पूर्वाधार व्यवस्थापन कमजोरले प्रगति हुन सकेन : नेता त्रिपाठी
रबिन्द्र यादव / नवलपरासी पश्चिम १२ फागुन नवलपरासी पश्चिम बर्दघाट नगरपालिका-१२ मा रहेको नित्यानन्द रत्नकुमारी माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको शनिवार सफलताको शुभकामना मन्तव्य राख्दै प्रतिनिधिसभा सदस्य हृदयेश त्रिपाठीले शिक्षा क्षेत्रको सम्पूर्ण बजेट पूर्णरूपले विद्यालय र विद्यार्थीहरु माथि खर्च नभएको र त्यसमा मन्त्रालयको कर्मचारी देखि लिएर विभिन्न तामझाममा शिक्षाको विदेशमा तालिम र विदेशको यात्रामा खर्च भएको सांसद त्रिपाठीले बताएका छन ।
सामुदायिक विद्यालयहरु समय अनुसार परिमार्जन हुन नसक्दा र आवश्यक पूर्वाधार व्यवस्थापन गर्न नसक्दाले शिक्षामा सोचेजति प्रगति हुन नसकेको बताएका थिए । त्रिपाठीले संसदीय विकास कोषबाट आगामी आर्थिक बर्षमा नित्यानन्द रत्नकुमारी मा.बि. लाई सकल बसको लागि ३० लाख र विद्यालयको अन्य बिकासको लागि २० लाख गरि ५० लाख दिने प्रतिबद्धता ब्यक्त गरेका थिए । सांसद त्रिपाठीले स्वर्ण स्तम्भको शिलान्यास समेत गरेका थिए ।
जहाँ सत्ता छ त्यही नै विकास छ, त्यसकारण नेपालमा विकास गर्नका लागि मागेर केहि पाइदैन खोसेर नै विकासका योजनाहरु ल्याउनु पर्ने बताएका थिए । आफुले धेरै बर्षदेखि माग गर्दा पनि सोचेजस्तो विकास योजना प्राप्त गर्न नसेको भन्दै खोसेरै भए पनि आफ्ना नागरिकहरुको लागि विकासको योजनाहरु ल्याएको त्रिपाठीले बताएका थिए । शिक्षालाई नयाँ रुप दिनका लागि पढाउने अभिभावकले चिन्ता गर्ने विद्यार्थीले पढने र शिक्षकले आफ्नो दायित्व पुरा गर्ने समेत त्रिपाठीले आग्रह गरेका थिए ।
संवरण महोत्सवको शुभकामना दिदै बर्दघाट नगरपालिका प्रमुख धिरज शर्मा बस्यालले यो विद्यालयलाई शेक्षिक भौतिक सबै हिसाबले सहयोग गरिने प्रतिबद्धता व्यक्त गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बेदबहादुर चौधरीको अध्यक्षता, सांसद हृदयेश त्रिपाठीको प्रमुख आतिथ्यतामा भएको थियो भने स्वागत मुल आयोजक समितिका सह संयोजक तुलसीराम न्यौपानेले गरेका थिए ।
कार्यक्रममा पूर्व प्रधानाध्यापक, शिक्षक, कर्मचारीहरुलाई सम्मान तथा कदर प्रमाणपत्र वितरण समेत गरिएको थियो । विद्यालयका प्रअ राजन प्रसाद उपाध्यायले विद्यालयको गतिविधि सहित आर्थिक गतिविधि समेत प्रस्तत गरेका थिए ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
जापानमा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो

