नायिका वर्षालाई पवनले सिन्दुर हालेपछि (भिडियोसहित)
काठमाडौं, ९ माघ । गायक तथा संगीतकार कन्काइष्ट राईको आवाजमा रहेको नयाँ गीत ‘अरुकै सिन्दुरले सजिए पनि’ सार्वजनिक भएको छ । उक्त गीत ‘नशा’ एल्बमको शीर्ष गीत हो ।
गीतमा गीतकार नरेन्द्र खनालको एकल शब्द रचना तथा कन्काइष्ट राईको एकल स्वर तथा संगीत सिर्जना रहेको छ । निकेश खड्काको निर्देशन तथा बुद्ध थापाको छायाँकनमा निर्माण भएको उक्त भिडियोमा नायिका बर्षा सिवाकोटी, नायक पुष्प खड्का र पवन भट्टराइको अभिनय रहेको छ ।
गीतको भिडियोमा आफ्नो प्रेमीकाको अर्को ब्यक्तिसँग विवाह हुँदा प्रेमीको पीडालाई उतार्न खोजिएको छ । भर्जिन स्टुडियोमा रेकर्ड भएको उक्त गीतलाई महाराज थापाले एरेन्ज गरेका हुन् । सुवल थापाको उत्पादन र विकास धमलाको सम्पादन रहेको गीतलाई भर्खरै ओएसआर डिजिटल युटुव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
यसअघि चार वटा एकल एल्बम सार्वजनिक गरिसकेका राईका ‘तिमीले माया लाउँदा सरकार ढल्छ भने ढलोस्’, ‘मुटुभित्र देउन मलाई बास’ लगायतका गीतहरु लोकप्रिय भैसकेका छन् । राईले अहिलेसम्म करिब तीन सय भन्दा माथि गीतहरुमा आवाज तथा संगीत भरिसकेका छन् ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
