कञ्चनपुरबाट १८ किलो सुनसहित १ जना पक्राउ
जानकारी केन्द्र
२०७५, फाल्गुन, २
फागुन २, काठमाडौं । कन्चनपुरको पुनर्वास नगरपालिका–२ बाट १८ किलो सुनसहित १ जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो, महानगरीय अपराध महाशाखा, जिल्ला प्रहरी कार्यालय कैलाली र ईप्रका त्रिभुवन वस्तीबाट खटिएको संयुक्त टोलीले १८ किलो सुन बरामद गरेको बताइएको छ । पक्राउ परेका व्यक्तिको परिचय भने खुलाइएको छैन ।
पुनर्वास नगरपालिका–२ स्थित त्रिभुवन बस्तिको एक घरमा लुकाएर राखेको अवस्थामा करिब १८ किलो सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख (एसपी) आभुषण तिम्सिनाले जानकारी दिए ।
घरमा लुकाएर राखेको अवस्थामा १०८ टुक्रा सुनको बिस्कुट फेला परेको घट्नास्थलमा पुगेका प्रहरी नायव उपरिक्षक (डिएसपी) रुगम कुँवरले बताएका छन् ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण


