भारतको टेलिभिजन शोमा धमाका गर्दै नेपाली बालक आयुष र प्रितम
काठमाडौं । रियालिटि शो ‘सारेगमप लिटल च्याम्स’ को नयाँ एपिसोड फ्रेब्रुअरी ९ बाट सुरु भएको छ । १६ वर्ष भन्दा कम उमेरका बालबालिकाको लागि बनेको गायन रियालिटि शोमा नेपालका दुई बालकहरु पनि सहभागी भएका छन् । इटहरीका प्रितम आचार्य अनि भक्तपुर बस्ने सिन्धुपाल्चोकका आयुष केसी टप ३० मा परिसकेका छन् ।
को हुन् आयुष केसी
हाल भक्तपुर बस्ने आयुष केसी ११
वर्षका भए । उनी यो भन्दा पहिला कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने
रियालिटि शो ‘सुरशाला जुनियर आइडल’ भइसकेका छन् । सानैबाट संगीतमा रुचि
राख्ने आयुष तीन वर्षको उमेरदेखि गीत गाउँन थालेको आयुषका बुवा रामकृष्ण
केसीले देशसञ्चारलाई बताए । उनले संगीत सिक्न थालेको ५ वर्ष भयो । आयुषलाई
मोर्डन स्कूल दधिकोटमा क्षितिज कुलुङ र सुरशाला म्यूजिक एकेडेमीमा गायक,
संगीतकर्मी अमृत क्षेत्रीले संगीत सिकाएका हुन् ।
आयुष घरका कान्छा छोरा हुन् । उनकी जेठी दिदी प्लस टु पछि नृत्य सिकाउँछिन्, अनि कान्छी दिदी कक्षा १० मा पढ्दैछिन् । आयुषको पुर्खौली घर सिन्धुपाल्चोक हो । अहिले उनी भक्तपुरको मोर्डन स्कूलमा कक्षा ७ मा पढ्दैछन् । बाबा टुुर गाइड हुन् भने आमा गृहणी । मध्यम किसिमको उनको परिवारमा आयुषको संगीतप्रतिको मोहलाई पूरा गर्न परिवारले सक्ने सहयोग गर्यो । जुनियर आइडल भएपछि उनले गीत पनि रेकर्ड गराईसकेका छन् ।
प्रितम आचार्य
इटहरी बस्ने ११ वर्षका प्रितम
आचार्य पनि लिटिल च्याम्प्सको टप ३० मा पुगिसकेका छन् । उनी सन् २०१६ मा
भएको सुरशाला जुनियर आइडलको उपविजेता हुन् । इटहरीको विश्व आदर्शमा कक्षा ६
मा पढ्दै गरेका आचार्य पाँच वर्षको हुँदादेखि संगीत सिक्न थालेका हुन् ।
उनको सानैबाट संगीतमा लगाम बसेको देखेर परिवारले उनलाई गायक नै बनाउने
सोचेको प्रितमका बुबा काँशिनाथ आचार्यले बताए । उनका धेरै गुरुहरु छन् ।
बलराम समाल, प्रिन्सिपल भूपेन्द्र राई, राजु केसी, भोला राई लगायत सुरशाला
म्यूजिक एकेडेमीका अमृत क्षेत्री । उनले सानैबाट साइरामको भजन गाएका थिए ।
उनी पूर्वाञ्चल आइडलमा सहभागी भएका थिए ।
प्रितम कान्छो छोरा हुन् । उनकी दिदी प्रिया कक्षा १० मा पढ्दैछिन् । प्रतमका बाबु सिप्रतिक ट्रेलिङमा सिनियर टेक्निसियनको काम गर्छन् भने आमा गृहणी हुन् । परिवारले उनको गायकीलाई सधैँ साथ दिएको छ । संगीत सिक्न उसलाई चाँहिने सबै सामग्रीको जोहो परिवारले गरेको छ । अहिलेसम्म प्रितमले धेरै वटा गीत रेकर्ड गराइसकेका छन् । यो यात्रामा उनीहरु एकैपटक पुगेका होइनन् । सारेगमपले पहिलो चरणमा भिडियोबाट अडिसन लिएको थियो ।
सुरशाला म्यूजिक एकेडेमीका कार्यकारी अध्यक्ष तथा गायक अमृत क्षेत्रीका अनुसार ३ वटा भिडियो पठाइसकेपछि उनीहरुलाई सिधै ‘लेभल टू’ को लागि दिल्ली बोलाइएको थियो । दिल्लीमा अडिसन दिन प्रितम र आयुषसँगै अरु ८ जना नेपाली बालबालिका पनि गएका थिए । ‘लेभल टु’मा सेलेक्ट भएका आयुष र प्रितम स्टुडियो राउण्डको लागि मुम्बई गए । त्यसपछि ‘कलिङ्ग राउण्ड’ अनि ‘मेगा अडिसन’मा छानिएर टप ३० मा पुगेका हुन् ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
