कांग्रेसको चर्को विरोधपछि मन्त्रिपरिषद्को बैठकले गर्यो यस्तो निर्णय
माघ १५, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको चर्को विरोधपछि सरकारले स्व. गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पताल संघीय सरकार मातहत ल्याउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले तनहुँमा रहेको गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास केन्द्र र बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई संघ मातहत ल्याउने निर्णय गरेको हो ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आइतवार साँझ भएको भेटवार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले कोइरालाको अस्पताल केन्द्र सरकार मातहत ल्याउने आश्वासन दिएका थिए । आफ्नो नेताको नामका अस्पताल खारेजीमा लैजाने तयारी गरेको भन्दै कांग्रेसले संसद बैठकमा अवरोध गर्दै आएको छ ।
दुवै अस्पताललाई संघ मातहत राखेर विकास समिति गठन गर्ने निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले बतायो ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण


