अब नेपाली लाइसेन्सले अन्तराष्ट्रिय मान्यता पाउने,विदेश जाने नेपालीलाई यस्तो सुविधा
काठमाडौं। सरकारले नेपालबाट जारी भएका सवारी चालक अनुमतीपत्र (मोटर ड्राइभिङ लाइसेन्स)बाटै विदेशमा तीन महिनासम्म सवारी साधन चलाउन सक्ने व्यवस्था गर्ने तयारी गरेको छ । यातायात व्यवस्था विभागले संघीय यातायात ऐनमार्फत् नेपाली लाइसेन्सले अन्तरास्ट्रिय मान्यता पाउने व्यवस्था गर्न लागेको हो ।
नेपालले जारी गरेका लाइसेन्सबाट बढिमा तीन महिनासम्म विदेशमा सवारी साधन चलाउन पाउने व्यवस्था गर्न लागिएको यातायात व्यवस्था विभागले जनाएको छ । अहिले मस्यौदाको क्रममा रहेको नयाँ विधयेकमा अन्तर्राष्ट्रिय सवारी चालक अनुमती सम्बन्धि व्यवस्था (इन्टरनेशलन ड्राइभिङ पर्मिट) समावेश गर्न लागिएको हो।
हाल नेपाल घुम्न आएका विदेशी पर्यटक वा अन्य कामदारले यातायात व्यवस्था विभागअन्तर्गतको सवारी चालक अनुमतीपत्र कार्यालयले सम्बन्धित देशबाट लिएका लाइसेन्सलाई नेपालीकरण गरेर सवारी साधन चलाउँन दिदै आएको छ ।
सरकारले ऐन मार्फत यस्तो सुविधा दिएमा काम गर्न र पढ्न विदेश जानेहरुलाई सहजता हुनेछ । हाल नेपालीहरुले विदेशमा सवारी साधन चलाउन सम्बन्धित देश पुगेपछि आवश्यक प्रक्रिया पुरा गरेर सोहि देशको अनुमतीपत्र लिनुपर्ने प्रावधान छ । यो व्यवस्था कार्यान्वयनमा आएपछि नेपालीले विदेशमा तीन महिनासम्म नेपाली लाइसेन्सबाटै सवारी साधन चलाउन पाउँनेछन् । अहिले १ सय ६५ वटा देशले यस्तो व्यवस्था कार्यान्वयन गरेका छन् ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
