शिव परियारले पाए एक करोड
काठमाडौँ,१५ माघ । गायक शिव परियारको स्वर रहेको आधुनिक गीत ‘आँशुको अर्थ’ युट्युबको करोड क्लबमा प्रवेश गरेको छ ।गत बर्ष जनवरी ९ मा रिलिज भएको चर्चीत गीत ‘पिलायो साथीले’ यस अघिनै करोड क्लबमा प्रवेश गरी अझ्झ धेरै यूट्यूब भ्यूज पाउने क्रम जारी नै रहेकोे छ ।युट्युबमा रिलिज भएको एक बर्षमा गीतलाई १ करोड भन्दा धेरै पटक हेरिएको हो ।गीतले ५९ हजार लाइक्स प्राप्त गरेक्को छ भने ३ हजार ४ सय मात्रै डिस्लाइक्स पाएको छ ।गीतलाई २ हजार ८ सय बढी कम्नेट समेत मिलेको छ ।
पछिलो समय निकै चर्चामा रहेको “आँशुको अर्थ “गीतबाट गायक शिव परियार रेडियो कान्तिपुर द्वारा आयोजना गरिएको नेसनल म्युजिक अवार्ड २०७५ मा यस बर्षको सर्वोत्कृष्ट आधुनिक गायकको अवार्ड समेत जित्न सफल भएका छन् ।गीतलाई संचारकर्मी रबि अधिकारीले लेख्नु भएको हो भने संगीतकार टंक बुढाथोकिको संगीत रहेको छ ।रंगपत्रकरितामा आफ्नो भिन्दै पहिचान बनाउन सफल अधिकारी पछिल्लो समय गीत लेखन तथा चलचित्र निर्माण समेत आफुलाई प्रस्तुत गर्नु भएको छ ।गीतलाई एरेन्ज भने रिदम कंडेल ले गरेका हुन् ।
‘आँशुको अर्थ’ को भिडियोमा नायिका स्वस्तिमा खड्का र नायक आकाश श्रेष्ठको अभिनय रहेको छ । निकेश खड्काको निर्देशक रहेको यस भिडियोमा बुद्ध थापा को छायांकन र धमला बिकाशको सम्पादन रहेको छ । गायक शिव परियारलेको आफ्नै युट्युब च्यानल बाट सार्वजनिक गरिएको यस गीतलाई शिवले बजारमा आउन लागेको आफ्नो एघारौं सांगीतिक संग्रह ‘शिवालय’ मा समाबेश गरेका छन ।यस गीतलाई स्टुडियो साउन्ड मिल मा रेकड़िंग गरिएको हो भने महेश्वर मान राजभण्डारीले भने यस गीतलाई रेकर्डिङ ,मिक्सिंग ,मास्टरिङ गरेका हुन ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
