उपत्यकासहित देशभर चिसो यस कारण बढ्यो
काठमाठौँ | काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको छ । महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँको न्यूनतम तापक्रम १ दशमलव ९ डिग्री सेल्सियस मापन गरिएको छ । मङ्गलबार काठमाडौँको न्यूनतम तापक्रम ३ दशमलव ३ डिग्री सेल्सियस थियो । मौसमविद् गङ्गा नगरकोटीका अनुसार राति आकाश खुला भए तापक्रम घट्ने र बदली भए बढ्ने हुन्छ । “तापक्रम घटे पनि यस वर्षा माइनसमा पुग्ने सम्भावना छैन”, उहाँले भन्नुभयो । यस वर्ष सबैभन्दा कम शून्य डिग्रीसम्म पुगेको थियो । अबको केही दिन तापक्रम घटबढ भइरहने बताइएको छ
शुक्रबार पूर्वी र मध्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणानुसार आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ४ दशमलव ७ डिग्री सेल्सियस रहेको छ । सबैभन्दा बढी वीरेन्द्रनगरको अधिकतम तापक्रम २३ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ ।
पहाडी भूभागका एक /दुई स्थानमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् नगरकोटीले बताउनुभयो । बिहीबार पूर्वी पहाडी क्षेत्रमा आंशिक बदली भई बाँकी भूभागमा मौसम सफा रहनेछ
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
