरानो यो घटनाको कारण उजागर गरेर म मेरा सन्तानको प्रतिष्ठामा ठेस पुर्याउन चाहन्न। मलाई त ब्यक्तीगत बिषयमा एक शब्दपनि बोल्न मन थिएन। र सम्भावत यो मेरो जिवनको पहिलो र अन्तिम स्तरहिन टिप्पणी वा Status हुनेछ। हेडलाईन नै हेरेर धारणा बनाउनेहरुले मलाई एक मिनेटमा नै ठुलै अपराधी बनाउनेछन। मान्छे दुनियाँसङ लड्न सक्छ तर आफन्त सङ सक्दैन। अमेरिका मै रहदा अलग बसेका हामी बिगत १० वर्ष देखि नै अलग छौ। कारण र घट्ना एउटा होइन अनेक छ्न।जति छ्न ती अत्यन्तै लाज मर्दा छन।ती बिदेशी मुलकी पुर्व प्रेमिका र मेरो बिचमा एक सन्तानपनि छ। यत्त्ति कुरा थाहा पाएर बाहिर ल्याउन न्वारन देखिको बल लाउनै पर्दैन। तर उनको र मेरो बाटो अलग भएको धेरै वर्ष भैसक्यो।हाम्रो सम्बब्ध लामो समय टिकेन। सबैको भाग्यमा माया र परिवार सुख लेखिएको हुदैन रहेछ। दुनियाँको घर मिलाउने मैले आफ्नो घर मिलाउने प्रयासमा के के मात्रै गरिन होला र।तर उनले हेर्दा मैले र मैले हेर्दा उनले बारम्बार आफ्नो त्यही गल्तीलाई निरन्तरता दियौ जुन गल्तीले सारा घटनाहरु घटे र हाम्रो बिवाह भएको वर्षहरु त बढे तर सम्बन्ध कहिलेपनि अघि बढेन। ज्यादै अप्रिय बिगतलाई टुंगोमा पुर्याउने अन्तिम उपाय कानुनी उपचार नै हो र हामिले वर्षौको अशान्ति र असन्तोषलाई सहमति मै टुंगोमा पुर्यायौ, परिवारका सदस्यको उपस्थितिमा, कानुन ब्यवसायीहरुको मद्दतमा, उनले भनेका हरेक शर्तहरुको पुरै पालना गरेर। ईजलासमा प्रस्तुत सम्बन्ध बिच्छेदको मिलापत्र हेर्दै न्यायाधीश श्रीमानले सोध्नुभयो, सबै कुरा आफ्नी श्रीमतीलाई दिनु भएछ, सन्तानको जिम्मापनि आफैले लिनु भएछ, अमेरिकामा उहाँहरु बस्ने घर र उहाँहरुको खर्चपनि तपाईं कै जिम्मामा लगाईएछ। अब तपाईं सङ के बाकी छ त? मैले जवाफ दिएको थिए, श्रीमान म जीउँदै छु।कुनै पत्रकारलाई म्यासेज मार्फत मेरि पुर्व पत्निले मलाई परिवारलाई रुवाएर भागेर नेपाल गएको भनेर लेखिएको र मेरो वास्तविक रुप देखीए जस्तो नभएको भनी लेखेर पठाएको थाहा पाए। बिहानै देखि केही पत्रकारहरुको फोन आउन शुरु भएको छ। उनको म्यासेज कुनैपनि समयमा सार्वजनिक हुने क्रममा छ। जिवनमा भएका घटनाहरु मात्र बताएर अतीतका कथा कहाँ पूरा हुन्छ्न र।अनेकौ घटना बिच २४ वर्ष बितेका हुन जसलाई खोतल्दा सन्तानको मानसिकतामा असर गर्दछ। पछिल्ला वर्षहरुमा पुर्व पत्नी सङ बोल चाल समेत नभएको अवस्थामा मैले एक्लै बस्ने वा उठेर फेरि हिड्ने भन्ने निर्णय गर्नु नै थियो। बाहिर को वाह वाही तर घर भित्रको एक्लोपनले म कयौ पटक बिरामी परे र झण्डै डिप्रेशन को शिकार नै भएको थिए। माया र बिश्वास बर्षौ सम्म मरेको सम्बन्धलाई सहमतिमा र अदालतबाटै टुंगो लगाएर गए पछि उनलाई मैले छ्ल गरेको कसरी लागेछ,म बुझ्न सकिरहेको छैन।अब मसङ बाकी रहेको थोरै नाम र इज्जत छ। त्यस्मापनि आँखा लागेछ। त्यसैले,आज त्यो पनि दिन चाहन्छु। मेरो “नकाब” उतार्न र आफ्ना कर्तुतहरु सर्वजनिक गरि मलाई सिध्याउन लागि पर्ने मित्रहरूलाई र पुर्व पत्नीलाई म आफै खुलेर सहयोग गर्न चाहन्छु। मन परेको हेडलाईन हालेर स्वाद अनुसारको मसला मोलेर पस्क्नुहोला। यति मै मेरा कर्तुतहरु सकिदैनन, बाकी सुन्न रिपोर्टर खटाउनै पर्दैन मै खुलासा गरिदिउला। दुर्गममा परिवारको बिचल्ली पारेर मानिस युरोप अमेरिका भागेका छन, मैले आफ्नी पुर्व पत्नी सहित, आफ्ना सन्तानलाई अमेरिका जस्तो देशमा (उनिहरु नेपाल आउन नमानेपछी) आफू नेपाल बसेर,सम्पुर्ण आफ्नो जायजेथा सुम्पेर,अझै अमेरिका बस्दाको पुरै ब्यवस्थापन यतिबेला सम्मपनि गर्दै आएको छु।अदालतमा न्यायाधीशका सामुन्ने राजी खुशीले, म सङ भएको र शायद भविष्यमा समेत हुन सक्ने सबै लिएर आफ्ना वकिल र उनका आफ्ना परिवारका सदस्यको रहोबरमा सम्बन्ध बिच्छेद गरेर अमेरिका गएकी उनलाई के अन्याय भो मैले बुझिन।अब म बर्षौको एक्लो जीवन र असफल सम्बन्धहरुबाट पाठ सिक्दै अघि बड्न चाहन्छु। कसैमाथी अन्याय नगरी म आफू माथीपनि न्याय गर्न चाहन्छु।म भागेको छैन,प्रत्यक मंगलबार बिहिवार र शनिबार राति ८:४५ मा news 24 टेलिभिजनमा प्रत्यक्ष आउछु।भोलि रातिपनि आउदैछु। सदाझै उहीँ जोश, उहीँ उमंगका साथ। श्रीमान, म जीउँदै छु।

रवि लामिछानेको फेसबुक बाट

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गर्मीमा राहत दिने क्रम्टन सिलिङ फ्यानको बढ्दो आकर्षण
आजदेखि सरकारी कार्यालयमा ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सुरु
टर्किस एयरलाइन्सको जहाजमा आगलागीपछि अवरुद्ध त्रिभुवन विमानस्थल डेढ घण्टापछि पुन : सञ्चालनमा

ताजा

२०८३ वैशाख २९ गते मंगलबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

एसईईको नतिजा आजै सार्वजनिक हुने

रोयल टुलिप काठमाडौंले आईपीओ निष्काशन गर्ने, नबिल इन्भेष्टमेण्ट बैंकिङसँग सम्झौता

गर्मीमा राहत दिने क्रम्टन सिलिङ फ्यानको बढ्दो आकर्षण

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.