• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२८ असार २०८३, आइतबार
२८ असार २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

संस्कृति इन्टरनेशनल स्कुल र श्री पञ्चकन्या माविबीच सहकार्य,सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क फ्याब ल्याब कक्षा
  • २१ घण्टा 

नबिल बैँकको ४२ औँ वार्षिकोत्सव : “बैँकिङ एण्ड बियोन्ड” र एआइमार्फत भविष्यको नेतृत्व गर्ने प्रतिबद्धता
  • २२ घण्टा 

अमेरिकी डलर, युरो र पाउन्डको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • १ दिन 

स्विटजरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा, अब इंग्ल्याण्डसँग भिडने
  • १ दिन 

ग्राहकको अनुभवमा किन उपयूक्त छ बीएडब्लू ब्रुम्ली इलेक्ट्रिक कार ?
  • २ दिन 

टोयोटाको आधिकारिक डिलर अटोवेजद्वारा पोखरामा सेवा विस्तार, चितवनमा अत्याधुनिक थ्री-एस सुविधा सञ्चालन
  • २ दिन 

अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन
  • २ दिन 

देशभर मनसुनी वायूको प्रभाव : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना
  • २ दिन 

२०८३ असार २७ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. मोबाइल-कम्प्युटर धेरै चलाउनुहुन्छ ? आँखा जोगाउन ‘२०-२०-२०’ नियमबारे अवश्य जान्नुहोस्

  • २. २०८३ असार २३ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. इटहरीको हलगडामा नयाँ शोरूम उद्घाटनसँगै कोशी प्रदेशमा कजारिया रमेश टायल्सको बजार विस्तार

  • ४. वैज्ञानिकहरूले खोजे नयाँ जीव, जुन ‘शिशु शारीरिक’ संरचनामा नै हुन्थ्यो बुढो

  • ५. ट्रक व्यवसायी महासंघका अध्यक्ष बानियाँको सरकारसँग आग्रह : बीमा, ओभरलोड र ट्राफिक जरिवानाको नीतिको पुनरावलोकन गरियोस्

  • ६. एशियन बैंकिङ एन्ड फाइनान्सबाट नेपाल एसबिआई बैंकलाई चार अन्तर्राष्ट्रिय अवार्ड

  • ७. देशभर मनसुनी वायुको प्रभाव : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ८. पोर्चुगललाई स्तब्ध पार्दै स्पेन क्वाटर फाइनलमा प्रवेश

  • ९. २०८३ असार २६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • १०. अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले २० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै

जहाँ जागिर छोड्न मरेको नाटक गरिन्छ

admin २०७५, माघ, १५

फिलिप्पा फोगार्टी, बीबीसी । जागिर सबैले सजिलै पाउँदैनन्, तर केही मानिस भने जागिर पाउन होइन, छोड्नका लागि निकै कसरत गर्छन्, विभिन्न अचम्मका तरिकासमेत अपनाउँछन् । जागिरबाट छुटकारा पाउनका लागि केही मानिस त आफू मरेको झुटो खबरसमेत फैलाउन पछि पर्दैनन् । केही मानिसहरु आफ्ना बोससँग झुटो बोल्नका लागि मानिस भाडामा लिन्छन् । कोही भने केही नभनी अफिसबाट गायब हुन्छन् । तर यी तरिका कम जोखिमपूर्ण छैनन् । युइशिरो ओकाजाकी र तोशियुकी निनो जागिर छोड्न निकै माहिर छन् । गत १८ महिनामा उनीहरुले १५ सय जागिरबाट राजीनामा दिएका छन् । टोकियोमा बस्ने यो जोडीले आफूले गरिरहेको कामबाट राजीनामा दिएका भने होइनन् । उनीहरु एक स्टार्ट–अप चलाउँछन् जसले जागिर छोड्न छट्पटाइरहेका मानिसहरुको मद्दत गर्छ । ओकाजाकी भन्छन्, ‘धेरैजसो मानिसहरु आफ्नो बोससँग डराउँछन् । उनीहरुलाई राम्रोसँग थाहा छ कि उनीहरुका बोसले अस्विकार गर्नेछन् ।’

‘जापानको संस्कृति अनुसार कसैले काम छोड्नु निकै नराम्रो कुरा हो । जो व्यक्ति जागिर छोड्न चाहन्छन् उनीहरुलाई लाग्छ कि उनीहरु नराम्रा व्यक्ति हुन् ।’ एग्जिट नामको कम्पनी यस्तै मौकामा काम आउँछ । ५० हजार पाउन्ड (लगभग ५२ हजार रुपैयाँ) शुल्क लिएर यहाँका ‘एक्जिक्युटिभ’ आफ्ना ग्राहकको बोसलाई फोन गर्छन् र ग्राहकको तर्फबाट राजीनामा दिन्छन् । केही मामलामा त बारम्बार फोन गरिरहनुपर्छ । थुप्रै पटक कम्पनी एग्जिटसँग सम्झौता गर्न चाहँदैनन् र कर्मचारी आफैंले आफ्नो कुरा भनेर राजीनामा दिनुपर्ने बताउँछन् । जे जसरी भएपनि जब काम बन्छ तब ग्राहक चैनको सास फेर्छन् । ओकाजाकी भन्छन्, ‘एकपटक मेरा एक ग्राहकले मलाई ‘भगवान’ नै भने ।’ ‘ती व्यक्ति १० वर्षदेखि जागिर छोड्न चाहन्थे । त्यो कामबाट साँच्चै नै उनलाई ठूलो तनाव भइरहेको थियो ।’ ओकाजाकीका अनुसार जापानमा करिब ३० कम्पनीले यस्तो सुविधा दिइरहेको छ ।

जागिर छोड्ने दुविधाः
जापानमा परम्परागत रुपमा कर्मचारी आफ्नो पूरा जीवन एउटै कम्पनीमा काम गरेर बिताउँछन् तर हालैका वर्षमा मानिसहरु जागिर परिवर्तन गरिरहेका छन् । श्रमिकको घट्दो संख्याले जापानमा जागिर खोज्ने व्यक्तिको काम सजिलो बनाइदिएको छ । ओकाजाकी भन्छन्, ‘मानिसहरु परिवर्तन भइरहेका छन् तर संस्कृति जस्ताको तस्तै छ । साथै, कम्पनी पनि परिवर्तन भएका छैनन् । त्यसकारण मानिसहरुलाई हाम्रो आवश्यक पर्छ ।’

राजिनामा पत्र अरुको हातबाट दिइनु पक्कै पनि राम्रो कुरा होइन । तर जागिर कसरी छोड्ने त्यो दुविधा अत्यधिक मानिसमा हुन्छ । बोससँग कुरा गर्नु अहिले पनि सबैभन्दा लोकप्रिय विकल्प हो तर जागिर छोड्ने परिस्थितीमा धेरै कुरा निर्भर हुन्छन् । यदि तपाईंलाई जागिर मन परेको छैन र तपाईं जागिर छोड्ने विभिन्न तरिका अपनाउन चाहनुहुन्न जसका कारण यत्तिकै गायब हुनुभयो भने के हुन्छ ? अफिसमा यस्तो व्यवहारलाई घोस्टिङ ९नजयकतष्लन० भनिन्छ । यो शब्द डेटिङको दुनियाँबाट निस्किएको हो जसको अर्थ कुनै स्पष्टिकरण नदिई र कारण नदिई अचानक सबै सम्पर्क तोड्नु । अफिसमा कर्मचारीको यस्तो व्यवहार बढिरहेको छ । गत वर्ष अमेरिकी फेडरल रिजर्भ बैंले देशको आर्थिक स्थितीमा जारी आफ्नो रिपोर्ट (बेज बुक)मा यसबारे जानकारी दिएको थियो ।

जिनामा पत्र अरुको हातबाट दिइनु पक्कै पनि राम्रो कुरा होइन । तर जागिर कसरी छोड्ने त्यो दुविधा अत्यधिक मानिसमा हुन्छ । बोससँग कुरा गर्नु अहिले पनि सबैभन्दा लोकप्रिय विकल्प हो तर जागिर छोड्ने परिस्थितीमा धेरै कुरा निर्भर हुन्छन् । यदि तपाईंलाई जागिर मन परेको छैन र तपाईं जागिर छोड्ने विभिन्न तरिका अपनाउन चाहनुहुन्न जसका कारण यत्तिकै गायब हुनुभयो भने के हुन्छ ? अफिसमा यस्तो व्यवहारलाई घोस्टिङ ९नजयकतष्लन० भनिन्छ । यो शब्द डेटिङको दुनियाँबाट निस्किएको हो जसको अर्थ कुनै स्पष्टिकरण नदिई र कारण नदिई अचानक सबै सम्पर्क तोड्नु । अफिसमा कर्मचारीको यस्तो व्यवहार बढिरहेको छ । गत वर्ष अमेरिकी फेडरल रिजर्भ बैंले देशको आर्थिक स्थितीमा जारी आफ्नो रिपोर्ट (बेज बुक)मा यसबारे जानकारी दिएको थियो ।

मरेको बहानाः
अमेरिकाको भर्जिनियामा वेब डिजाइन कम्पनी चलाउने क्रिस योकोमाथि केही अचम्मको घटना भएको थियो । योकोले एक कन्ट्र्याक्टरलाई एक डिजिटल प्रोजेक्ट पूरा गर्ने काम दिएका थिए । योको भन्छन्, ‘ऊ राम्रै व्यक्ति लागिरहेको थियो । हामीले आफ्नो स्तरबाट उसलाई साधारण प्रोजेक्ट दिएका थियौं । उनी राजी पनि भएका थिए । तर थुप्रै दिन बिते तर उनले केही गरेनन् ।’ योकोले थुप्रै इमेल पठाए, कयौं पटक फोन पनि गरे तर कुनै जवाफ आएन । ती व्यक्ति प्रोजेक्टबारे मिटिङमा पनि आएनन् । अन्त्यमा, जब उनी पूर्ण रुपमा हराए तब त्यो काम अरु कसैलाई सुम्पिइयो । केही समयपछि एक व्यक्तिले इमेलमार्फत योकोलाई सम्पर्क गरेर आफूलाई कन्ट्र्याक्टरका साथी बताए । उनले कन्ट्र्याक्ट लिने व्यक्तिको एक कार दुर्घटनामा मृत्यु भएको बताए । शंका लागेपछि योकोले ती कन्ट्र्याक्टरको ट्वीटर अकाउन्ट हेरे । सोसल मिडियामा ती व्यक्ति जिउँदो थिए । एक पारिवारिक कार्यक्रममा सरिक हुनेबारे उनले एक आफन्तको ट्वीटको जवाफ पनि दिएका थिए । योको भन्छन्, ‘उनले हातमा ह्विस्की लिएको आफ्नो तस्बिर पनि हालेका थिए र लेखेका थिए, ‘म आइरहेको छु र सँगै यो पनि ल्याउँदैछु ।’ ‘मैले स्क्रिन सट लिएँ र इमेलमा त्यसलाई फरवर्ड गर्दै भने, ‘हेर, तिम्रो लागि राम्रो खबर छ । यस्तो लाग्छ कि उनी मोज गरिरहेका छन् ।’

अर्को जागिर पाएपछि पहिलो छोडिन्:
जागिर छोड्नका लागि मरेको बहाना गर्नु साँच्चै नै एक चरम उदाहरण हो । तर अफिसबाट यत्तिकै हिँड्नु र बोससँग सबै सम्पर्क तोड्ने चलन बढिरहेको छ । ब्रिटेनको रिटेल सेक्टरमा काम गर्ने एक म्यानेजर (जसले आफ्नो नाम बताउन चाहेनन्) ले कसैलाई नभनी जागिर छोडिदिइन् । उनको कन्ट्र्याक्टमा तीन महिनाको नोटिस पिरियड समाप्त गर्नुपर्ने शर्त थियो तर उनले पाएको नयाँ काममा उनी तुरुन्तै उपस्थित हुनुपर्ने बताइएको थियो त्यसकारण उनले आफ्नो पुरानो काम तत्काल छोडिदिइन् । यो उनको करियरको सुरुवातमा भएको थियो । त्यतिबेला मन्दी चलिरहेको थियो । उनका अनुसार बोससँगको सम्बन्धका कारण पनि धेरैले जागिर छोड्ने गर्छन् । कति कर्मचारीलाई आफ्नो बोससँगको सम्बन्ध असुरक्षित र अस्थिर लाग्छ । ‘मेरा केही साथीहरु थिए जसको जागिर वर्षको अन्त्यमा हुने समिक्षामा गुम्ने वाला थियो । उनीहरु कहिले पनि फिर्ता भएनन् किनभने उनीहरुलाई टिमले हटाइसकेका थिए ।’ उनी थप्छिन्, ‘तपाईं हेर्नुहोस् कि बोसहरु कति रुखो हुनसक्छन् । ’ सायद उनी सही भनिरहेकी छिन् । कर्मचारीहरु मात्र केही नभनी गायब हुँदैनन् । बोसहरुले कर्मचारीहरुले पठाएका आवेदनमा कुनै ध्यान नदिएको पनि हुनसक्छ । आमने–सामने अन्तरवार्तापछि थुप्रैले केही जवाफ नपाएका पनि हुनसक्छन् ।

बोसले जवाफ दिँदैनन्ः
एक व्यक्तिले बीबीसीलाई भने, ‘मलाई एक कम्पनीले रणनीतिक दस्तावेज लेखाए, लिखित परीक्षा लिए र तीन राउन्ड अन्तर्वार्ता पनि लिए, तर उनीहरुले मलाई बिर्सिए ।’ कर्मचारी भर्ती गर्ने कम्पनी म्यानपावर युकेका प्रबन्ध निर्देशक क्रिस ग्रे भन्छन्, ‘कर्मचारी वर्गले आफ्नो हिसाबले निर्णय लिनु विकसित देशमा जब मार्केट सुध्रिएको संकेत हो ।’ ‘अमेरिका र ब्रिटेनमा बेरोजगारी कम हुनुको अर्थ एक जागिर छोडेर अर्को जागिरमा जानु उनीहरुका लागि सजिलो भएको छ ।’ ग्रे मान्छन् कि यदि कोही कर्मचारी कतै लुकिदिए भने कसैले केही गर्न सक्दैन । ‘तपाईंले गायब भएका व्यक्तिलाई जागिरमा राख्न र काम सिकाउन निकै समय खर्च गर्नु भएको छ । अब तपाईं ती व्यक्तिलाई खोजी गरेर थप समय बर्बाद गर्न चाहनुहुन्नँ ।’ ग्रे यस्ता कुराको असरलाई कम गर्नका लागि ट्यालेन्ट पूल बनाउने सल्लाह दिन्छन् । उनका अनुसार जति सम्भव छ त्यति सम्बन्ध बनाउनुहोस् । आफ्नो आवश्यकता अघि नै मानिसलाई चिन्नुहोस् ।

‘बाई’ भनेर जानुहोस्ः
डेटिङको दुनियाँमा झैं काम गरिरहेको कम्पनीमा पनि छुट्टीने बेला ‘बाई’ नभनेका व्यक्तिलाई कसैले पनि राम्रो मान्दैन । अमेरिकामा रोजगारबारे सल्लाह दिने संस्था रोबर्ट हाफकी डिस्ट्रिक्ट प्रेसिडेन्ट डन फे यस्ता व्यवहारलाई अव्यवसायिक भन्छन् । ‘म कसैलाई पनि, चाहे बोस हुन् वा कर्मचारी, कसैलाई पनि केही नभनी गायब नहुन सल्लाह दिन्छु ।’ कोही व्यक्ति संघर्ष चाहँदैनन् र अरुलाई तल झार्न पनि चाहँदैनन्, जबकी कोही मानिसहरु लामो भर्ना प्रक्रियामा पनि रुची राख्दैनन् । कम्पनीले भर्ना प्रक्रिया छिटो बनाएर र आवेदकसँग स्पष्ट संवाद गरेर आफ्नो भागको काम गर्न सक्छ । तर घोस्टिङले तपाईंलाई समस्यामा पार्न सक्छ । ‘यो तपाईंको करियरलाई तनाव दिन फिर्ता आउन सक्छ ।’ ‘मानिसहरु कता जाँदैछन् र कहिले पनि चाँहिदैन भनिएका मानिसहरुसँग कहिले आमने–सामने हुन्छ भन्ने कसैलाई पनि थाहा हुँदैन त्यसकारण आफूलाई ‘प्रोफेशनल’ को रुपमा सम्हालेर राख्नुहोस्, चाहे जे सुकै होस् ।’

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर मनसुनी वायूको प्रभाव : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना
पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
इटहरीको हलगडामा नयाँ शोरूम उद्घाटनसँगै कोशी प्रदेशमा कजारिया रमेश टायल्सको बजार विस्तार

ताजा

संस्कृति इन्टरनेशनल स्कुल र श्री पञ्चकन्या माविबीच सहकार्य,सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क फ्याब ल्याब कक्षा

नबिल बैँकको ४२ औँ वार्षिकोत्सव : “बैँकिङ एण्ड बियोन्ड” र एआइमार्फत भविष्यको नेतृत्व गर्ने प्रतिबद्धता

अमेरिकी डलर, युरो र पाउन्डको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमय दर कति ?

स्विटजरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा, अब इंग्ल्याण्डसँग भिडने

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.