देउवा-पौडेल विवाद उत्कर्षमा, केन्द्रिय समिति बैठक प्रभावित
काठमाडौं, ९ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसभित्र सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच फेरि विवाद उत्कर्षमा पुगेको छ ।दुई नेताहरुबीचको विवाद ह्वात्तै बढेको छ । जसको कारण आज बोलाइएको केन्द्रीय कार्य समितिको बैठक पनि स्थगित भएको छ। स्रोतका अनुसार केन्द्रीय समितिको बैठक बिहान ११ बजे बोलाइएको भएपनि अपरान्ह ५ बजेसम्म विवाद मिल्न नसकेपछि बैठक स्थगित गरिएको हो।
महासमिति बैठकको भावनाअनुसार सभापति देउवा नचलेको आरोप नेता पौडेलले लगाउँदै आएका छन् । देउवाले महासमिति बैठकको समापन समारोहमा महासमिति बैठकमा जिल्ला सभापतिहरुले महासमिति बैठकमा, केन्द्रीय समितिमा रहेका नेताले महाधिवेशन प्रतिनिधिका रुपमा बुथ तहबाट निर्वा्चित भएर आउनुपर्ने र केन्द्रीय समितिमा एकपटक आरक्षण वा समावेशी कोटाबाट उम्मेदवार भइसकेको व्यक्ति अर्को पटक पुनः उम्मेदवार बन्न नपाइने बिषयमा प्रतिबद्धता जनाएका थिए।
तर लगत्तै सुरु भएको केन्द्रीय समितिको बैठकमा महासमितिमा जनाएको प्रतिवद्वता कार्यान्वयनका लागि सभापति देउवाले अनिच्छा देखाएपछि केन्द्रीय कार्यसमिति बैठक विवादित बन्दै गएको छ। पौडेल कुनै पनि हालतमा महासमिति बैठकको निर्णय र भावनाअनुसार अघि बढ्नुपर्नेमा अडिग छन् । केन्द्रीय समितिको अर्को बैठक फागुन १२ गते विहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा बोलाइएको छ।
हालै सम्पन्न भएको महासमिति बैठकबाट केन्द्रीय कार्यसमितिले परिमार्जन गर्ने गरी पारित गरेको विधानलाई अन्तिम रुप दिन आवश्यक थप छलफल गरेर सहमतिको प्रयास गर्ने गरी आजको बैठक स्थगन भएको भनिएपनि विधानमा देउवा र पौडेलबीच विवाद रहेको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
