शिव परियारले पाए एक करोड
काठमाडौँ,१५ माघ । गायक शिव परियारको स्वर रहेको आधुनिक गीत ‘आँशुको अर्थ’ युट्युबको करोड क्लबमा प्रवेश गरेको छ ।गत बर्ष जनवरी ९ मा रिलिज भएको चर्चीत गीत ‘पिलायो साथीले’ यस अघिनै करोड क्लबमा प्रवेश गरी अझ्झ धेरै यूट्यूब भ्यूज पाउने क्रम जारी नै रहेकोे छ ।युट्युबमा रिलिज भएको एक बर्षमा गीतलाई १ करोड भन्दा धेरै पटक हेरिएको हो ।गीतले ५९ हजार लाइक्स प्राप्त गरेक्को छ भने ३ हजार ४ सय मात्रै डिस्लाइक्स पाएको छ ।गीतलाई २ हजार ८ सय बढी कम्नेट समेत मिलेको छ ।
पछिलो समय निकै चर्चामा रहेको “आँशुको अर्थ “गीतबाट गायक शिव परियार रेडियो कान्तिपुर द्वारा आयोजना गरिएको नेसनल म्युजिक अवार्ड २०७५ मा यस बर्षको सर्वोत्कृष्ट आधुनिक गायकको अवार्ड समेत जित्न सफल भएका छन् ।गीतलाई संचारकर्मी रबि अधिकारीले लेख्नु भएको हो भने संगीतकार टंक बुढाथोकिको संगीत रहेको छ ।रंगपत्रकरितामा आफ्नो भिन्दै पहिचान बनाउन सफल अधिकारी पछिल्लो समय गीत लेखन तथा चलचित्र निर्माण समेत आफुलाई प्रस्तुत गर्नु भएको छ ।गीतलाई एरेन्ज भने रिदम कंडेल ले गरेका हुन् ।
‘आँशुको अर्थ’ को भिडियोमा नायिका स्वस्तिमा खड्का र नायक आकाश श्रेष्ठको अभिनय रहेको छ । निकेश खड्काको निर्देशक रहेको यस भिडियोमा बुद्ध थापा को छायांकन र धमला बिकाशको सम्पादन रहेको छ । गायक शिव परियारलेको आफ्नै युट्युब च्यानल बाट सार्वजनिक गरिएको यस गीतलाई शिवले बजारमा आउन लागेको आफ्नो एघारौं सांगीतिक संग्रह ‘शिवालय’ मा समाबेश गरेका छन ।यस गीतलाई स्टुडियो साउन्ड मिल मा रेकड़िंग गरिएको हो भने महेश्वर मान राजभण्डारीले भने यस गीतलाई रेकर्डिङ ,मिक्सिंग ,मास्टरिङ गरेका हुन ।
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

