अण्डाको सस्तो पसल सञ्चालन हुँदैं
चितवन। उत्पादन गर्ने कृषकले लागत मूल्य नपाउने तर उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने भएपछि नेपाल अण्डा उत्पादक सङ्घ आफँैले विभिन्न क्षेत्रमा अण्डाको सस्तो पसल राख्ने भएको छ । हालको दरभाउअनुसार कृषकले एउटा अण्डाको रु ८.१६ पाउँदै आएका छन् भने उपभोक्ताले सोही अण्डा रु १५ सम्ममा किन्नुपर्ने बाध्यता छ ।
नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलका अनुसार बिचौलियाका कारण कृषक र उपभोक्ता मारमा परेका छन् । अहिलेको बजार संरचनाअनुसार पाँच ठाउँ पार गरेर किसानको अण्डा उपभोक्ताकोमा पुग्ने गर्दछ । कँडेलको भनाइमा किसानले दानावालालाई अण्डा दिने गर्दछन् । दानावालाले प्रमुख शहरको सङ्कलन केन्द्र (डिलर)लाई अण्डा दिने गर्दछ । त्यसपछि अण्डा केन्द्रबाट सहायक केन्द्र, सहायक केन्द्रबाट बिक्री गर्ने व्यक्ति (सेल्सम्यान) र बिक्री गर्ने व्यक्तिबाट किराना पसलसम्म पुग्छ ।
सङ्घका केन्द्रीय सचिव मदन पोखरेलले किसान र उपभोक्तालाई लाभ पु¥याउन सस्तो पसल सञ्चालन गर्न लागेको बताउनुभयो । पहिलो चरणमा चितवनका तरकारी मण्डी र प्रमुख बजारमा सस्तो मूल्यका अण्डा बिक्री केन्द्र खोलिने छ । क्रमशः काठमाडौँ, पोखरा, दाङलगायतका क्षेत्रमा केन्द्र खोली किसान र उपभोक्तालाई लाभ दिन लागिएको उहाँले जानकारी दिनुभयो । कृषकको ठूलो लगानी भए पनि मूल्य नपाउँदा मारमा परेको पोखरेलले बताउनुभयो ।
यसरी अण्डा उपभोक्ताकोमा पुग्दै गर्दा एउटाले प्रतिक्रेट रु पाँचदेखि रु ३० सम्म नाफा राख्ने सैद्धान्तिक सहमति रहेको छ । यद्यपि बजारको अवस्था हेरेर बढी नाफा राखिदिँदा किसान र उपभोक्ता मर्कामा पर्ने गर्दछन् । अण्डाको दरभाउमा बिचौलियाको प्रभाव हुने हुँदा किसानले लागत मूल्य नपाएको गुनासो गरेका छन् ।दानाको कच्चा पदार्थ महँगिएसँगै अण्डाको लागत मूल्य बढेको छ । हालको बिक्री मूल्यले लागत मूल्य नधान्ने बताउँदै उहाँले बिचौलियाको प्रभाव कम गरेर कृषक बचाउन नसके आत्मनिर्भर रहेको व्यवसाय सङ्कटमा पर्ने बताउनुभयो ।
हाल नेपालमा दैनिक ३५ लाख अण्डा उत्पादन हुँदै आएको छ । दुई हजारभन्दा बढी कृषक लेयर्स कुखुरापालनमा आबद्ध भएको बताउँदै उहाँले एक लाख ७० हजारलाई प्रत्यक्ष रोजगारी दिएको बताउनुभयो । अण्डा उत्पादनका क्षेत्रमा मात्र देशभरमा रु ५० अर्ब हाराहारी लगानी भएको पोखरेलको भनाइ छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
