• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१९ असार २०८३, शुक्रबार
१९ असार २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार २० गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १६ घण्टा 

चेरी क्यू अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा एक्सपोमा अवलोकन गर्न पाइने
  • १६ घण्टा 

सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण
  • १७ घण्टा 

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव
  • १८ घण्टा 

गर्मीमा सुन्तलाको रस पिउँदा हुनेछ धेरै फाइदा
  • २१ घण्टा 

नेपाल मर्चेन्ट बैंकर्स संघद्वारा नवनियुक्त सेबोन अध्यक्षलाई बधाई तथा पुँजी बजारका प्राथमिकतामाथि छलफल
  • १ दिन 

डिजेल १८ प्रतिशतभन्दा बढी सस्तो हुँदा पनि सार्वजनिक यातायातको भाडा २ प्रतिशत मात्रै घट्यो
  • १ दिन 

इन्जुरी टाइममा रामोस चम्किए, क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ प्रवेश मा
  • १ दिन 

दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला
  • १ दिन 

लोकप्रिय समाचार

  • १. नेप्से परिसूचकमा २४.६३ अंकको गिरावट

  • २. आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ३. एलजीले ‘इसेनसियल सिरिज’ हरेक घरको खुशी,घर-घरमा एलजी अभियान देशका प्रमुख शहरहरूमा विस्तार गर्दै

  • ४. एकैदिन २,१५७ सवारीचालक ट्राफिक कारबाहीमा, रु २१ लाख ४० हजार राजस्व सङ्कलन

  • ५. २०८३ असार १६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ६. एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै

  • ७. २०८३ असार १३ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ८. एलजीले सार्वजनिक गर्‍यो नेपाली उपभोक्ताका लागि ‘इसेनसियल सिरिज’ घरेलु उपकरण

  • ९. दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला

  • १०. टिभिएस मोटर कम्पनीले सार्वजनिक गर्यो नेपालकै सबैभन्दा शक्तिशाली टिभिएस अपाचे आरटिआर १६० ४ भी

संघीय शिक्षा ऐनको मस्यौदा तयार, के छ ऐनको मस्यौदामा ?

admin २०७५, फाल्गुन, १

ईश्वरराज ढकाल, काठमाडौं । सरकारले सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकको योग्यता स्नातक र स्नातकोत्तर हुनुपर्ने प्रस्ताव गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको विद्यालय तथा शिक्षण संस्था संचालन ऐन २०७५मा सो व्यवस्था गरिएको हो ।

मन्त्रालयका सहसचिव सुर्यप्रसाद गौतमको समितिले तयार गरेको ऐनको प्रारम्भिक मस्यौदाको परिच्छेद ३ मा आधारभूत तह र माध्यमिक तहका विद्यालय शिक्षकको योग्यता क्रमशःसम्बन्धित विषयमा कम्तिमा स्नातक र कम्तिमा स्नातकोत्तर हुनु उल्लेख गरिएको छ ।

यस अघि विद्यालय क्षेत्र सुधार कार्यक्रम(एसएसडिपी) मा शिक्षकको योग्यताको विषय उठान गरेको थियो । पछिल्लो समय सामुदायिक विद्यालयको स्तर खस्कदै गएपछि सरकारले संघीय शिक्षा ऐन मार्फत यस्तो व्यवस्था गर्न लागेको हो । हाल प्रावि तहमा अध्यापन गर्ने शिक्षकको योग्यता एसएलसी, निमाविको लागि प्रविणता प्रमाणपत्र (हाल दश जोड दुई) र मावि तहको लागि स्नातक हुनेपर्ने व्यवस्था कायम गरिएको छ ।

तर सरकारले गुणस्तर सुधार गर्न भन्दै ऐन मार्फत नयां व्यवस्था लागू गर्न लागेको हो । मस्यौदाको विषयमा मन्त्रालय स्तरमा छलफल चलिरहेको छ । उक्त ऐन कानुन र बजेट ब्यवस्थापनकालागि अर्थ मन्त्रालयको स्विकृत लिएपछि व्यवस्थापिका संसदबाट पारित गर्नपर्ने हुन्छ ।शिक्षा मन्त्रालयका प्रवक्ता बैकुण्ठप्रसाद अर्यालले सबै प्रकृया पुरा गरेर छिट्टै संसदमा पेश गर्ने तयारी भैरहेको जानकारी दिनुभयो । उहाले भन्नुभयो–अहिले मन्त्रालयमा छलफलकै क्रममा रहेको छ । संसद चल्नासाथ पेश गर्ने योजना बनाएका छौ ।ऐनमा स्थानीय तहले आधारभूत शिक्षा वा माध्यमिक शिक्षा प्रदान गर्ने विद्यालय संचालन गर्दा वा संचालन गर्ने अनुमति प्रदान गर्दा त्यस्तो विद्यालयमा अध्ययनरत छात्रछात्राको संख्याको अनुपातमा आवश्यक संख्यामा शिक्षकको बन्दोबस्त सुनिश्चित गर्नु पर्ने उल्लेख छ

शिक्षकको योग्यताको विषयमा जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन प्रारम्भ हँुदाका वखत तत्काल प्रचलित कानून बमोजिम योग्यता पूरा गरी नियुक्ति भएका आधारभूत तह वा माध्यमिक तहका शिक्षक वा विशेष शिक्षा प्रदान गर्ने शिक्षकले यसै ऐन बमोजिम योग्यता पूरा गरेको मानिने ऐनमा उल्लेख गरिएको छ । ऐन जारी भैसकेपछि विद्यालयका शिक्षकको नियुक्ति शिक्षक सेवा आयोगको सिफारिसमा सम्बन्धित स्थानीय तहले गर्ने, विद्यालय शिक्षकको सरुवा, काज, बढुवा वा विभागीय कारबाही प्रदेश कानून बमोजिम हुने उल्लेख छ ।

२०७५ साल साउन १ गते अघि कायम रहेका शिक्षकको पारिश्रमिक र सुविधा त्यस्तो शिक्षकले पाइरहेको पारिश्रमिक तथा सुविधाभन्दा प्रतिकूल हुने गरी कानूनी व्यवस्था गर्न नसकिने व्यवस्था प्रस्तावित ऐनमा उल्लेख गरिएको छ ।२०७५ साल साउन १ गते अघि नै निवृत्तभरण पाउने गरी जुनसुकै कारणले सेवा निवृत्त भइसकेका शिक्षकको निवृत्तिभरण नेपाल सरकारले प्रदान गर्ने व्यवस्था ऐनमा उल्लेख गरिएको छ । ऐनको मस्यौदा तयार भैसक्दापनि मन्त्रालयले हालसम्म सरोकारवालासंग भने छलफल शुरु गरेको छैन ।

शिक्षकको उपदान, निवृत्तिभरण, औषधोपचार सुविधाका सम्बन्धमा सरकार र सम्बन्धित स्थानीय तह बीचको दायित्व व्यवस्थापन गर्नसरकारले तोके बमोजिमको आवश्यक व्यवस्था गर्ने विषय ऐनमा समेटिएको छ ।विद्यालय शिक्षकको सेवाका शर्तको व्यवस्था अन्तर्गत विद्यालय शिक्षकको पारिश्रमिक, सुविधा तथा सेवाका अन्य शर्त प्रदेश कानून बमोजिम हुने तर विद्यालय शिक्षकले पाउने न्यूनतम पारिश्रमिक नेपाल सरकारले समय समयमा निर्धारण गरे बमोजिम हुने उल्लेख गरिएको छ ।

नेपाल समाचार पत्र बाट

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण
डिजेल १८ प्रतिशतभन्दा बढी सस्तो हुँदा पनि सार्वजनिक यातायातको भाडा २ प्रतिशत मात्रै घट्यो
दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला

ताजा

२०८३ असार २० गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

चेरी क्यू अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा एक्सपोमा अवलोकन गर्न पाइने

सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.