Jankari Kendra
३० आश्विन २०८३, शुक्रबार

नवलपरासीमा विद्यालय जाँदै गरेकी छात्रा माथि चक्कु प्रहार

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७५, पुष, २६
नवलपरासीमा विद्यालय जाँदै गरेकी छात्रा माथि चक्कु प्रहार

रबिन्द्र यादव/नवलपरासी पश्चिम

२६ पुस/ नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका वडा नं ७ पिपरपाती- सुर्यपुरा सडक खण्डमा बिहीबार बिहान करिब ९ बजे एक छात्रा माथी चक्कु प्रहार भएको छ । चक्कु प्रहार बाट छात्रा सामान्य घाइते भएकी छिन । उक्त छात्राको दाहिने हात र निधारमा सामान्य चोट लागेको छ । अहिले छात्राको स्थानिय क्लिनिकमा उपचार भइरहेको परिवारले जनाएको छ । साइकल बाट विद्यालय जाँदै गरेकी अनिता केवट माथी उखुबारीमा कालो पट्टीले मुख बाधेर लुकेर बसेका तीन जनाको समुहले एक्कासि चक्कु प्रहार गरेको र जबर्जस्ती उखुबारीमा लग्न खोजिएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ । अहिले तिनै अज्ञात ब्यक्तिहरुको खोजि कार्य भइरहेको प्रहरीले जनाएको छ । घाइते छात्रा गणेश मावि जगर्नाथपुरको कक्षा ८ मा अध्यनरत छिन ।

Top Changing Nepal

युट्युब सट्स