रमेश जी मिल्छ भने बाकि संसार हेर्न मेरो दुबै आँखा लिनुहोस् – ज्वाला संग्रौला
काठमाडौं १३ फागुन ।
चर्चित लोकप्रिय सञ्चारकर्मी रवि लामिछाने र कुशल वक्ता पव्लिक स्पिकर सिजन २ बिजेता रमेश प्रसाईंको आज धरानमा भेट भएको छ । उक्त भेटमा नेपालकै दुर्गम कालिकोट स्थित निर्माण हुन लागिरहेको रास्कोट सामुदायिक अस्पतालको लागि १ लाख नगद रुपैयाँ समेत हस्तान्तरण गरेका छन् ।
यसै अस्पताल निर्माणमा लागिपरिरहेका समाजसेवी तथा सामाजिक अभियान्ता ज्वाला संग्रौलाको निकै ठूलो भुमिका रहेको छ ।
रवि लामिछाने र रमेश प्रसाईंको भेटमा देखिएको एक दृश्यलाई नियालेर एक भावुक स्टाटस लेखेकी छिन् ।
पढौ ज्वाला संग्रौलाको लेख जस्ताको तस्तै :
जिन्दगीलाई पूर्ण बनाउन त कहिले पनि नसकिएला तरपनि जीवन्त बनाउने प्रयास भने निरन्तर गरिरहनु पर्छ भन्ने कुरा आज मैले यो तस्विर हेरेर सिकें। धन्यबाद छ ती नेपाल आमाहरुलाई जस्ले रमेश प्रसाई र Rabi Lamichhane जस्ता छोराहरुलाई यो धर्तीमा पाईला टेकाईदिए।
सानै उमेरमा बुबाआमा गुमाएर जिन्दगीका अनेकौं अभाब, दुख र संघर्षका नागीहरु छिचोल्दै आफ्ना सपनाहरुलाई तिलान्जली दिएर देशका निम्ति समर्पित हुँदै आफ्नो कर्मले ३ करोड नेपालीको मन जित्न सफल रबि लामिछाने र निम्न बर्गीय परिवारमा असाधारण क्षमता बोकेर जन्मिएका , सानो छँदा हेपिएका, चेपिएका , गिज्याईएका र कठै भनिएका रमेश प्रसाई जस्ले आफुलाई अरुको आँखाबाट नहेरी आफ्नो मनको आँखाबाट आफूलाई अवलोकन गरेर आफुभित्रै सम्भावना खोजे र त्यो सम्भावनालाई आफ्नो आवाजमा परिणत गरेर आज पुरै देशै हल्लाउन सफल भए, यी दुई ब्यक्तिहरु नै मेरो नजरमा आजका देशका असली हिरोहरु हुन् ।
“पब्लिक स्पीकर २“ मा प्रथम भई आफूले जितेको ३ लाख नगद मध्ये एकलाख रकम रास्कोट अस्पतालको लागि रमेश प्रसाईले दिएका छन्। चन्दा उठाएर समाजसेवी बन्न खोजिस् , गरिबको गाँस लुटेर पैसा मागिस् भन्नेहरुले रमेश प्रसाईँबाट केहि सिक्नुहोला..!
एउटा ब्यक्ति जस्को आर्थिक स्थिति यसै कमजोर छ, उसमाथी पनि अरु साधारण मानिस जस्तो हिँड्न , दौडन र उफ्रन सक्दैन, जस्को बाहिरी संसार जन्मजातै अन्धकार छ , त्यस्तो ब्यक्तिले समेत आफूले पाएको पुरस्कारको ३३ प्रतिशत रकम दुर्गम ठाउँका बालबच्चा र सुत्केरीले बाँच्न पाउनु पर्छ भन्दै सहयोग गरेको छ।
एउटा गरिबको लागि एकलाख रुपैया धेरै ठूलो पैसा हो मेरोजस्तो गरिब देशमा। रमेश प्रसाई भाई , यदि मेरो दुबै आँखा दिँदा तपाईले संसार देख्न पाउनु हुन्थ्यो भने कसम म खुसी भएर नेत्रदान गर्ने थिएँ । मैले त यो संसारको कालो, मैलो, सेतो , सङ्लो , धमिलो,फुस्रो र खस्रो सबैसबै रङहरु देखिसकें।मैले भन्दा बढि यो देशका सबैखाले रङरोगनहरु तपाईले देख्न जरुरी छ। के मेरो आँखाले बाँकी संसार तपाईले हेर्न मिल्छ?? मिल्छ भने मेरो दुबै आँखा लिनुहोस् , म दिन तयार छु
chautarimediagroup.com/02/21280/ बाट
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
