यू–२१ राष्ट्रिय फुटबल टोली घोषणा, को को परे टिममा नामा,वली सहित
काठमाडौँ, १ फागुन । अखिल नेपाल फुटबल सङ्घ एन्फाले २० सदस्यीय यू–२१ राष्ट्रिय फुटबल टोलीका घोषणा गरेको छ । यही फागुन ८ देखि १७ गतेसम्म भारतमा हुने सेन्टेनरी नर्थ इस्ट फुटबल च्याम्पियनसिप प्रतियोगितामा सहभागी हुने २० सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको एन्फाले जनाएको छ ।
च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षकमा चेतनारायण श्रेष्ठ, सहायक प्रशिक्षकमा सल्यान खड्गी र गोलकिपर प्रशिक्षकमा छन्नुराम चौधरीलाई जिम्मेवारी दिइएको एन्फा महासचिव इन्द्रमान तुलाधरले जानकारी दिनुभयो ।
नेपाली टोलीमा गोलकिपर सोजित गुरुङ, विष्णुकुमार केसी, सूर्य अधिकारी, डिफेण्डरमा राजन गुरुङ, असिम भुसाल, विश्वास उदास, गौतम श्रेष्ठ, रणदिन पौडेल, छिरिङ गुरुङ, मिडफिल्डरमा अनिल महर्जन, अरिक विष्ट, मिनस थापा, मिक्छेन तामाङ, नितिन थापा, अभिषेक रिजाल, शिशिर लेखी तथा फरवार्डमा रेजिन सुब्बा, राजीव लोप्चन, धीरज श्रेष्ठ, प्रोजन तामाङ छन् । कप्तानको जिम्मेवारी भने कसैलाई पनि तोकिएको छैन
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
