पाइप विस्फोटमा मृत्यु हुनेको सङ्ख्या १ सय १७ पुग्यो
मेक्सिको सिटी, | इन्धनको पाइप विस्फोटनमा परी मेक्सिकोमा मृत्यु हुनेको सङ्ख्या ११७ पुगेको छ । यही जनवरी १८ तारिखका दिन मेक्सिकोको हिडाल्गोमा भएको घटनामा परी मृत्यु हुनेको सङ्ख्या मङ्गलबारसम्म ११७ पुगेको सरकारी अधिकारीहरुले जनाएका छन् ।
उनीहरुले दिएको पछिल्लो जानकारी अनुसार मृत्यु भएका मध्ये ६८ जनाको घटनास्थलमै मृत्यु भएको हो भने ४९ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा परेकामध्ये अहिले पनि २७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको रोग नियन्त्रण राष्ट्रिय केन्द्रका महानिर्देशक रोए लोपेजले जानकारी दिनुभयो ।
घाइतेमध्ये १० जना अत्यन्त गम्भीर, १३ जना गम्भीर र अरु चार जनाको अवस्था सामान्य रहेको उहाँले बताउनुभयो । अघिल्लो शुक्रबार बेलुका ७ः०० बजे ट्लाहुलिपान नगरको सान प्रिमिटिभो क्षेत्रमा एउटा पाइपलाइन देखिएपछि त्यसैलाई छेडेर तेल जम्मा गर्ने क्रममा विस्फोटन भएको थियो । तेल केही मिटर माथिसम्म हावामा फोहराका रूपमा पाइपबाट बाहिर निस्किएको र यसैबाट तेल जम्मा गर्न भिड लागेको समयमा आगलागी हुँदा पाइपलाइन विस्फोट भएको बताइएको छ ।
अनुमतिविना नै पाइपलाई खोपेर स्थानीयले तेल जम्मा गर्ने लोभ गर्दा उक्त दुर्घटना भएको राज्य सञ्चालित पेट्रोल कम्पनीले जनाएको छ । मेक्सिकोमा यसअघि सन् २०१० मा भएको यस्तै विस्फोटनमा परी ३० जनाको ज्यान गएको थियो भने ५२ जना घाइते भएका थिए ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण


