• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०५ साउन २०८३, मङ्गलबार
०५ साउन २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  • २० घण्टा 

नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख
  • २० घण्टा 

लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक
  • २२ घण्टा 

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल
  • २३ घण्टा 

चीनमा ‘डेलिभरी ब्वाई’ ले पाए सबैभन्दा ठूलो साहित्यिक सम्मान
  • २३ घण्टा 

दक्षिण कोरियामा रोजगारीका लागि भाषा परीक्षाको आवेदन खुल्यो, ७ हजार २ सय जनाको माग
  • १ दिन 

घट्यो बजाजको ईएमआईः अब मासिक किस्ता–मूल्य झनै कम
  • २ दिन 

किन बिएडब्लु ब्रम्बीको रियर-ह्विल-ड्राइभ प्रविधि काठमाडौंका साँघुरा सडकका लागि विशेष छ?
  • २ दिन 

मनसुनी वायूको प्रभाव कायमै : देशैभरी भारी मात्रामा बर्षाको सम्भावना
  • २ दिन 

लोकप्रिय समाचार

  • १. मनसुनी वायूको प्रभाव कायमै : देशैभरी भारी मात्रामा बर्षाको सम्भावना

  • २. चिनियाँ समानप्रति भारतीयको मोह अत्याधिक, ६ महिनामा किने ६७.१ अर्ब डलरको समान

  • ३. २०८३ साउन २ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. देशभर मनसुनी वायुको प्रभाव : कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ५. किन बिएडब्लु ब्रम्बीको रियर-ह्विल-ड्राइभ प्रविधि काठमाडौंका साँघुरा सडकका लागि विशेष छ?

  • ६. साउनमा बैंक निक्षेपको ब्याजदर घट्यो, राष्ट्रिय वाणिज्य बैंकले गर्यो सबैभन्दा बढी कटौती

  • ७. देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ८. नेपाली ज्वाँइ बलिउड अभिनेता गोबिन्दाका दुई फिल्म चाँडै आउँदै

  • ९. घट्यो बजाजको ईएमआईः अब मासिक किस्ता–मूल्य झनै कम

  • १०. पर्सामा चट्याङ पर्दा सात जना घाइते

भारतको टेलिभिजन शोमा धमाका गर्दै नेपाली बालक आयुष र प्रितम

admin २०७५, माघ, २९

काठमाडौं । रियालिटि शो ‘सारेगमप लिटल च्याम्स’ को नयाँ एपिसोड फ्रेब्रुअरी ९ बाट सुरु भएको छ । १६ वर्ष भन्दा कम उमेरका बालबालिकाको लागि बनेको गायन रियालिटि शोमा नेपालका दुई बालकहरु पनि सहभागी भएका छन् । इटहरीका प्रितम आचार्य अनि भक्तपुर बस्ने सिन्धुपाल्चोकका आयुष केसी टप ३० मा परिसकेका छन् ।

को हुन् आयुष केसी
हाल भक्तपुर बस्ने आयुष केसी ११ वर्षका भए । उनी यो भन्दा पहिला कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने रियालिटि शो ‘सुरशाला जुनियर आइडल’ भइसकेका छन् । सानैबाट संगीतमा रुचि राख्ने आयुष तीन वर्षको उमेरदेखि गीत गाउँन थालेको आयुषका बुवा रामकृष्ण केसीले देशसञ्चारलाई बताए । उनले संगीत सिक्न थालेको ५ वर्ष भयो । आयुषलाई मोर्डन स्कूल दधिकोटमा क्षितिज कुलुङ र सुरशाला म्यूजिक एकेडेमीमा गायक, संगीतकर्मी अमृत क्षेत्रीले संगीत सिकाएका हुन् ।

आयुष घरका कान्छा छोरा हुन् । उनकी जेठी दिदी प्लस टु पछि नृत्य सिकाउँछिन्, अनि कान्छी दिदी कक्षा १० मा पढ्दैछिन् । आयुषको पुर्खौली घर सिन्धुपाल्चोक हो । अहिले उनी भक्तपुरको मोर्डन स्कूलमा कक्षा ७ मा पढ्दैछन् । बाबा टुुर गाइड हुन् भने आमा गृहणी । मध्यम किसिमको उनको परिवारमा आयुषको संगीतप्रतिको मोहलाई पूरा गर्न परिवारले सक्ने सहयोग गर्‍यो । जुनियर आइडल भएपछि उनले गीत पनि रेकर्ड गराईसकेका छन् ।

प्रितम आचार्य
इटहरी बस्ने ११ वर्षका प्रितम आचार्य पनि लिटिल च्याम्प्सको टप ३० मा पुगिसकेका छन् । उनी सन् २०१६ मा भएको सुरशाला जुनियर आइडलको उपविजेता हुन् । इटहरीको विश्व आदर्शमा कक्षा ६ मा पढ्दै गरेका आचार्य पाँच वर्षको हुँदादेखि संगीत सिक्न थालेका हुन् । उनको सानैबाट संगीतमा लगाम बसेको देखेर परिवारले उनलाई गायक नै बनाउने सोचेको प्रितमका बुबा काँशिनाथ आचार्यले बताए । उनका धेरै गुरुहरु छन् । बलराम समाल, प्रिन्सिपल भूपेन्द्र राई, राजु केसी, भोला राई लगायत सुरशाला म्यूजिक एकेडेमीका अमृत क्षेत्री । उनले सानैबाट साइरामको भजन गाएका थिए । उनी पूर्वाञ्चल आइडलमा सहभागी भएका थिए ।

प्रितम कान्छो छोरा हुन् । उनकी दिदी प्रिया कक्षा १० मा पढ्दैछिन् । प्रतमका बाबु सिप्रतिक ट्रेलिङमा सिनियर टेक्निसियनको काम गर्छन् भने आमा गृहणी हुन् । परिवारले उनको गायकीलाई सधैँ साथ दिएको छ । संगीत सिक्न उसलाई चाँहिने सबै सामग्रीको जोहो परिवारले गरेको छ । अहिलेसम्म प्रितमले धेरै वटा गीत रेकर्ड गराइसकेका छन् । यो यात्रामा उनीहरु एकैपटक पुगेका होइनन् । सारेगमपले पहिलो चरणमा भिडियोबाट अडिसन लिएको थियो ।

सुरशाला म्यूजिक एकेडेमीका कार्यकारी अध्यक्ष तथा गायक अमृत क्षेत्रीका अनुसार ३ वटा भिडियो पठाइसकेपछि उनीहरुलाई सिधै ‘लेभल टू’ को लागि दिल्ली बोलाइएको थियो । दिल्लीमा अडिसन दिन प्रितम र आयुषसँगै अरु ८ जना नेपाली बालबालिका पनि गएका थिए । ‘लेभल टु’मा सेलेक्ट भएका आयुष र प्रितम स्टुडियो राउण्डको लागि मुम्बई गए । त्यसपछि ‘कलिङ्ग राउण्ड’ अनि ‘मेगा अडिसन’मा छानिएर टप ३० मा पुगेका हुन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाली ज्वाँइ बलिउड अभिनेता गोबिन्दाका दुई फिल्म चाँडै आउँदै
रणवीर कपुरको ‘रामायण’ हलमा जानु अघि नै ३५० करोड कमाएर बनायो रेकर्ड
रामादा बाई विन्धाम इटहरीले दिँदैछ प्रिमियम स्टेकेशन प्याकेजसहित रोमान्चक विश्वकप अनुभव

ताजा

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु

नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख

लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.