नर्भिक अस्पतालमा भर्ना भएका पूर्व युवराज पारसको स्वास्थ्य अवस्था
काठमाडौं, १५ माघ । हृदयाघात भएर नर्भिक अस्पताल भर्ना भएका पूर्वयुवराज पारस शाहको अवस्था आज पनि स्थिर र गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ ।
पूर्णतया बन्द रहेको उनको मुटु सोमबार एन्जियोप्लाष्टी गरी चलायमान गराइएको थियो । उनको उपचारमा चिकित्सकलाई ‘हाइ अलर्ट’ राखिएको छ । इसिजी, रगत लगायत धेरै टेस्ट भएका छन्, रिपोर्ट आउन बाँकी छ ।
शाह सोमबार सवा चार बजे नर्भिक अस्पताल भर्ना भएका थिए । उनलाई मेजर हार्टअट्याक भएको नर्भिकले जनाएको छ । शाहलाई यसअघि दुई पटक हृदयाघात भइसकेको थियो ।
एक वर्षयता पारसले मुटु रोगसम्बन्धी औषधी सेवन गरेका थिएनन् । सन् २००८ मा पारसको दायाँ कोरोनरी धमनीमा ब्लकेज भएपछि एन्जिओप्लास्टी गरेर ब्लकेज खोली स्टेन्ट हालिएको थियो।
थाइल्याण्डमा रहँदा पनि सन् २०१३ फेब्रुअरीमा पारसलाई हृदयघात भएको थियो । जुलाई २०१५ मा उनको बायाँतिरको धमनी (लेफ्ट एन्टेरियर डिसेन्डिङ) पनि ब्लकेज भएपछि नर्भिक अस्पतालमै भर्ना गरेर खुलाइएको थियो ।
ब्राइट नेपाल बाट
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण


