विमानस्थलमा विदेशबाट फर्कनेका लागि कडाइ : कुन सामानको भन्सार कति ?
काठमाडौं । सरकार विदेशबाट फर्कनेहरुले ल्याउने सामानमा कडाईका साथ कार्यान्वयनमा उत्रिएको छ । गत सोमबार सरकारले विदेशबाट फर्केका नेपालीहरुले बढी परिणाममा ल्याएको सामान बिक्रीका लागि सुचना निकालेको छ । जुन सरकारले जफत गरेको थियो । यसबाटै पुष्टि हुन्छ सरकारले कार्यान्वयनमा कडाइ गरेको छ । कतिपयलाई थाहा नभएका कारण पनि मनलाग्दी आफु खुसीका परिणामका सामान भित्रने पनि गरेको छ ।
सरकारले २०७३ साउन १ गतेदेखि लागू हुने गरी नीजि गुण्टा तथा झिटी भारी सम्बन्धी सूचना जारी गरेको थियो । यसमा कुन सामान ल्याउँदा छुट र कुनमा कति महसुल लाग्छ भनेर स्पष्ट भनिएको छ । त्यसपछि गत जेठमा एउटा बुँदा परिमार्जन गरेर पुन: सूचना जारी गरेको थियो । यहि सूचनालाई टेकेर कार्यान्वयनमा सरकारले कसेको हो । धेरै समय अगाडि निजी गुण्टा, झिटी भारी सुचना जारी गरेर नै हवाइ यात्रुले विदेशबाट ल्याउने र लैजाने सामानमा कडाइ गरेपनि त्यसको कार्यान्वयन हुन सकेको थिएन् । तर, पछिल्लो समय सरकार विदेशबाट हवाइ यात्रुले ल्याउने सामानमा कडाइका साथ कार्यान्वयन गर्न लागि परेको हो ।
विदेशबाट फर्कदा कुन सामान ल्याउँदा पूर्ण भन्सार महसुल छुट हुन्छ ?
सुचनाको दफा एकमा लुगाफाँटा, घरगृहस्थीका सामान, उपचार गरेर फर्केको विरामीले ल्याएको औषधी, अशक्त यात्रुले साहाराका रुपमा प्रयोग गर्ने सामान, ट्याबलेट, ल्यापटप, घडी, क्यामेरा, भिडियो, सेलुलर, फेन ड्राइभ जस्ता सामान एक/एक थान ल्याउँदा पूर्ण छुट हुनेछ भनिएको छ । यसमा यात्रुले कुनै भन्सार महसुल तिर्नुपर्ने छैन ।
एक लिटरको मदिराको बोतल र सातकिलो ग्रामसम्मको खाद्य परिकारमा पनि भन्सार महसुल लाग्ने छैन । तर, कस्मेटिक, जुत्ता, लुगाफाटामा बढीमा १५ थानसम्म ल्याउन पाइनेछ तर यसमा फ्ल्याट महसुल तिर्नुपर्नेछ ।सुन पहिलो पचास ग्रामसम्म प्रति १० ग्रामको ५ हजार दुई सय रुपैयाँ, पचासग्राम भन्दा बढी थप ५० ग्राममा प्रति दश ग्रामको ६ हजार रुपैयाँ भन्सार महसुल लाग्नेछ । विदेश जाँदा सौगातको रुपमा ५० हजार रुपैयाँसम्मको मालसामानमा कुनै महसुल नलगाइ लैजान पाइनेछ । तर मूल्य अभिबृद्धि लाग्ने सामानमा भने स्थायी लेखा नम्बर भएको बीजक पेश गरेमा मूल्यको सिमामा बन्देज लागु हुनेछैन ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
